यी भरिएका आँखाबाट
के दिउँ तिमीलाई
के तिमीलाई यस्तो कहिल्यैँ भएको छ?
कसैसँग भेट भयो, उसैसँग प्रेम भयो
कुराकानी भए, उसकै आदत लाग्यो ,
लडाइ भयो , वार्तालाप बन्द भए
आखिरमा धोखा मिल्यो
उसले छाडेर गइ अनि तिमी विच्छिप्त हुन पुग्यौ …!
माथिको पङ्क्ति फेरि एकपल्ट दोहोर्याएर पढ्नु
अनि फर्केर मतिर हेर्नु
हो म त्यहीँ व्याक्ति हूँ,
तिमीले अधकल्चो पारेर छाडेको मान्छे
न मर्न दियो यो समाजले न बाँच्न दिए तिम्रा यादहरुले
मानसिक सन्तुलन गुमाउँदै गएको थाहाँ हुदाँहुदै पनि
तिमीलाई नै सम्झिरहन्छु तर खानै पर्ने औषधी बिर्सिदिन्छु
एक वर्षअघि तिमी नहुँदा पनि खुशी थिएँ म, फेरि
एक वर्षपछि तिमी नहुँदा पनि दुःखी छु म
मेरो जीवनमा तिमी हुनुको महत्व मैले भन्दा ज्यादा कस्ले बुझ्न सक्छ र!
बुझ्न सक्ने त तिमी थियौँ तर खै के सोच्यौ र बुझपचायौ
मैशाब
तिमीलाई के थाहाँ
म मृत्युसँग पनि लडिरहेको कुरा
त्यसैमाथि तिम्रा नमिठा बचन हरूको प्रहार
अनि, साथ छोड्न तम्तयार भएको तिम्रो हृदय
मेरो भरोसा र प्रेमलाई कात्रोमा बेरेर
आफ्नो बिवाहका लागि मण्डप सजाइरहेकी तिमीलाई
म बधाई दिएर फर्कौँ या श्राप..!
मेरो परिस्थिति कमजोर देखेर टाढिएकी तिमीलाई
मैले फेरि आउ भनेर विन्ती विसाउन त चाहन्नँ
पहिले जस्तो रूँदै, तडपिदै मायाको भिख माग्न पनि आउँदिन
तर
यो मनले अँझै पनि तिमीलाई नै बोलाइरहेको छ
यो मन थाक्नु भन्दा पहिले नै तिमी आयौँ भने
कात्रो भित्रबाट म फेरि उठ्ने थिए
र समाजमा निसङ्कोच बाँच्ने थिए
ए मैशाब
मेरा आँसु, मेरा पीडा र छटपटाहट देखेर
खुसी हुने तिमीलाई
भगवान् संग पांउ भन्ने विन्ती विसाउ वा नपाउ भन्ने
मन भन्छ स्वार्थी संग टाढै बस्,
दिमागले तिमीलाई बिर्सनै सकिरहेको छैन्
म कसको कुरा सुनौँ ….!
प्रिया , तिम्रा लागि
सबकुछ तिलाञ्जली दिने बाचा गरेको मान्छेबाट
तिमीले के को अभाव महसुस गर्यौँ?
मायामा कहाँनिर कमी भयो?
मेरो विश्वासमा घात गरेकी तिमीलाई
मैले कुन कुरामा विश्वासघात गरे?
जान्न मन छ मलाई, सत्य बोल्न जान्दछ्यौ भने
अन्तिम पटक भनिदेउ न
तिम्रा लागि,
परिवार समाज साथीभाई सबै छाडेर उड्ने बाचा गरेको मान्छेबाट
तिमीले के चाहान्थ्यौ..! मेरो मृत्यु?
मैशाब
तिमीसँग मलाई दिनका लागि केही नहुँदा नहुँदै पनि
तिमीलाई नै प्रेम गरिरहेको म, तिम्रो लायक किन भएन?
पैसा खोजेकी थियौँ की प्रेम?
यदि प्रेमको भुक्तभोगी थियौँ भने,
मेरो भन्दा निश्चल प्रेम अन्तै कहा पाउछ्यौ?
सुनाइ देउ न एक पटक, के को घमण्ड फैलियो तिमीमा?
सम्बन्ध बचाउने हजार उपाय हुँदाहुँदै
सम्बन्ध तोड्ने एउटा कुरामा किन अडिग रह्यौ तिमी?
मलाई जान्न मन छ प्रिय,
महा प्रलय जाने त्यस्तो के भएको थियो हाम्रो सम्बन्धबिच?
मेरो प्रेम सँगै मलाई कात्रो मात्र ओढाएर छाडेकी तिमीलाई
मेरो अन्तिम विन्ती
अँझै एक पटक
सासै फुस्कने गरि माथी पुर्याएर धकेलिदेउ न मैशाब
तिमी त सिपालु छ्यौ
मायाका हज्जारौं सपना देखाएर, क्षणभरमै चक्नाचुर पार्न
लौन प्रिय
तिम्रा यादहरूमा म अधकल्चो बाँचिरहेछु, मलाई फेरि
शिखर पुर्याएर , कुनै नामोनिशान नभेटिने गरी
धकेलिदेउ न मैशाब…!
प्रभात न्यौपाने [ स्याङ्जा ]