दण्डहीनता
काखी च्याप्ने खेलमा
दुई तिहाई

ढाड सेकेर
कर असुली गदैं
आफ्नै भोटले

पेचिलो बन्दै
राजनीतिक स्वार्थ
आफ्नै मस्तीमा

बेवारिस छन्
भुकम्प पीडित त
टहरोभित्र

जेल बस्दैछ
शपथ ग्रहण रे
सुशासनमा

ढाँट र छल
आफन्तै बर्चस्व
राजनीतिमा

म राम्रो भन्ने
समाजको कसीमा
स्वार्थी प्रवृत्ति

समृद्ध देश
कसरी पत्याउने
भाषण मात्रै

प्रतिक्रिया
Exit mobile version