एउटा ठुलाे नदी थियाे। त्यस नदीमा बिभिन्न जल प्राणीहरू मिलेर बसेका थिए। त्यसै नदीमा माछा र भ्यागुताहरू पनि बस्थे।उनीहरूबिच गहिराे मित्रता थियाे। माछाकाे सानाे भुरा र भ्यागुताेकाे सानाे बच्चा पनि थिए। उनीहरूसँगै खेल्ने सँगै बस्ने गर्थे। सानाे माछाकाे नाम थियाे बुदुने र सानाे भ्यागुताेकाे नाम थियाे झिल्ली।
एकदिन बा आमा नभएकाे माैकाछाेपी बुदुने र झिल्ली खेल्दै टाढा- टाढासम्म पुगे। उनीहरूकाे संगत दिन प्रतिदिन बाहिरी जिवहरूसँग बढ्दै थियाे। बा आमाकाे आँखा छल्नु सिवाय उनीहरूकाे ध्यान अन्त जादैन्थ्याे। उनीहरू नराम्राे संगतमा फसिसकेका थिए। उनीहरूकाे त्यस्ताे चाला देखेर बा आमा दु:खी हुनुहुन्थ्यो र सम्झाउँदै भन्नुहुन्थ्यो !
” तिमीहरू ! टाडासम्म खेल्न नजाऊ। नचिनेकाे जिवहरूसित संगत
नगर। उनीहरूले तिमीहरूलाई माैका हेरेर मार्न सक्छन्।”
हुन पनि हाे। विभिन्न जिवहरूले उनीहरू माथि आँखा गाडिसकेका थिए।
एकदिन नदीमा ठूलाे आतङ्क फैलियाे। एउटा कालाे ठूलाे सर्प पसेर सबै जिवहरूलाई मारेर खान थाल्याे। त्याे शान्त नदीमा अशान्ति छाँयाे। बाँचेका जिवहरू परिवारकाे बिछाेडले मर्माहत भए। त्यस दिन बुदुने र झिल्ली नदीबाट धेरै टाढा पुगेका थिए। त्याे घटना घटेकाे उनीहरूले थहाँ पाएनन्। बेलुका घर फर्किदा बा आमालाई नदेखेर उनीहरू रून थालेे। जे नहुनु थियाे त्याे भैसकेकाे थियाे। उनीहरूकाे लागि अब दुई साथी बाहेक अरू आफ्नाे काेही थिएन। बाँचेका जीवहरूले भने!
” अब याे नदीमा तिमीहरू नबस। त्याे सर्पले जुनबेला पनि तिमीहरू माथि पनि आक्रमण गर्न सक्छ। तिमीहरू याे ठाउँ छाेडेर टाढा जाओ।”
उनीहरू पनि त्याे नदी छाेडेर टाडा समुन्द्रमा गएँ।
समुन्द्रमा पुगेपछि माछाकाे नाम फिन्काे र भ्यागुताकाे नाम टाेरी भनेर सबैले बाेलाउँथे। उनीहरू दिनभरि आ- आफ्नाे काममा भुल्थे। बेलुका भने एकै ठाउँमा आएर बस्थे। समय बित्दै गयाे। फिन्काे र टाेरी जवान हुँदै गएँ। टाेरीकाे समुन्द्रकाेतिर नजिकै बस्ने पाहासँग प्रेम बस्याे। टाेरी पाहालाई भेट्न गइरहन्थ्याे। पाहा राम्री र माेटी थिई।
एकदिन पाहा समुन्द्र काे तीरमा बसेर रमाइलाे गरिरहेकी थिई। नजिकैकाे रूखबाट चिलले उसलाई हेरिरहेकाे थियाे।
आहा! यस्ती राम्री माेटी पाहालाई खान पाए त कति मिठाे हुन्थ्याे हाेला ।
ऊ रूखबाट उडेर पाहालाई झम्टियाे। आफुमाथि एक्कासी चिलले आक्रमण गरेकाे देखेर पाहा रून थाली।
चील दाइ! “मलाई नमार। म राेगी पनि छु। मेराे मासु तिमीलाई मिठाे लाग्दैन बरू तिमीलाई भाेली म राम्राे खाइलाग्दाे खजना ल्याइदिन्छु। याे मेराे बाचा भयाे।”
पाहाकाे कुरा सुनेर चीलले उसलाई छाडीदियाे।
ज्यान बचेकाेमा पाहा खुसी हुँदै समुन्द्रमा हाम फाली। बेलुका उसलाई भेट्न टाेरी आइपुग्याे। पाहाले टाेरीसँग सबै कुरा बताई र उसकाे साथी फिन्कोलाई चिलकाे खजना बनाउने कुरागरी।
पाहाकाे कुरामा टाेरीले अस्विकार गऱ्यो तर पछि पाहाले टाेरीलाई मनाएरै छाेडी। पाहाकाे अगाडि टाेरीकाे केही सीप लागेन। पाहाकाे याेजना अनुसार फिन्काेलाई टाेरीले समुन्द्र नजीकै ल्यायाे। पाहाले रूखबाट हेरिरहेकाे चिललाई संकेत गरि। चिलले फिन्काेलाई आक्रमण गऱ्यो तब टाेरी र पाहाले आफ्नाे रंग बदलिदिए।
आफ्नाे साथी टाेरीकाे असली रूप देखेर फिन्काे छक्क पऱ्यो । कति पटक आफूले ज्यान धरापमा पारेर टाेरीलाई अफ्ठ्याराेबाट बचाएको र आफ्नाे बा आमाले भनेकाे कुरा सम्झियाे।
बा आमाले भन्नु हुन्थ्यो !
” कहिले पनि साथीलाई दुख पर्दा गाँस छाेड्नु तर साथ नछाेड्नु”।
आज मलाई बिश्वासमा पारेर टाेरीले घात गऱ्यो । याे दिन उसकाे पनि चाँडै आउने छ। उसले आँखाबाट आँसु खसाल्याे। फिन्काे राेए पनि हाँसे पनि चिललाई के खाँचाे। चिलले फिन्काेलाई एकै गाँसमा निल्याे र आफ्नाे भाेक मेटायाे। आफू बचेकाेमा पाहा खुसी भई। दुबै खुसी हुँदै समुन्द्रमा हाम फाले।
काभ्रे पनाैती।