हाम्रो कथाघरको यस ‘स्मार्ट लघुकथा’ स्तम्भका संयोजक तथा सम्पादक हेटौँडाका कवि एवम् लघुकथाकार किशन पौडेल हुनुहुन्छ। यस स्तम्भमा नेपाली लघुकथाका साथै देश-विदेशका लेखकहरूका छोटा, गहन र मानवीय संवेदनाले ओतप्रोत सामाजिक विषयका लघुकथाहरू प्रकाशन गरिनेछ।
साथै, भविष्यमा यी लघुकथाहरूलाई सङ्ग्रह गरी पुस्तकका रूपमा पनि प्रकाशन गर्ने योजना रहेको छ।
यस स्तम्भका लागि आफ्ना लघुकथा पठाउन इच्छुक लेखकहरूले संयोजक/सम्पादक पौडेलको फेसबुक इनबक्स अथवा हाम्रो कथाघरको इमेल ठेगानामा माथि उल्लिखित विशेषताअनुसारका लघुकथा पठाउन सक्नुहुनेछ।
संयोजक/सम्पादक पौडेलको फेसबुक प्रोफाइलको लिङ्क तल दिइएको छ।







