—The Guest Of The GuestHouse”—

भाइ एक्लै बस्ने हो ?
हजुर !
नागरिकता, लाइसेन्स,… ?
नागरिकता छ !
एड्भान्स कति छोड्नुहुन्छ ?
५ सय !
खाना ?
पर्दैन !

काम नसिकिएला एकदमै थाकेको छु ! दिमाग र शरीर दुवै गलेका छन् ! मलाई बस् सुत्नु छ ! Satyriasis (सैटायराइसिस) को खत्रा सम्म हुन सक्छ ! दिमाग र शरिर दुवै कमजोर भैदिदा यश किसिमको रोगले च्याप्न सक्छ ! यसैले खानै नखाइ सुत्ने निर्णय मा पुगेको छु !

म रुम नं ३०२ को साचो हल्लाउदै सिढी उक्लिन्छु !

घर्याक्क……कुईईईईइइइ.
.. ढ्याक्क !

भित्रबाट कस्तोकस्तो गन्ध आउँछ ! चिनेको गन्ध तर ठम्याउन सकिरको छैन् ! मन केही बेग्लै भ‌ए भए झै लाग्छ !

४ औं स्विच पछिको ५ औं स्विच फ्याट दबाउदा रुम उज्यालो हुन्छ ! त्यसपछिको अर्को स्विच खट्याक्क पार्छु, फेन घुम्न थाल्छ ! फेरि खट्काइदिन्छु, फेन रोकिदै जान्छ ! र, अनन्त: रोकिन्छ !

यो जाडोमा फेनको हावा भन्दा झोलाको बियर घुट्काउनु राम्रो हुन्छ, म सोच्दै थे !

ढ्याक…. ढ्याक ! ….
हजुर !
खाना सर !
मैले भनेको छैन् !
ओहो सरि सर !
सुन्नुस् त ?
हजुर !
एउटा एस्ट्रे, एउटा मिनरल वाटर र थोरै नुन ल्याइदिनुहुन्छ ?
हवस् सर ! (वैटर जान्छे !)

खुकुलो लुगालाई अलि उतै सम्म धकेलेका उस्का स्तन ! डम्डम्ती भरिएको कसिलो जिउँ ! बैंसको गुलाफी गन्ध ! ….उफ्फ, कति कामुक केटि !

उ जाने बित्तिकै म झोलाबाट स्याउ निकाल्छु, र कोपर्न थाल्छु ! कोपर्नु अगि खुबै सुम्सुमाउछु ! स्याउ मलाई उस्को स्तन जस्तै लाग्छ ! म चलाउछु, माड्छु, थिच्छु, कोपर्छु !
म बहुलाउछु !

दुइवटा खाँट, दुइवटा सिरक, दुइवटा तकिया, दुइवटा झ्याल, दुइवटा ट्युबलाइट, …र सिङ्गो म ! सरसर्ति कोठा हेरिभ्याउछु, अनि आफुलाई क्वारक्वार्ति हेर्छु !

झोलाबाट बियर निकाल्छु ! स्याउ के ले काटौं ? डट्पेन छिराउछु ! छिराइरहन्छु….
जथाभावी छिराउछु ! छिराइरहन्छु…..

एक टुक्रो खाट बाट उछिट्टिएर भुइँमा लड्छ, ढोका नेरै पुग्छ ! त्यो टुक्रो टिप्न उता लम्किन्छु,ढोकामा ढकढक् सुनिन्छ ! !

सर ! ( कति सुरिलो आवाज)
हजुर !
ऐस्ट्रे, पानी र नुन !
(म उस्को आखैमा हराउछु ! त्यै आँखामा बसिरहु, तिनैलाई हेरिरहु जस्तो हुन्छ )
सर, हजुरको अर्डर !
म आफ्नो अर्डर समाउँछु !

उ ढोकामा उभ्भिरन्छे ! बन्द फेन हेरिरहन्छे ! सायद टिप्सको लागि अड्कि कि ! या, …. ! हैन हैन, उ राम्री छे ! कामुक छे ! तर यौनचाहना….!
त्यो त ममा पो छ त ! उसमा पनि हुनुपर्छ भन्ने छ र ?
– छैन, आफै भन्छु !
छ कि ? , आफै सोध्छु !
कुन्नी ?,आफै भन्छु !

सर, फेन बन्द गर्नुहोला है ! (कान पवित्र हुन्छन, उस्का आवाजले)
हँ ? बन्द नै त थियो ! अगि भर्खरै त बन्द गर्या हु ! फेन तिर हेर्छु, बन्द नै त छ ! के भन्छे यो केटि …?

उ गैसकिछे ! जान्छु पनि नभनी गैइ !
आउछु नभनी आउनेहरु भन्दा जान्छु नभनी जानेहरु रिस उठ्दा हुन्छन् !

उ गैइ ! हँ? …किन गैइ ?
उ आउनलाई गैइ कि जानलाई गैइ ?

उ गएपछि फेन हेर्छु ! बन्द फेनलाई बन्द गर्नुस् किन भनी ?
अत:फेन अन-अफ गरिरहन्छु ! कुन्नी त्यो स्विच मलाई उस्को कुनै चाहिँ अङ्ग जस्तो लागिराछ ! र, म बारबार दबाइरहन्छु! थिचिरहन्छु !

***

रात र म दुवै चुप छौ ! पिइरहेको बियर रित्तिने वाला छ !
मलाई कि एकपल्ट उस्को आखामा डुब्नुछ, नत्र अझ बियरको नशामा पौडिनु छ !

सिग्रेट च्याप्दै ढोका लगाउछु ! तल रिसेप्सन जान खोज्दै थे – थप बियर लिग्न !

सर, लाइटर !, उ एकाएक मेरो सम्मुख देखिन्छे ! कसरी आइ ? किन आइ ?
तिमी ?…
हजुर म !, उ मेरो धेरै नै नजिक आउछे ! उसको बैँसको बासना हरहर्ति लिन्छु ! म भरी भरी हुन्छु !

उसका ठूलाठूला आखांमा कहिँकतै पनि सङ्कोच छच्ल्किएका छैनन् ! उसका लालि बिहिन ओठबाट आइरहेछन- सास फेराइको काव्यिक हरफहरु !
र, उठ्दै बस्दै गरेका छातीको गोलाइमा भेटिरहेछु- कहालीलाग्दो मखमलि लयात्मक धुन !

सर….लाइटर…, उ भन्छे !
आगो लगाउन तिम्रै रन्थनिएको यौवन काफी छ,…!, म उस्को नाम थाहै नभएकाले बिचैमा रोकिन्छु !
बेठगानीहरु बेनामी हुन्छन् सर ! जुनसुकै नामले मलाई बोलाउन सक्नुहुन्छ !
बेनामीहरुको एउटा खासियत, यिनिहरुले धेरै नाम पाएका हुन्छन् ! ती मध्य कुनै एक नाम भन, जो म तिम्लाई बोलाउन प्रयोग गरु !
हाहा…
तिमि खुब मीठो हास्छौ ! यी हासिरहेको तिम्रो ओठमा मेरो ओठ जोडेयौ भने तिम्लाई लाग्दैन हामी कहिल्यै मर्देनौ ?
(उ मौन रहन्छे ! )
चुप छौ, मतलब म के बुझु ? स्विकारुक्ती कि..?
उ मेरो ओठमा लपक्कै टास्छे आफ्नो ओठ !

म रास्ट्रसंघ जस्तै अन्योलग्रस्त हुन्छु ! कत्रो युद्द चलिरहेछ मेरो मनमा, के उ जान्दछे ?


उसको ओठ चुसिरहदा म सोचिरहेथे, She must be a dark- night murdered. ( सी मस्ट वी अ डार्क नाइट मर्डरड) म मरिरहेथे ! उ जबजब मेरो जिब्रोसग खेल्थी, मेरो जिब्रो चुस्थी…मलाई लागिरहेथ्यो- म फुल हु, फुलिरहेछु ! उ भमरा ! उ चुसिरहिछे !

भमराले चुसिरहँदा फुललाई,फुलले किन पो सोच्दो हो म ओइलाउछु भोलि ! झर्छु..पर्सि ! ..र,सकिन्छु ?
………..

मेरो चुरोट निभिसकेछ ! – म उसबाट अलिक दुरि बनाएर भन्छु !
तपाईं आगो खानुहुन्छ कि धुवाँ ?
मतलब ?
म चुरोट खान्छु ! आगो ? धुवाँ ? यसको के अर्थ ?
मैले आगो पनि खाएको छु ! धुवाँ पनि खाएको छु !
र, चुरोट ?
म चुरोट खादिन सर ! पिउदिन पनि….!
अनि उ फेरि जोडले हास्छे !

तिमीलाई हाँस्ने रोग छ !
मतलब ?
The disease of laughing ? ( दी डिसिज अफ लाफिङ)
उ फेरि हास्छे !
उसको हासिरहेको ओठ म बन्द गरिदिन्छु ! तेतिखेर म सुन्न सक्थे,उसको सासको पदचाप ! जो मेरो हृदयमा हिडिरहेथे ! बाटो बिर्सेको बटुवा जसरी !

मलाई मेरो अस्तित्वको उपस्थिति याद थिएन ! पक्कै उसले पनि भुलेकी हुनुपर्छ,उसको उपस्थितिको अस्तित्व !
हामी अस्तित्वबिहिन भएका थियौ! विचारविहिन बनेका थियौ !

केही थियो- जो हराएको थियो !
केही थियो- जो भेटिएको थियो !
केही थियो त्यहाँ – जो कहीं थिएन !
केही थिएन त्यहाँ – जो थियो त्यहिँ !

***

उ तल झर्न चाहन्छे ! म रोक्छु !
कसैलाई प्रेम गरेकी छ्यौ ? या कसैसँग सम्भोग ?
मलाई धेरैले भोग गरेका छन् !
भोग कि सम्भोग ?
सम्भोग के हुन्छ, कस्तो हुन्छ, म जान्दिन ! मलाई धेरैले भोगेका छन ! मैले धेरैलाई झेलेको छु !
म मौन…उसलाई सुनिरहन्छु ! उ भन्न के चाहन्छे ?

मलाई थाहा छ सर, पुरुषको मानसिकताको गन्ध, शरिरको ताप, दिमागको प्रकृति !…,
कति दुखी छे यो केटि ? म उस्को विगत आंशिक अड्कल गर्न सक्छु ! अनुमान लगाउन सक्छु..हिजो र आज कस्तो छ उस्को !

…सम्भोग मैले गरेकि छैन ! सम्भोग त दुई शरिरको आवश्यकता, रहर अनुरुप गरिन्छ ! होइन र ? म प्रेम/ सम्भोग केइ पनि जान्दिन !
तिमी बेश्या हौ ? , म यो प्रश्न सोध्न बाध्य भए !
तपाईं अगि सोध्दै हुनुहुन्थ्यो नि के नामले बोलाउ ! मलाई धेरैले यै नामले बोलाउछन् ! तपाईं पनि बोलाउनुस् !.., कति नमिठो बोल्छे उ !

म अकमकाउछु !
नअकमकाउनुस् सर ! म बेश्या हु ! मलाई थाहा छ भोको पेट कत्ती गनाँउछ ! त्यै गन्ध मेट्न म पुरुषको शरीर आफ्नो शरिरमा चलमलाउन दिन्छु ! मेरो स्तनमा नङ्रा गाढ्छन, दारी दल्मलाउछन् ! र, मेरो भोको…पेट, आफ्नै शरीर बेचेर अघाँउछ सधै !

चमेलीलाई बनेली बनेको सुहाउदैँन.., म भन्छु !
म उस्को आखाँमा हेर्छु ! चुम्छु !
उ भन्छे- यहि एउटा अङ्ग बाकी थियो- चोखो रहेको ! त्यो पनि तपाईंले बिटुलाईदिनुभयो !

***

म सडकमा पर.., कतै रोइरहेको बिरालोको आवाज सुन्छु ! रुख्खाइदो आवाज, …. टोलाइरहन्छु !

सर, गाजलु ओठ नशालु हुन्छन् ! गाजल पुछ्नुहोला आफ्नो ओठको !
उ मलाई चुमेर लुसुक्क तल झर्छे ! उसलाई रोक्दिन !

घडि हेर्छु ! घडी मलाई उसको आँखा जस्तो लाग्छ ! बाटुलो आँखा ! म घडिलाई खुब चुम्छु ! चुमिरहन्छु ! आफ्नै नाडिको घडी..मलाई उस्को बाटुलो आँखा जस्तै लाग्छ !

रुम भित्र छिर्छु ! सुन्तला बाकि रहेछन् ! उसको ओठ झै लाग्छ- सुन्तलाको हरएक केस्रा ! म उस्कै ओठ मानेर चुसिदिन्छु ! र,सक्काइदिन्छु-१० वटा सुन्तला ! ६५ वटा केस्रा – एकै छिनमा !

अहँ, मेरो तिर्खा अझै मेटिन्न ! सुन्तलाको बोक्रा चपाउँछु ! सुन्तलाको बोक्रा पनि म उस्को कुनै अङ्ग ठानेर चपाइरहेको हुन्छु !

म उसलाई खान चाहन्छु ! पुरैको पुरै निल्न चाहन्छु ! अघाउने चाह छ म मा – उसलाई खाएर !

म भित्र यत्ती यौनचाहना किन ?
म ठिकै त थिए- यो रुममा पस्नु अगाडि ?
मलाई भोलिको यात्राको तयारी गर्नुछ ! म आज दिउसोको गल्तिहरु, थकानहरु केलाउन सक्थे !
उसलाई देख्नेबित्तिकै किन बिर्सिए मैले आज राती सुत्नुपर्नेछ ! बचेका केइ काम सकाउनुपर्नेछ !

उफ्फ..यौनप्यास… यति धेरै ?
ममा यत्रो यौन तिर्खा कहाँ देखि आयो !
के उ कुनै मायावी केटि हो ?

***

ढोकामा कसैले हानिरहेछ ! म नाङ्गै भैइ तकिया चेपेर पल्टिरहेको छु !

बजिरहेको ढोका बाहिर उहीँ त हैन ? मलाई लागिरहेछ- उहीँ हुनुपर्छ !

ढोका खोल्छु ! मेरो नाङ्गो शरीर देखेर उ किन तर्सिन्न ? किन डराउन्न ? हडबडिन्न किन ?

सर, आखामा जस्तो नग्नता अन्त कहि भेटिन्छ र ? हामिले कहिल्यै आँखा ढाक्यौं र ? तपाईंले अगि मेरो नाङ्गो आखालाई चुम्नुभयो !
लुगा लगाउनुस सर ! म तपाईंलाई कपडामै देख्न चाहन्छु ! मैले देखेकहरु सब्बै नाङ्गो थिए ! कपडाविहिन थिए !
उनिहरुको आखा र तपाईंको आखामा मैले फरक पाए ! तपाईं लुगा लगाउनुस ! म तपाईंलाई कपडामै देख्न चाहन्छु !

उ सिधा मेरो आखामा मात्रै हेरेर यो सब बोल्छे !

उसले थप बियर लेराइदिएकी रहिछे !४/५ वटा बियर बोकेर आइछे ! स्न्याक्स अर्को बेडमा राख्छे ! मैले पिइरहेको सिग्रेट थुत्छे !
र चपाउछे !
मलाई बीभत्स लाग्छ ! गरिराछे के यो केटि…??

म लुगा लगाउदै सोध्छु,
“तिमी कहिले देखि काम गरेकी- यो गेस्ट हाउसमा ?”
म भोलि देखि गर्दिन !
मैले सोधेको यो थिइन !
मलाई यही भन्नुथियो !

वियर खान सघाउछौ मलाई ?
हुन्छ ! उ मेरो तिघ्रामा हात राख्दै भन्छे !
म हात हटाउछु !… उ फेरि राख्छे !

मलाई सम्भोग गर्न मन छ ! हामी सम्भोग गर्न सक्छौ ?
तिम्ले भन्न सक्छौ फेरि, मैले तिम्लाई भोगे !
अहँ, म कहिल्यै भन्ने छैन- तपाईंले मलाई भोग्नुभयो !
के भन्नेछौ ?
मैले तपाईंलाई भोगे !
मतलब ?
भोग्नु रेप हो ! बलात्कार हो !
रेप नै सहि ! म चाहन्छु कि तपाईं मलाई भोग्नुस ! तपाईं पनि पक्कै चाहनुहुन्छ, म तपाईंलाई भोगु ! हामी दुवै एकअर्कालाई भोग्न चाहन्छौ ! यो रेप कसरी हुन्छ ?

म अर्को सिग्रेट सल्काउन खोज्छु ! असमनन्जसमा परेको बेला चुरोट सल्काउनु राम्रो विकल्प हो !

उ मेरो सब्बै लुगा उतार्छे !
तपाईं त जिप नभएको लुगा पो लगाउनुहुदो रहेछ, उ उत्ताउलोपना देखाउँछे!
म उसको लुगा उतारीदिन्छु !
कति टाइट ब्रा लगाएकी ?..उ बोल्दिन !

म बत्ती मार्छु ! उ बत्ती खोलिदिन्छे !

***

दाम्लो छिनाएर फुकेको राँगो जस्तो पो हुनुहुदो रहेछ !
किन ?
म सुकेको हागो ! तपाईंलाई बाध्नै नसक्ने भए !
यौनकृडाकै क्रममा उ सजिलै सँग अलिक अप्ठ्यारो कुरा गरिदिन्छे !
…म केइ बोल्दिन ! उसको स्तन कोपर्छु ! उसलाई हरसम्भव तरिकाले भोग्छु ! चुम्छु..कोपर्छु.. !

पुरुषहरु यस्तो बेला किन राक्षस हुन्छन् ?, उ मलाई पल्लो पट्टि धकेल्दै सोध्छे !
पुरुष बिनाश हुन, महिला प्रकृति ! यो हामी दुवैको जन्मसिद्द स्वभाव हो !

मैले तपाईंको काव्यिक कुरा बुझिन !
मैले बुझाउन जरुरत ठानिन !
उसको शरिरलाई अनुकूल पार्दै भने, “नगरे तात्छ, गरे सेलाउछ ! शरीर- शरीर बिचको बिनाश ! यो यौनकृडा…अचम्मै..बरै !
उ दुख्ने गरि हिर्काउछे…!

म आज धेरै चोटि मरे ! ..म भन्छु !
धेरैचोटि मर्ने काँतर हो ! एकचोटी मर्ने बहादुर हुन !..उसको बाङ्गो कुरा मैले सहजै बुझे !
भनेसी मैले मेरो बहादुरीपना देखाउनु पर्यो ?
तपाईंको मर्जी…!
यत्ती भनेर उ आफुलाई मेरो अगाँलोमा स्वतन्त्र छोडिदिन्छे !

हामी एकअर्काको धड्कनमा मौन कविता कोर्छौ ! एकअर्काको धड्कनको साउती सुन्छौ !
हाम्रो शरीरमा गर्मी बढिरहन्छ ! तातीरहन्छ !
बसालेको चिया मानौँ उम्लिरहेछ !
– A cup of tea is boiling… ( अ कप अफ टि इज बोइलिङ्)

हामी एकअर्काको अगाँलोमा हराउछौ !
She wraped herself arround me in every possible way.
(सी ऱ्यापेड हरसेल्फ अराउण्ड मी इन एभरी पोसिबल वय)
हाम्रो अगाँलोमा हामी अगाँलिरहन्छौ रात भर…

….योनिबाहिर झरेका विर्य…
बहादुरहरुको घटनास्थलमै मृत्यु ….

उफ्फ ! यो केटि !… भन्न पनि केके भन्छे !

४/५ वटा बियरको बोत्तल लडेको आवाज सुन्छु ! स्न्याक्सको प्लेटहरु लात्ताले हानेर् फुटाई… !
अनन्न्त..उ फेरि मलाई झम्टिन्छे ! म आफुलाई स्वतन्त्र छाडिदिन्छु !

***

ढ्याक..ढ्याक…!
ढोकाले अर्लाम बजायो ! म उठे !

ढोका खोल्छु !
मर्निङ सर ! खाना नास्ता केइ ? ,,
एउटा उन्यु जस्तो केटो मेरो अगाडि देखिन्छ ?

म घडी हेर्छु ! ९ बजिसकेछ !
फर्किएर ओछ्यानतिर नजर फ्याक्छु !
चमेली खोइ उन्यु ??..म सोध्छु !
हजुर सर…?
उ खोइ ?
को उ सर..?

बिचरो बबुरो छ ! १०/१२ वर्षको ! बताएन नि बुझ्दैन !
को उ भन्नू भयो सर ?
कफि ?
कफि मात्रै ?
अँ सुगर फ्री !
हुन्छ सर !

उन्यु गएपछी म चमेलीलाई खोज्छु ! उ देखिन्न… !
यहीं होटलमा काम गर्ने बताउथी ! काममा होलि !

वासरुमको केइ मिनेटको बास पछि फ्रेस हुन्छु ! रुममा आएर सिग्रेट सल्काउछु !

सरसर्ती रुम हेर्छु ! एकदमै सफ्फा लाग्छ ! पल्लो खाटको तन्ना कतै खुम्चिएका छैनन् ! अझ त अझ…हिजो राती चमेलीसँग पिएको वियरका बोत्तल पनि छैनन् !

यस्तो लाग्छ..यहाँ हिजो राती केइ भएकै छैन् !
पल्लो कुनामा एउटा रित्तिएको बोत्तल लडिरहेको छ ! यो त हिजो मैले नै यो गेस्ट हाउस पस्नु अगावै बाहिरको लिक्वेयर सप् बाट लेराएको हु ! चमेलीले लाइदेको बियरका बोत्तल कहाँ गए ? स्न्याक्सको प्लेटहरु..जो हिजो राती फुटेका थिए ..ती खोइ ? कन्डमका खोस्टाहरु पनि छैनन डस्बिनमा ! सुत्नु अगि यहीं त फ्यालेको थिए !

सफ्फा गरिछे कि चमेलीले बिहान उठेर ? पक्कै गरि..! नत्र त कहाँ यस्तो थियो र यो रुम नं ३०२ ?
फेरि उसले यि सुन्तलाको बोक्रा..स्याउको बचेका टुक्रा.., चुरोटका ऐस्ट्रेहरु किन सफ्फा गरिन ? मैले बाहिरबाट लेराएको हुँदा रिसाएर पो हो कि ?

यो सोच्दासोच्दै हातको सिग्रेट एक सर्को तानेर निभिसकेछ !
झल्लु..तँ झल्लु नै छस् !

खुरुक्क सामन प्याक गर्छु ! र, सुरुक्क तल झर्छु !

त्यो उन्युले कफि लेराएर राखिदिन्छ ! चिनी नहाल् भनेको हालेछ ! रिसाउन मन थ्यो रिसाइन !

रिसाउन मन भन्दा पनि मलाई चमेलीलाई देख्न मन लागिरहेछ ! हिजो रातको उज्यालोमा उ बिछट्टै प्वाँट देखिएकी थिइ ! अहिले दिनको उज्यालोमा झन कस्ति देखिँदो हो ?

भाइ !
हजुर..
स्वर पनि उन्यु जस्तै रुखो रहेछ, उन्युको ! बन फुल जस्तो मुला !
चमेली खै? कहि बाहिर गा’छे ?
को चमेली सर ? अगि पनि तपाईंले यहि नाम लिनु भाथ्यो !, उ सहजै उत्तर दिन्छ !
यहाँ काम गर्ने दिदी क्या ! खै कहाँ छिन ?
हजुर..! को भन्नू भो रे !
उसको अबुझ पना देखेर रिस उठ्छ !
हिजो राती मलाई वियर लेराइदिने दिदी क्या ! यहाँ काम गर्ने दिदी ? खै कहाँ जानुभयो ?
यहाँ कोइ पनि काम गर्दैन सर ! साहु साउनी र म मात्रै हो !,
उ लाइटर टेबलमा बजाएर कतै लाग्छ ! रिसायो झ्याक्ने…!

रिसेप्सनमा साहुनी देखापर्छिन ! सिधै गएर त्यो केटि खै त कसरी भन्नू ?
बाङ्गो सँग बिल कति भयो सोध्छु !
रुम चार्ज ५०० हो बाबू ! त्यो तपाईंले हिजै दिइसक्नु भयो ! यो तपाईंले पिइरहेको कफिको ५० रुप्पे ! त्यो दिन सक्नु हुन्छ !

म ट्वां पर्छु ! भैरहेछ के म बुझ्नै सक्दिन् !
हडबडाउदै सोध्छु.. चमेली खै ?
को चमेली ?
तपाईंको यहाँ काम गर्ने केटि !
ओइ भक्ते याँ आ त !
मुला उन्यु लुइलुई आउँछ ! डेरो आखाँले मलाई हेर्छ !
यसको नाउ भक्ते हो ! यै मात्रै हो यहाँ काम गर्ने ! बाबुले यस्को बारे सोध्नु भएको ?

साहुनीको कुरा सुनेर टाउको रन्थनिन्छ ! मस्तिष्क घात जस्तो केइ भएर आउँछ !
I have a series of low Concussions. Each minutes is more gray then the one before. ( आइ हेभ अ सिरिज़ अफ लो कोन्कस्सन्स, इच मिनट्स इज मोर ग्रे देन दी वन बिफोर)
हातको कफि कप झर्छ !
झड्याम्म..गरेर बज्छ !

के भयो बाबू तपाईं ठिक हुनुहुन्छ ?
साउनीले आत्तिएर सोध्छिन ! आँखा तरिरहने भक्तेको आखाँमा दयाभाव छच्ल्किन्छ !

म…म…मसँग हिजो राती को थियो ?
मेरो स्वर कामेको म महसुस गर्न सक्छु !
हजुर ..?
हजुर त एक्लै सुत्नु भएको होइन र ?
मैले त सोधेकै हो ..एक्लै भनेर !
हैन र बाबू.?

हो त, रजिस्ट्रेसनमा फाइलमा पनि एक्लै लेखेर साइन गरेको रहेछु !

हैन..कोइ अरु पनि थियो..थिइ ! जो मसँग रातैभरि थिइ !
के नचाहिदो कुरा गर्नुभएको ! चुप लाग्नुस…! गेस्टसँग मजाक गर्न तपाईंलाई लाज लाग्दैन ?

तपाईं हाम्रो गेस्टहाउसको गेस्ट हुनुहुन्छ ! गेस्ट पाहुना हुन् बाबू ! हामी किन मजाक गर्ने ?

उसो भए म मजाक गरिराछु त ?

दाइ….पानी पिउनुस !
भक्ते पानी थमाउँछ मलाई !

बाबुलाई ऐठन परे जस्तो छ !
हेर्नुस न केके भनिरहनु भाछ ?,
साउ तिर नजर फ्याक्दै उनि बोल्छिन् !
म ५० को नोट फ्याकेर त्यो गेस्ट हाउस छोड्छु !

गेस्ट हाउसबाट बाहिर निस्किएपछी मात्रै एउटै कुरा दिमागमा चलिरहेछ,
त्यो गेस्ट हाउसको गेस्ट को थियो ??…

प्रतिक्रिया
Exit mobile version