Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

लघुकथामा एक प्रयोग अङ्क: १८ | नन्दलाल आचार्य | हाम्रो कथाघर

भदौ २९, २०८२

स्मार्ट कविता श्रृङ्खला ४७ | हाम्रो कथाघर

भदौ २९, २०८२

गजल श्रृङ्खला २६ | हाम्रो कथाघर

भदौ २९, २०८२

दिपेन्द्र आचार्यको कविता सङ्ग्रह ‘व्यापार पृथ्वीको’ विधिवत् लोकार्पण

भदौ २४, २०८२

लघुकथामा एक प्रयोग अङ्क – १७ | नन्दलाल आचार्य | हाम्रो कथाघर

भदौ २२, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Home » Blog » हिन्दू धर्मलाई सीधा प्रहार गर्ने गीत ‘चन्द्र कुमारी’

हिन्दू धर्मलाई सीधा प्रहार गर्ने गीत ‘चन्द्र कुमारी’

प्रभात न्यौपाने
हाम्रो कथा घरहाम्रो कथा घरअशोज ८, २०८१5 Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

भर्खर मात्र बजारमा आएको ‘आइटम गीत’
“चन्द्र कुमारी” सुने र हेरे ।
चर्चित गायिका समिक्षा अधिकारीको स्वरमा रहेको यो गीतका शब्द तेजेश रेग्मी ले लेखेका हुन्। तेजेश अहिलेका युवा पुस्ताले मन पराएका गीतकार हुन्। उनले लेखेका कैयौँ गीत नेपाली समाजमा चर्चित भ‌एका पनि छन् । उनको पछिल्लो गीत “चन्द्र कुमारी” मा लिपिबद्ध गरिएका शब्दहरू पनि उत्कृष्ट नै छन्,
तर… तपाइँको आँखाले नहेरूञ्जेल मात्र।

पहिलो पटक आँखा बन्द गरेर उक्त गीत सुन्नु भयो भने निकै उत्कृष्ट र नारी शक्तिको महिमाले भरिएको छ । तर भिडियोमा देखाइएको दृश्य नेपाली समाजले सहनै नसक्ने गरि प्रस्तुत भ‌एको देखिन्छ। गीतको पहिलो पङ्क्तिमा नै हिन्दू धर्मालम्बीहरुले पुज्दै आएकी पूज्य देविहरुको नाम लिइएको छ भने उक्त शब्दमा अर्धनग्न अवस्थामा एक नारी आफ्ना वक्षस्थलहरू हल्लाउँदै नृत्य गरिरहेकी छिन् । ती नर्तकी हुन लोसिना लामिछाने ।
“जय लक्ष्मी जय दुर्गा माता भवानी” शब्द प्रयोग गरिएको उक्त गीत को पङ्क्तिमा ती नर्तकी ले आफ्नो अङ्ग प्रदर्शन गर्न कुनै पनि कसर छाडेकी छैनीन । हिन्दू धर्मावलम्बीहरूको इज्जत प्रतिष्ठा र सम्मानमा आंच आउने गरी प्रस्तुत गरिएको उक्त गितको कोरियोग्राफर हुन राम्जी लामिछाने।
उहाँलाई मेरो प्रश्न ( यो सबै हिन्दु धर्मालम्बी हरुको प्रश्न हुनु पर्ने )

देवि देवतासँग जोडिएका शब्दहरू मा कस्तो खालको नृत्य गरिनुपर्छ भन्ने हेक्का सम्म नराखेर भाइरल हुने होडमा हिन्दू धर्ममाथी नै प्रहार गर्ने अधिकार तपाइलाई कसले दियो ? लामिछाने जी!

तपाइले कोरियोग्राफर गरेर देखाउन खोज्नुभएको नर्तकी कुनै पनि दृष्टिकोणले लक्ष्मीको अवधारणा मै पर्दैन। आदिशक्ति मानिएकी दुर्गाको स्वरूप कदाचित् हुन सक्दैन । तपाइले लक्ष्मी र दुर्गालाई कहाँ अर्धनग्न अवस्थामा देख्नु भयो वा लक्ष्मी र दुर्गा अर्धनग्न भ‌एको वर्णन कहाँ गरिएको छ! सुझाउन सक्नुहुन्छ तपाइका शुभचिन्तक हरूलाई ?

यो अशोभनीय, असंस्कारी, धर्म विपरित, सनातन धर्म विरोधी, कपोलकल्पित, अश्लिल र घृणित परिदृश्य हो ।
[ म यसको सिधै विरोध गर्छु / बहिस्कार गर्छु कसैको आस्थामा खेलवाड गर्ने अधिकार कसैलाई छैन ]

लक्ष्मी सौन्दर्यकी देवी हुन् । जहाँ बसे पनि स्वच्छता, खुसी, व्यवस्था, परिश्रम र बचतको वातावरणको श्रृजना गर्ने धनकी देवी लक्ष्मी सुन्दरता, सरसफाई र कलात्मक सजावटको अर्को नाम पनि हो। दुइ हातमा कमलको फूल लिनुभ‌एकी कमलकै फूलमा विराजमान लक्ष्मीको पोसाक सारी र ब्लाउज नै हो । तपाइले देखाएको जस्तो दुइ बित्ताको टालो लगाएकी लक्ष्मी कहाँ देख्नु भयो? भगवानलाई पनि आधुनिक बनाउने प्रयत्न गर्नुभ‌एको त होइन! यस्तो अशोभनीय कार्य हिन्दुवादीहरुलाई स्विकार्य छैन। कहिल्यै हुने छैन। मलाई त्यस्तै लाग्छ र म पनि उक्त गीतको दृश्यप्रति घृणा व्यक्त गर्दछु।

देवी दुर्गालाई विश्वको सर्वोच्च शक्ति र सर्वोच्च देवी मानिन्छ । वेदहरूमा दुर्गाको व्यापक उल्लेख छ । पुराणमा दुर्गालाई आदिशक्ति मानिएको छ । अनि तपाइले पैसा कमाउने होडमा धर्म संस्कृतिमाथी नै प्रहार गर्नु भयो । हिन्दु धर्ममाथी कुदृष्टि राख्नु भयोे । धर्मको रक्षा गर्नुपर्ने अवस्थामा झन झन विकृति फैलिरहदा निकै चिन्तित तुल्याएको छ।

गितको मध्य भाग तिर एक स्तुति मन्त्र सुन्न सकिन्छ:-

“ओम जयन्ती मंगला काली भद्रकाली कपालिनी, दुर्गा क्षमा शिवरात्री स्वहा सुद नमस्तुते”

यहीं मन्त्रको पछि पछि अर्धनग्न अवस्थामा नर्तकीको नृत्य देख्न सकिन्छ । तेजेश जी देवताको नाममा यति धेरै अश्लीलता कहाँबाट ल्याउन सक्नु भ‌एको तपाइले?

फोहोरमा लटपटिएको निर्वस्त्र दृश्यलाई तपाइको दृष्टिले कन्टेन्ट भन्नुहुन्छ ? राम्रा दृश्यहरुका कन्टेन्ट पनि त सामाजिकसञ्जालमा र ओटिटिमा आइरहेकै छन्, मान्छेहरू हेर्छन पनि । तर तपाइले यस्तो किन गर्नु भयो ! पैसाको लागि? तपाइहरू कन्टेन्ट कृयटर होइन देशको दुश्मनहरू हो । धर्म विरोधी हो जस्तो लाग्छ । नत्र देवी देवताको नाममा यति धेरै अश्लीलता कसरी सोच्न सक्नु भयो?

अब मेरा केही प्रश्नहरु नेपाली जनतासँग छ, शास्वत सत्य सनातन धर्म मान्ने हिन्दू धर्मालम्बीहरू लाई छ ? किन हामी यतिसम्म लाचार बनेका छौँ ! जो हामीले सदियौंदेखि पुज्दै र मान्दै आएका देवी-देवता लाई बिम्ब बनाएर कसैले आधुनिकताको नाममा, चर्चित हुने होडमा यति भद्दा तरिकाले प्रस्तुत गर्दा पनि, हाम्रो आस्थामा सिधैं आक्रमण गर्दा पनि चुप छौँ! आखिर किन ?
यसरी प्रस्तूत गरेका यी सामाग्रीहरु हेर्छौं, शेयर गर्छौं, वाह वाह गर्छौं र यस्ता कोरियोग्राफर, गीतकार, कलाकार सबै मिलेर हाम्रो आस्थामा हाम्रो धर्ममा प्रहार गरिरहन्छन् ! के यहीं सत्य होइन र ?

अब तपाइहरु नै भन्नु,/सोच्नु यस्ता अश्लिल प्रस्तुतिहरु लाई यसरी नै बढोत्तरी दिने हो भने, यसरी नै सबै चुप रहने हो भने ! हाम्रो समाज, हाम्रो संस्कार, संस्कृति र सभ्यताको के हुन्छ ? खास गरी हाम्रा बाल बच्चाहरुले के सिक्ने ? के हाम्रा बाल बच्चाले अर्धनग्न भएर नृत्य प्रस्तुत गर्ने नृत्यांगनालाई देवी लक्ष्मी, देवी दुर्गा , देवी भवानी भनेर चिन्ने ?
र यस्तै प्रदर्शनीबाट दिनदिनै बढ्दै गएका महिलामाथि दुर्व्यवहार हुने, बलात्कार हुने जस्ता भयंकर घटनाहरूको जिम्मेवार को हुने? यसरी यस्ता प्रस्तुतिलाई सजिलै स्वीकार गर्दा यसको जिम्मेवार पनि हामी नै होइन र ?

आधुनिकता स्वीकार्य छ, तर आधुनिकताको नाउँमा अश्लीलता स्वीकार्य छैन ।

त्यसैले यस्ता प्रस्तुतिहरु लाई म सीधा अस्वीकार गर्छु / बहिष्कार गर्छु । अब देखि यस्ता प्रस्तुतिलाई लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब होइन जहाँ यस्तो पाउँछु सीधा रिपोर्ट गर्छु ।
भन्नुहोस् तपाई के गर्नु हुन्छ ? 🫵

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

यो पनि पढ्नुहोस्...

उपन्यास: गरुराहा भाग: ०२ | नन्दलाल आचार्य | हाम्रो कथाघर

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला – १३ | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग – अङ्क: १२ | हाम्रो कथाघर

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला – १२

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला – ११ | हाम्रो कथाघर

कथा: कम्युनिस्टहरू छद्मभेषी बनेपछि | हाम्रो कथाघर

Advertisement
♈ दैनिक राशिफल ♎

विशेष

उपन्यास: गरुराहा भाग: ०२ | नन्दलाल आचार्य | हाम्रो कथाघर

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला – १३ | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग – अङ्क: १२ | हाम्रो कथाघर

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला – १२

भर्खरै

लघुकथामा एक प्रयोग अङ्क: १८ | नन्दलाल आचार्य | हाम्रो कथाघर

भदौ २९, २०८२

स्मार्ट कविता श्रृङ्खला ४७ | हाम्रो कथाघर

भदौ २९, २०८२

गजल श्रृङ्खला २६ | हाम्रो कथाघर

भदौ २९, २०८२

दिपेन्द्र आचार्यको कविता सङ्ग्रह ‘व्यापार पृथ्वीको’ विधिवत् लोकार्पण

भदौ २४, २०८२

लघुकथामा एक प्रयोग अङ्क – १७ | नन्दलाल आचार्य | हाम्रो कथाघर

भदौ २२, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.