“बाबा! हाम्रो घरमा पनि लडी लगाउँ न एस पटक सबैले लगाएका छन्।”
– दश वर्षिय जिज्ञासुले आफ्नो जिज्ञासा राखि।
“नानी हामिले लगाउँन मिल्दैन नी”
– शक्तीले छोरीको टाउकामा स्नेहपूर्वक हातले मुसार्दै भन्यो।
“किन लगाउँन मिल्दैन हामिले ?”
– उसले सोधी।
“हाम्रा पुर्खौलिले कहिल्यै लगाएनन् नी लडी। फेरी हाम्रो घरमा विद्युत् पनि त छैन। अर्को कुरा विद्युत् लगाउँदा खरले छाएको घरमा खतरा पनि हुन्छ।”
– शक्तिले छोरीलाई सम्झाउँनमा आफ्नो शक्ति लगायो।
तर जिज्ञासु अलि जिद्धी स्वभावकी थिई।
“हजुरले अहिले विद्युत् जडान गराउँनै पर्छ। यसरी हुँदैन। म मान्दिन लडी नलगाउँदा।”
– ऊ आफ्नो जिद्धमा अडी।
“उफ्! फुली भन त यसलाई कसरी सम्झाउँ हाकीमले रिस्वत माग्छ यत्रो पैसा मसँग छैन।
“बिस्तारै कानमा गएर आफ्नो स्वास्नीलाई भन्यो।
“आज एसैलाई लिएर विद्युत् अफिसमा जानुहोस् यस्ले हजुरलाई हाकिमले भनेको कुरा आफ्नै कानले सुन्छे अनि बल्ल मान्छे। यसैलाई अगाडि सारे। – फुलीले बाटो देखाई।
“हिंड तिमी र म जाउँ विद्युत् अफिस ।” – शक्तीले भन्यो।
बाबा छोरी हाकिम लखतरान कहाँ पुगे।
शक्ती बाहिर बस्यो छोरी भित्र गई।
“अंकल नमस्ते जिज्ञासुले दुबै हात जोडेर नमस्ते गरी”
– किन आएकी को हौ तिमी ? बाहिर जाउ”
– लखतरान उसलाई हकार्न थाल्यो।
आज आकस्मिक मन्त्री दयाराम आएका थिए।
“किन आएकी नानु ? “मन्त्री दयारामलाई दया जाग्यो।
अंकल हाम्रो घरमा बिजुली छोइन तिहार कसरी मनाउँ। हाम्रो बाबा कति पल्ट आएर पनि अंकलले बिजुली जडान गर्नु भएन।”
– जिज्ञासु रूनथाली।
“हाकिम साहेब हजुरले त यो गाउँमा एउटा घर पनि विद्युत बिनाको छैन् भन्नु भएको छ त रिपोर्टमा।”
– सर…सर….. कतै गल्तिले छुटेको होला यो बालखको घरमा विद्युत बिग्रिएको पनि हुनसक्छ ।” लखतरानले सफाइमा भन्यो।
“नानु तिमीसँग को आएको छ बोलाउ त।” मन्त्रीले उसको बाबालाई बोलाउँन लगायो।
“नमस्कार सर जी।” उसले दुबै हात जोड्यो।
“के तिम्रो घरमा विद्युत पुगेको छैन ? “मन्त्रीले सोध्यो।
कहिल्यै जडान भएन सर! हाकिम साहेबलाई त कयौँ पटक आएर जानकारी गराएको हो।
“ए…ए..शक्ति नाम हो तिम्रो? एक पटक जानकारी गराएका त हुन फेरी आएनन् मकहाँ अहिल्यै लगाइ दिन्छु सर।” – उसले फाइल तिर नियाल्दै भन्यो।
“उद्धम सिहँ जाउ यहाँको विद्युत फटाफट चालु गर जसरी भएपनि । “हाकिमले आदेश दियो। ऊ आफै डरले पसिना पसिना भएको थियो।
प्रतिक्रिया