पत्थरले मान्छेलाई भन्यो-
“तिमी मलाई कुनै मन्दिरभित्र लगेर राखिदेऊ
म भगवान् बनेर तिमीलाई बरदान दिने छु ।”
मान्छेले त्यो पत्थरलाई मन्दिरभित्र लगेर राख्यो
र बरदान माग्यो- “हे भगवान ! मेरा सारा दु:ख कष्टहरु निवारण गरेर खुसी भरिदिनुस् ।”
पत्थरले भन्यो- “हे मनुवा ! म अहिले आफैं अत्यन्तै दुःखित भएको छु । म बगरमा स्वतन्त्र थिएँ । हावा, पानी र माटोसँग जुन आत्मीयता र खुसी थियो त्यो अहिले गुमेको छ । सक्छौ भने मलाई पुन: त्यही ठाउँमा लगेर राखिदेऊ।”
मान्छे नतमस्तक थियो ।
– किशन पौडेल
हेटौंडा
प्रतिक्रिया