सेतीसेती नानी
तेल खाने बानी
अघाएपछि राती
हुने रैछिन् जाती ।
वरिपरि घेरामा
बन्ने एकै फेरामा
मीठो हुने खुब
राम्रो उस्तै रुप ।
खानलाई मीठो
पाक्नलाई छिटो
सबैले मन पराउने
खाए भोक हराउने ।
चाडपर्व आउँदा
सेल खान पाउँदा
रमाइलो मानेर
महत्त्व सब जानेर ।
उत्सवको बेलामा
जात्रा र मेलामा
सेल खानेको लर्को
नमानेर झर्को ।
– गंगा खड्का
बूढानीलकण्ठ ,काठमाडौँ।
= संकलन: तारा के. सी
प्रतिक्रिया