देखिन थाले वरपर
सबतिर हरियो
प्रकृतिको रूप हेरी
मन मेरो भरियो ।

निलो निलो आकाशमा
बादलका बुट्टा
रमाइ रमाइ हिँड्ने गर्छु
टेकी साना खुट्टा ।

बन, पाखा, चौरमा
फूल हाँसेको छ
सुन्दर ती फूल हेरी
यो मन नाचेको छ ।

धरतीको मुहार नि
बल्ल खुल्न थाल्यो
कोयली चरी गीत गाउँदै
वन डुल्न थाल्यो ।

हिलो मैलो कतै छैन
वसन्तको बेला
प्रेम र श्रद्धा फुल्ने
हर्षको यो मेला ।

प्रतिक्रिया
Exit mobile version