भत्किएको जीवनलाई सम्मेट्दै छु

मलाई केही प्रश्न नगर
म जलेको आगोलाई निभाउँदै छु
मलाई रोक्ने कोसिस नगर ।

हाँसो, रुवाइ, सुख दुःख
पीडा अनि दमनपीडनको कुरा नसोध
म आफैँ पिल्सिएको छु,
विसङ्गतिको निष्कर्ष खोज्दै
समयका कसिङ्गर हटाउँदै छु
मलाई अलमल्याउने कोसिस नगर
म भत्किएको बाटो आउँदै छु
मलाई केही प्रश्न नगर !

पीडा अनि निराशा
भावावेगसितको सङ्घर्ष चलेको छ जीवनमा
सकारात्मक भावनाले
निराशा हटाउँदै छु,
पहाडबाट ढुङ्गो किन झर्छ ?
मलाई नसोध,
म त्यही ढुङ्गोको गारो बनाई
हिँड्दै छु,
मलाई जीवनको उद्देश्य नसोध
मेरो नजरमा पनि धेरै
आशाका भावनाहरू छन्
पहाड भएर बाटो नरोक !

( कवि सुर्खेत बहुमुखी क्याम्पसमा राजनीतिक शास्त्रमा अध्ययनरत विद्यार्थी हुन। )

प्रतिक्रिया
Exit mobile version