स्कुल जाँदै गर्दा बाटाेमा कमलीले भनी !
“हिजाे त हामी टि.भी. हेर्न गाकाे नी गणेशस्थान यादव दाईकाे घरमा।”— मैले पहिलाे पटक सुने टिभी ।

“के हाे टिभी भनेकाे ? — मेराे प्रश्नकाे जवाफमा उसले भनेेकी थिई।
“एउटा बाक्सा जस्ताे सानाे भाँडाेमा मान्छेेहरू बाेल्ने, हाँस्ने हिड्ने सबै गर्दा रहेछन। त्यति मात्र हाे र हाम्राे देशकाे राजा रानी पनि देख्याै हामीले टिभीमा ।”

उसकाे कुरा सुनेपछि मलाई पनि टिभी कहिले हेराै जस्ताे लाग्याे। स्कुलमा खुल्दुली लागि रह्यो ।
— “मलाई पनि बाेला है टिभी हेर्न जाने बेलामा। म पनि जान्छु।” स्कुल छुटेर घर नजिक पुगेपछि मैले उसलाई भनेकाे थिए। उसले हुन्छ भनेर टाउकाे हल्लाएकि थिई।
बेलुका घरमा खुब कुरा गरे टिभीकाे । यस्ताे आउँछ रे, उस्ताे आउँछ रे भनेर । कहिले त्याे रात जाला जस्ताे भयाे।

भाेली पल्ट कमलीले कुन बेला बाेलाउँछे भनेर चनाखाे भइरहे । माख्लापट्टिकाे झ्यालबाट मुन्टाे उठाएर कति चाेटी हेरे। नबाेलाई जान्छे कि भनेर। उसकाे घर भन्दा अलि तल थियाे हाम्राे घर।

दश बजेतिर कमलीले आँगनबाट बाेलाई –
“तारे! आइजाे!”
म कुदेर उसकाे आँगनमा पुगे कति छिटाे।
एउटा टाेली नै बन्याे टिभी हेर्न जाने हामीसँग । मैयाँ दिदीकाे नेतृत्वमा हामी गणेस्थान तर्फ लाग्याै। त्यतिखेर गाउँमा सबैकाे नाम बिगारेर बाेलाउँने चलन थियाे। कमला – कमली , तारा – तारे , रेनुका, रेने, सबैकाे नाम पछाडी रे झुण्डाएर बाेलाउँथे। कति मिठाे लाग्याे त्यसरी बाेलाउँदा पनि। कुनै बनावटी थिएन सम्बाेधनमा। सरल र निस्वार्थ मन त गाउँमै भेटिन्छ अहिले पनि।

टिभी भाकाे घरमा पुग्यौँ हामी। यादव दाइकाे आमाले टिभी खाेलिदिनु भयाे । चप्पल बाहिर फुकालेर लस्करै बैठक काेठामा टिभी हेर्न बस्यौँ । त्यतिखेर तेस्राे सार्क शिखर सम्मेलन नेपालकाे काठमाडौंमा अर्थात हाम्राे देशमा भइरहेकाे रहेछ। कालाे सिसा भएका गाडीहरूमा बिदेशी आगन्तुक पाहुनाहरू आउदै गरेकाे देखिन्थ्याे भने राजा बिरेन्द्र र रानी ऐश्वर्यले हात मिलाएर पाहुनाहरूकाे स्वागत गरिरहेकाे दृश्य कैद हुन्थे हाम्रा आँखाहरूमा । फाेटाेमा देखेकाे राजा रानीलाई टिभीमा पहिलाे चाेटी देखेकाे थिए । याे सार्क शिखर सम्मेलन सन् १९८७ अर्थात् बि.सं. २०४४ सालमा प्रधानमन्त्री मरिचमान सिँहकाे आयाेजनामा भएको थियाे। त्यस समाराेहलाई मैले पहिलाे चाेटी टिभीमा हेरेकाे थिएँ।

टिभीकाे विज्ञापन खुबै भयाे गाउँमा। हामीले नै स्कुलमा सुनायौँ धेरै कुराहरू टिभीका । चारैतिर यादव दाइकाे घरकाे टिभी काे कुरा फैलिएपछि टिभी हेर्न आउने मान्छेकाे घुइँचो लाग्न थाल्याे घरमा । अब भने टिभी झ्यालमा राखेर देखाउन थाले। आँगनभरि मान्छेहरू हुन्थे। सार्क सम्मेेेेल सकिएपछि टिभी दिउँसाे आउदैनथ्याे। बेलुका ६ बजेदेखि प्रसारण हुन्थ्याे टेलिभिजन । हामी बेलुका राँकाे बालेर टि भी हेर्न गणेस्थानसम्म पुग्थ्यौं।

दाेस्राे टेलिभिजन लप्टन भिनाजुकाे घरमा ल्याएपछि भने हामीलाई दुरी कम भयाे। त्यहाँ रामायण हेर्न जान्थ्यौं। उनीहरूले घरकाे बार्दलीमा टिभी राख्दिन्थे। आँगन पर्खालकाे डिलमा बसेर खुब हिन्दीमा रामायण हेरियाे। भाइ पनि मसँग टिभी हेर्न जान थालेकाे थियाे। केटाकेटी डराउँछन् अध्याराेमा घर फर्किदा भनेर भाउजू पनि जानुहुन्थ्याे हामीसँग । फर्किदाँ राँकाे बालेर फर्किन्थ्यौँ। खुब रमाइलो हुन्थ्याे।

बिस्तारै टेलिभिजन गाउँमा भित्रिने क्रम बड्दै गयाे।
अब भने माख्लाे घर नारायण दाईकाे घरमै टेलिभिजन आयाे। एकदिन दाइले भन्नुभयो;
“राती राती टि भी हेर्न जाने हाेइन है काेही पनि।”
दाइ कुन बेला सुत्नु हाेला र टिभी हेर्न जानु भनेर बसिराकाे थिएँ। दाइ काेठामा छिरेपछि म र भाइ कानेखुसी गर्दै भर्र्याङ् ओर्लियौँ र मुल ढाेकामा बाहिरबाट ताल्चा लगाएर टिभी हेर्न गयौँ। फर्किदा भर्र्याङ्ममा ठाेकिएर नाकबाट धेरै रगत बग्याे। दुखेर खपि नसक्नु हुदाँ पनि कसैलाई नभनी मुख छोपेर पीडा लुकाए । शुक्रबार दाइ काठमाडौबाट घर आउनु हुन्थ्याे। हामी चहिँ दाइ नआएनी हुन्थ्याे भन्ठान्थ्यौँ। किन भने दाइले टिभी हेर्न जान दिनुहुन्न थियो । दाइ स्वास्थकर्मी आर्मी हस्पिटलमा कार्यरत हुनुहुन्थ्यो । हप्तामा एकचाेटी घर आउनुहुन्थ्याे।

टेलिफिल्म हेर्ने लत लागेकाे थियाे। एक भाग नछुटाई हेरिन्थ्याे। “गुलाफ एकैचाेटी फुल्छ” लक्ष्मीप्रसाद देवकाेटाकाे सकुन्तला महाकाब्यबाट बनेकाे टेली फिल्म। खुब मन परेकाे थियाे याे टेलिफिल्म मलाई । ध्रुवचन्द्र गाैतमकाे “अलिखित” तराईकाे जनजीवनमा आधारित टेलिफिल्म। उपन्यासकार लिलाध्वज थापा काे उपन्यास “धन मन” बाट बनेकाे टेलिफिल्म “धनमन” रंगकर्मी, बेजाेड अभिनयकी धनी निशा शर्मा र अंशुमाला खनालकाे “एउटा काेठाकाे मान्छे” मलाई खुब मन परेकाे र मैले एकभाग पनि नछुटाई हेरेकाे टेलिफिल्महरू हुन् ।

त्यतिखेर साेचेकाे पनि थिइनँ । राँकाे बालेर टेलिभिजन हेर्न जाँदा याे टेलिभिजन स्थापना गर्ने नीर शाहा ज्यु सँग मेराे भेट हाेला भनेर। न सोचेकै भयाे । साहित्य क्षेत्रले मलाई उहाँकाे हातबाट मायाकाे चिनाे लिने अवसर दिलायाे। “अलिखित” टेलिफिल्म हेर्दा हाम्राे तराईमा यस्ताे पिछडीएका गाउँ बस्ती पनि छन् र जस्ताे लाग्थ्याे? साहित्य कर्मले त्याे माटाे छुने अवसर पनि दिलायाे। “धन मन” टेलिफिल्म हेर्न जाँदा नाक ठाेकिएर महिनाै सम्म नाक छाम्दै हिडेकि म। त्यसै टेलिफिल्मका लेखक / उपन्यासकार लिलाध्वज थापा साहित्य प्रतिष्ठानबाट कविता प्रतियोगितामा पहिलाे चाेटी सर्वाेत्कृष्ट भई पुरस्कार पाउँदा खुसीले नाक बढेकाे पनि भुल्न कहाँ सक्छु र म? अभिनय कला अति मन पर्ने रंगकर्मी/ चलचित्र कर्मी निशा शर्मा, अंशुमाला खनाल र नायक सराेज खनाल काे माझमा मुक्तक सुनाएर सम्मानपत्र लिदाँ पनि मैले त्यति बेलाकाे टेलिभिजनमा हेरेकाे “एउटा काेठाकाे मान्छे” सुनाएकाे थिए। निशा दिज्यु खुसी हुनु भाकाे थियाे।

२०४१ माघ १७ गते नेपाल टेलिभिजनकाे स्थापना भएकाे रहेछ यस टेलिभिजनकाे संस्थापक नीर शाहा हुनुहुन्छ भने २०४२ पुस १४ बाट नेपाल टेलिभिजकाे प्रसारण भएकाे रहेछ। काठमाडौं बाट ३० किलोमिटर पर बस्ने हामी काभ्रे बासीले भने २०४४ सालमा टेलिभिजन हेर्न पाएका थियौँ। सत्तरीकाे दशकमा आइपुगेपछि १ बर्ष अगाडि २०७७ मा नन्दकृष्ण जाेशी दाईकाे निमन्त्रणामा साहित्यिक कार्यक्रम “चाैतारी” मा भाग लिने सिलसिलामा नेपाल टेलिभिजनकाे स्टुडियो मा टेक्ने अवसर मिलेकाे थियाे। जुन चिजहरूसँग लगाव हुन्छ अवश्य साक्षत्कार हुने अवसर आफै जुर्दै आउदाे रहेछ।

प्रतिक्रिया
Exit mobile version