किसानकाे प्यारो साथी
भ्यागुतो हो नानी
भ्यागुताले जानी जानी
पुराउदैन हानी।।
किसानकाे अर्को साथी
गड्यौला हाे नानी!
यसले बाली बिगार्दैन
कस्ताे राम्राे बानी ।।
भ्यागुताले खाइदिन्छ
बाली खाने किरा
गड्यौलाले मल दिन्छ
बाली नालीलाई ।।
भ्यागुता र गड्यौलोलाई
माया दिनुपर्छ
अन्न धेरै उब्जाएर
सबलाई पाल्नुपर्छ ।।
– रत्नप्रसाद अनामणि श्रेष्ठ
काभ्रे नाला।
= संकलन: तारा के. सी
प्रतिक्रिया