— “बाबु तेरो आमा आजभोलि भएकी छ । मुख हेर्ने मन् छ भने छिट्टै आइज ।”- “अमृतले आफ्नो जेठो छोरा बरूणलाई अमेरीका फोन गरेर भने।”
— “बाबा म अमेरिका छु यो वेला आउन सकिँदैन बरू हजुरले रूद्रलाई जापान फोन गर्नुहोस् ।”- “बरूणले असमर्थ जताउँदै सुझायो।”
— “हस् छोरा सुखि रहे।”- “अमृतले फोन काटे र जापान लगाए।”
— “हजुर बाबा सञ्चै हुनुहुन्छ ?”- “उताबाट रूद्रले बाबाको हालचाल सोध्यो। बुढालाई खुसी लाग्यो जेठो छोरा आउँन नसकेपनि कान्छो त अवस्य आउँछ उनले मनैमन सोंचे।”
— “छोरा मलाई त ठिकै छ तर तेरो आमा..!”- “बुढा बोल्दाबोल्दै भावुक भए।”
— “के भयो र आमालाई ?”- रूद्रले चिन्ता व्यक्त गर्यो।
— “छोरा तिम्रो आमा अस्पतालमा दिन गन्दैछ । कुनवेला स्वास रोकिन्छ थाहा छैन। तिमी छिट्टै आउ छोरा । दिदी बहिनीहरू पनि आउँन मानेनन्। तिम्रो दाइले पनि आउँन असमर्थता व्यक्त गर्यो। तिमि जसरी भएपनि घर आउँ अन्तिम पटक आफ्नो आमाको मुख हेर्न।”- अमृत फोन मै ग्वाँ ग्वाँ रून थाले।
— “बाबा! भैगो नरूनोस् बाबा, हजुर रोएपनि आमा बाँच्नु हुँदैन। म आएपनि आमा बाँच्नुहुने छैन। यति टाढा जापानमा छु। भन्दा बित्तिकै छुट्टी पनि मिल्दैन।”- रूद्रले बाबालाई ढाँडस् बाँध्न थाल्यो।
— “त्यसो भए तिमी पनि आउँदैनौँ त बाबु ?”- अमृतले गहभरी आँसु बगाउँदै भने।
— “म आमाको अन्तिम संस्कारका लागि केही पैसा पठाइदिन्छु बाबा म आउँन सक्दैन अलिपछि आउँछु ।”- रूद्रले भन्यो।
— “भयो छोरा पैसा पनि चाहिँदैन । तिमीहरू सुखी रहनु त्यति भए पुग्छ।”- अमृतले फोन काटे र थंचक्कै बसे दुबै हातले टाउको छोपे र ग्वाँ – ग्वाँ रून थाले।
– सुरेशकुमार पाण्डे
दाङ घोराही १८