📌
सूचना: खुला कविता प्रतियोगिताको उत्कृष्ट ३० को नतिजा सार्वजनिक तथा आगामी चरणसम्बन्धी जानकारी
📌
सम्पूर्ण आदरणीय कवि तथा साहित्यानुरागीहरूमा हार्दिक साहित्यिक अभिवादन !
हाम्रो कथाघर डट कम (साहित्यिक ई-पत्रिका)को आगामी असार २ गते (२०८३) सम्पन्न हुन गइरहेको तेस्रो वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको ‘खुला कविता प्रतियोगिता’मा यहाँहरूले देखाउनुभएको उत्साहजनक सहभागिताका लागि हार्दिक आभार व्यक्त गर्दछौँ । गत वैशाख १५ गतेदेखि ३० गते साँझ ७:०० बजेसम्मको समयावधिमा देश–विदेशबाट हामीलाई करिब २०० कविताहरू प्राप्त भएका थिए । जसमध्ये नियमपूर्वक प्राप्त भएका १४८ कविताहरूलाई कोडिङ गरी मूल्याङ्कनका लागि निर्णायक मण्डलसमक्ष पेस गरिएको थियो । (तोकिएको शब्द सीमा नाघेका, अपूर्ण र पूर्ण विवरण संलग्न नभएका कविताहरूलाई पूर्वसूचनाअनुसार प्रतिस्पर्धामा समावेश गरिएको थिएन ।)
आज मिति २०८३ जेठ ५ गते, गठित निर्णायक मण्डलको सूक्ष्म मूल्याङ्कनपश्चात् उत्कृष्ट ३० भित्र पर्न सफल कविताहरूको सूची तपाईँहरूसमक्ष सार्वजनिक गर्दछौँ । उत्कृष्ट ३० मा पर्न सफल सम्पूर्ण कविज्यूहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ । 🎉
📝
उत्कृष्ट ३० मा छनोट हुनुभएका कविहरूको नामावली:
(कविको नामको वर्णानुक्रमअनुसार)
| क्रम नं. | कविको नाम | कविताको शीर्षक | ठेगाना |
|---|---|---|---|
| १ | आजाद क्षेत्री | छोरी मान्छेहरूका सपना | काठमाडौँ |
| २ | एम.डी. फिराक | बहावको दर्शन | सोलुखुम्बु |
| ३ | चेतना शर्मा | आगो नबन्दै खरानी भएकी इजा | सतुङ्गल, काठमाडौँ |
| ४ | चेवन बस्नेत ‘ठूलाघरे’ | युवाको आह्वान | धर्मदेवी न.पा.–९, सङ्खुवासभा |
| ५ | जमुना भट्टराई | म को हुँ ? (प्रकृतिको तेस्रो रङ) | गल्याङ–११, स्याङ्जा |
| ६ | ज्वाला ढकाल | समयलाई सोधिएको प्रश्न | विराटनगर–१, मोरङ |
| ७ | डा. हरिकुमार श्रेष्ठ ‘शिखर’ | एल्गोरिदम्को छायाँमा भविष्य | नागार्जुन–१०, काठमाडौँ |
| ८ | त्रिलोचन सुवेदी | उकालोको अन्तिम प्रश्न | बर्दिया |
| ९ | दुर्गा वनवासी | खरानीबाट | कमल गा.पा.–६, झापा |
| १० | धीरजप्रताप मल्ल ठकुरी | आरन | गुल्मी (हाल: बुटवल) |
| ११ | नानुमैया दाहाल | ढुङ्गो र मान्छे | विराटनगर–३, मोरङ |
| १२ | पारस अधिकारी | प्रिय जुन | जाजरकोट (हाल: सुर्खेत) |
| १३ | प्रवीण याम्फु | चिहानको बाटो | इलाम (हाल: काठमाडौँ) |
| १४ | बाबुराम श्रेष्ठ ‘यात्री’ | आमा देश र माटो | मरिण गा.पा.–७, सिन्धुली |
| १५ | भलादमी भोला | यी फरियाहरू कसका हुन् ? | लिखु गा.पा., ओखलढुङ्गा |
| १६ | भोज विवश मगर | माटो बोल्ने मान्छे | गैँडाकोट–३, नवलपरासी पूर्व |
| १७ | मनोजकुमार खड्का ‘मिलन’ | म स्वर्गमा छु | घोडाघोडी न.पा.–२, कैलाली |
| १८ | मेनका चापागाईं | म अब यस्तो कविता लेख्दिन ! | नारायणगढ, चितवन |
| १९ | मोहन खड्का ‘प्यासी’ | पसिनाको रगत र गिद्धहरूको भोज | धनकुटा (हाल: खाडी) |
| २० | राजकुमार श्रेष्ठ | यात्री | धनकुटा (हाल: भक्तपुर) |
| २१ | राजु झल्लु प्रसाद (राजेन्द्र भट्ट) | विसर्जनको विस्मय | ज्वालामुखी–३, धादिङ |
| २२ | रोजिना विश्वकर्मा | ऐनाभित्रको देश र मरुभूमिको सुस्केरा | भोजपुर |
| २३ | ललिता ‘दोषी’ | जीवनका सुन्दर रङ्गहरू | बुद्धनगर, काठमाडौँ |
| २४ | विक्रम रिमाल | हजुरआमाको चस्मा | बेँसीसहर न.पा.–६, लमजुङ |
| २५ | सगुन पोखरेल | ध्वस्त अन्तःकरण | इनरुवा–५, सुनसरी |
| २६ | सम्बन्ध सापकोटा | बिलौना | अनामनगर, काठमाडौँ |
| २७ | सुदेश नेचाली राई | शान्ति खोस्ने प्रतिस्पर्धा | रामधुरा, कालेबुङ |
| २८ | सुन्दर शिरीष | गाउँको गीत | बलेफी गा.पा.–६, सिन्धुपाल्चोक |
| २९ | सुमन घिसिङ | साइरन | मण्डनदेउपुर न.पा.–१, काभ्रे |
| ३० | सुषमा दाहाल | मान्छे हराएको सूचना | फेदाप गा.पा.–३, तेह्रथुम |
👇 आगामी चरणका लागि आवश्यक प्रक्रिया र नियमहरू:
अन्तिम नतिजाका लागि उत्कृष्ट ३० मा छनोट हुनुभएका कविहरूले निम्न प्रक्रियाहरू अनिवार्य रूपमा पूरा गर्नुपर्नेछ:
१. भिडियो प्रेषण: छनोटमा पर्नुभएका कविहरूले आआफ्नो कविता वाचन गरेको भिडियो यही २०८३ जेठ ९ गते साँझ ६:०० बजेभित्र तल उल्लिखित इमेल वा ह्वाट्सएप (WhatsApp) मार्फत अनिवार्य रूपमा उपलब्ध गराउनुपर्नेछ ।
ह्वाट्सएप:
+91 8738093573
२. भिडियोको सुरुवात: भिडियोमा कविता वाचन गर्नुपूर्व कविले आफ्नो नाम, ठेगाना र कविताको शीर्षक उल्लेख गर्दै ‘हाम्रो कथाघर’लाई तेस्रो वार्षिकोत्सवको शुभकामना (छोटकरीमा) अनिवार्य व्यक्त गर्नुपर्नेछ । भिडियोको अन्तिममा कविले Like, Comment, र Share गर्न श्रोतालाई अनुरोध गर्न सक्नुहुनेछ ।
३. प्राविधिक मापदण्ड:
- भिडियो रेकर्ड गर्दा मोबाइललाई तेर्सो (Landscape मोड/YouTube शैली) बनाएर खिच्नुपर्नेछ ।
- भिडियोमा कुनै पनि प्रकारको पृष्ठभूमि सङ्गीत (Background Music) राख्न पाइनेछैन । आवश्यक सङ्गीत संयोजन आयोजकले नै गर्नेछ ।
- भिडियो पर्याप्त उज्यालो भएको र शान्त वातावरणमा रेकर्ड गरिएको हुनुपर्नेछ ।
४. सामाजिक सञ्जाल मूल्याङ्कन प्रक्रिया:
- प्राप्त भिडियोहरू जेठ १० गते हाम्रो कथाघरको आधिकारिक फेसबुक पेजमा अपलोड गरिनेछन् ।
- जेठ १० गते (अपलोड भएको समय)देखि जेठ २५ गते (सोही समय)सम्म प्राप्त दर्शक प्रतिक्रियाका आधारमा १२ पूर्णाङ्कको मूल्याङ्कन गरिनेछ । जसमा Views (३), Like/React (३), Comment (३) र Share (३) अङ्कभार रहनेछ ।
⚠️ विशेष ध्यानाकर्षण: उत्कृष्ट ३० मा पर्नुभएका कविहरूले वाचन गरेको भिडियो तोकिएको समयभित्र पठाउनु अनिवार्य छ । यदि कुनै कविको भिडियो प्राप्त नभएको खण्डमा, मूल्याङ्कनमा उक्त कविता प्रथम स्थानमै रहे तापनि त्यसलाई स्वतः रद्द गरी क्रमानुसार पछिल्लो कवितालाई पुरस्कृत गरिनेछ । यो नियम कडाइका साथ लागू हुनेछ ।
🏆 अन्तिम नतिजा तथा पुरस्कार वितरण:
प्रतियोगिताको अन्तिम नतिजा प्रकाशन तथा पुरस्कार वितरण आगामी असार २ गते ‘हाम्रो कथाघर’को तेस्रो वार्षिकोत्सव समारोहमा गरिनेछ । कार्यक्रमको विस्तृत जानकारी जेठ २५ गतेसम्ममा गराइनेछ ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र उत्कृष्ट २ (सान्त्वना) स्थान हासिल गर्ने कविताहरूलाई तोकिएको नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ । साथै, उत्कृष्ट ३० मा परेका बाँकी २५ जना कविहरूलाई सम्मानपत्रद्वारा सम्मान गरिनेछ ।
थप जानकारी वा कुनै दुविधा भएमा हाम्रो कथाघरको आधिकारिक फेसबुक मेसेन्जरमा सम्पर्क गर्न सक्नुहुनेछ । धन्यवाद !
आयोजक समिति
हाम्रो कथाघर
www.hamrokathaghar.com


