हाम्रो सानो प्यारो बिरालो,
सधैं “म्याउँ-म्याउँ” गर्छ।
दूधको भाँडो देख्नासाथ,
लुक्दै-लुक्दै आउँछ।

घाममा सुतेर न्यानो लिन्छ,
छायाँमा खेल्न रमाउँछ।
नानीहरूसँग हाँसी-हाँसी,
कहिले-कहाँ दौडिन्छ।

दुःख नदिऊँ बिरालोलाई,
ऊ पनि साथी हाम्रो।
माया बाँडौँ सबै प्राणीमा,
सजाऔँ संसार राम्रो।

~~~०००~~~

– नन्दलाल आचार्य
– बेलका- २, सिद्धार्थटोल, उदयपुर

प्रतिक्रिया
Exit mobile version