गाैरव राख्ने चाँदीको शिर
उत्तरतिर टल्कने हिमाल,
दक्षिणतिर बग्दछ काेशी
गाैरव हाम्राे क्या राम्राे नेपाल।।
डाँफे र मुनाल चाैरी र याक
भीर र पाखा खर्क र गाेठमा
एकता हाम्राे साझा याे माटाे
मुस्कान छ ओठमा ।।
विभिन्न जाति, विभिन्न धर्म
विभिन्न संस्कृति ,
आउँछ गन्ध नेपालीपनकाे
एउटै छ आकृति ।।
मिलेर बाँचाै मिलेर हाँसाै
याे देश हाम्राे हाे,
विश्वमा हेर कहिँ छैन यस्ताे
पवित्र भूमि नेपाल राम्राे याे ।।
बुद्धकाे देश, शिवकाे देश
भृकुटी सीता पासाङकाे याे देश
वीरकाे देश,सहिदकाे देश,
क्या राम्राे नेपाल ।
– प्रशंसा कुँवर
काठमाडौं।
= संकलन: तारा के. सी
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।