हाम्री लजालु बाख्री,
घाँसको भारी खोज्छे।
चौरभरि उफ्रिदै-उफ्रिदै,
पानीले घाँटी भिजाउँछे।
“म्या-म्या” गर्दै बोल्छे सधैँ,
वनमा डुल्न रमाउँछे।
थाकेर आई बथानसँग,
साना खबर सुनाउँछे।
प्रकृतिमा रम्ने साथीलाई,
कहिल्यै नबिर्सौँ।
जनावरप्रति माया फैलाउँदै,
जीवनको मर्म बुझौँ।
~~~०००~~~
– लक्ष्मी रिजाल
कञ्चनरूप-१२, रूपनगर, सप्तरी
प्रतिक्रिया