हेरन साथी हेरन साथी, साइकल गयो गुडेर
चिरबिर चिरबिर गर्दै गर्दै, चरी आयो उडेर
रातो कलर लाएछन्, बाले कालो दारिमा
जाउन साथी घुम्नलाई, हजुर बाको बारिमा ।।

हिजो मात्रै पसलमा, आमासँग गएकी
हाम्रो साथी बिनिशा , कत्ती राम्री भएकी
कत्ती राम्रो देखिन्छ, तोरि फुल फुलेको
सेतो सेतो पुतली , फुलहरुमा डुलेको ।।

पोखरीमा जम्मा हुन्छ, पानी बग्छ खोलामा
जतन गरि राख्नुपर्छ, कापी कलम झोलामा
आयुश र सन्तोषले, स्कुल ड्रेस लाउँदैनन्
निकिता र बिनिता, किन स्कुल आउँदैनन् ?

कापी भित्र राखेको, मेरो कलम हरायो
रमेशले चोरेको, राकेशले उसलाई डरायो
गलत काम गऱ्यो भने, गलत आउँछ नाम
राम्रो हौइन साथी हो, चोरी गर्ने काम ।।

अ पछि आ हुन्छ, आ पछि इ हुन्छ
जसले स्कुल पढ्दैन्, भबिस्यमा रुन्छ
अघि बढौँ हामी, ज्ञानको ज्योति लिएर
बस्नुपर्छ सबै हामि , एक आपसमा मिलेर ।।

पारस भट्ट “प्यासी”
सुदुरपश्चिम बैतडी

प्रतिक्रिया
Exit mobile version