२०३२ भाद्रमा काभ्रे पनाैतीमा जन्मिएकी तारा के.सी नेपाली साहित्यका विविध विधाहरू कथा, कविता, मुक्तक, नाटक, बालसाहित्य, हाइकु, संस्मरणमा कलम चलाउदै आएकी चर्चित स्रष्टा हुन्।
उनकाे पहिलाे बालकविता “आजकाे सानी बालीका म” शिर्षककाे कविता २०४४ सालमा बालकार्यक्रम रेडियाे नेपालबाट वाचन भएकाे थियाे भने “बिस्कुन” शिर्षककाे कविता २०४९ सालमा जनमत प्रत्रिकाका प्रकाशित भएकाे थियाे। दर्जनाैं कथा , कविताहरू विभिन्न राष्ट्रिय पत्रपत्रिकाहरूमा प्रकाशन भएका छन् भने, कविता र बालसाहित्यका छ ओटा कृतिहरू प्रकाशित छन्।
विभिन्न साहित्यिक संस्थामा आवद्ध के.सी दुइ दर्जन सम्मान र पुरस्कार बाट सम्मानित छिन्। आज हामी तारा के.सीका केहि हाइकुहरू यहाँ प्रस्तुत गरेका छौँ।
१.
भाे नदेखाऊ
इन्द्रेणी त्याे सपना
मध्यरातमा ।।
२.
दिएर मन
सँगाल्न नपाउँदै
के – काे जुलुस ।।
३.
राेक भनेर
राेकिने कहाँ हाे र
घडीकाे सुई ।।
४.
हानेर तिर
मेरै घरकाे बाटाे
नबाेली गयाैं।।
५.
पुलुक्क देखे
झ्याल भित्र की उनी
पर्दा पाे लाग्याे ।।
६.
चरी जुरेली
उडी जाऊ भागेर
ताके गुलेली ।।
७.
मिठाे बाेलेर
बिकाश गर नेता
दिल खाेलेर।।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।