लघुकथा: रुचि
घर आएको रहेछ अनिरुद्र ।
एसएलसीको अन्तिम दिन हाम्रो अटोमा उसले हरियो मसीले पेटबोली लेखेको थियो र रुचिमा रातो मसीले लेखेको थियो— ‘गायन’ ।
पछि अनिरुद्रले घरजम गर्यो भन्ने सुनियो; उसको घरबार बिग्रियो भन्ने सुनियो र अरबतिर लाग्यो भन्ने पनि सुनियो ।
दशकौँपछि भेट्दा मैले सोधेँ, “अनि तेरो गायन ?”
उसले भन्यो, “मादल नछोएको दशकौँ भयो ।”
केही क्षण रोकिएर थप्यो, “रुचि भनेको भरिएको बेलुन लिएर जात्रामा दौडिनुजस्तो रहेछ दाइ; औधी जतन गर्नुपर्ने! सकिएन ।”


