कुल्च अझै कुल्च , किनकी म सडक हुँ।
फोहोरी तिम्रा पैतालाले मेरै छातिमा टेक ,
डुङडुङ गन्हाउने फोहोरोको पोको ,
मेरै काँखमा फ्याँक ।
ह्यूम पाइप पनि मेरै मुटुमा छेड ।
विजुलिका तारहरुले मलाइनै जेल ।
किनकी म सडक हुँ ।।
तिम्रो आक्रोश हरु पोख्न,
टायरले मलाइनै पोल ।
धुलो पनि मै खाउँला , हिलो पनि म नै सहुँला ।
दिनरात नभनी मेरो मनलाई टायरले किच ।
दुर्घटना तिमि गर्छौ , मेरो मुखमा रगत पोत्छौ ।
आउ उफ्र , विरोध गर ।
किनकी म सडक हुँ ।।
किनारामा बसेको भिकारी मै हेरुला ।
आफ्नो जवानी विक्रिमा राखेकी नारीको ,
वेदना मै सुनुला ।
तिमि सडक देखि सदनसम्म पुग्यौ ,
मै माथी कुर्लेर ।
आउ आज फेरि भाषण सुनाउन ,
किनकी, म सुनिरहने सडक हुँ ॥
अबिरल शर्मा
सुर्यगढी -२ , नुवाकोट
प्रतिक्रिया