पद्य छन्द – भुजङ्गप्रयात

चतुष्काेण बन्छन् मिली चार काेण
कहाँ बन्छ षट्काेण हट्दा त्रिकोण
दुई चार गुन्दा हुने आठ नै हो
हुँदा वृक्ष बेर्नाे हुने काठ नै हो ।१

थिए ती कुनै वेदनाका पुकार
थिए ती कुनै साधनाका प्रसार
थिए ती कुनै भावनाका प्रकार
भए आज आफ्नै सबैका विचार ।२

सबैको हुने गर्छ अस्तित्व आफ्नै
छ लम्बाइ चौडाइ पर्दैन नाप्नै
छ जे त्यो त्यही हो हुँदै हैन अर्को
अस्वीकार गर्ने नगर्नू जमर्को ।३

कलाकार आफ्नै कलामा छ मख्ख
छ सेवाप्रदायी स्वयम्‌मा गमक्क
उठी चार बज्दा नबज्दै बिहान
पुगेको छ कर्मस्थलीमा किसान ।४

म मेरै कुवाभित्र जे भाेग्छु, देख्छु
तिनै चित्रजस्ता बनाएर लेख्छु
निदाएर थाेरै म धेरै छु जाग्दै
यही जिन्दगी हो कि जस्तो छ लाग्दै ।५

प्रतिक्रिया
Exit mobile version