मोह हो कस्तो
माटोमा मिली जाने
खै यो देहको ।।
निराश भाव
नकारात्मक ऊर्जा
सुख अभाव ।।
मन छ स्थिर
सब जिवमा प्रेम
ईश्वर मेल ।।
बोली मधुर
असल छ चरित्र
पुण्य आत्मा त्यो ।।
विचारमा सधैं
छ भोग र विलास
हो त्यो दानव ।।
सोच्नु सधैं नै
भौतिक ईच्छा पुर्ती
व्यर्थ जीवन ।।
– जीवन सोनी
कुमाख गा.पा,२ सल्यान, कर्णाली प्रदेश ।



