“आमा शास्त्र सुनाउँनु न ।”- पाँच वर्षिय विर्खेले आफ्नि आमालाई बिन्ती गर्यो।
“के सुनाउँ छोरा ?”- कामले थकित् निदाउँन आतुर सरस्वतीले भनिन्।
“पहिल्यै सुनाउँनु हुन्थ्यो नी हो त्यहीँ आज पनि भूतको कथा सुनाउँनुहोस्।
विर्खेकी आमाले शास्त्र नसुनाउँदा सम्म विर्खेलाई निन्द्रा लाग्दैन थ्यो। उसलाई सुत्नुभन्दा पहिले कथा सुनाउँनै पर्दथ्यो।
“सुन शास्त्र ! एका देशमा एउटा राजा थियो र त्यहाँका प्रजालाई अत्यधिक दमन् गर्दथ्यो। एकदिन प्रजाहरू एकजुट भए र राजाको प्राण लिए। अनि ऊ भूत बन्यो। तर त्यसपछि पनि प्रजालाई सुख शान्तिले बाँच्न दिएन। “-सरस्वती भन्दाभन्दै रोकिई।
“फेरी के भयो आमा ? भन्नु न ।”- विर्खेले सोध्यो। “फेरी प्रजाहरू भूतलाई मार्ने योजना बनाए।”- सरस्वतीले भनिन्।
“फेरी के भयो भूतलाई भेटाए र मारे त ?”- छोराले सोध्यो।
“छोरा भूत कहाँ भेटिन्थ्यो त्यो भूत कतै थिएन ऊ सबै प्रजाको मनमष्तिकमा घर जमाएर बसेको थियो। “-सरस्वतीले भनिन्।
विर्खे कतिवेला सुन्दा सुन्दै निदाएछ पत्तै लागेन ।
– सुरेशकुमार पाण्डे
दाङ घोराही १८