ओछ्यानबाट उठ्छु म
आउ तिमी बिहान
मुटु छेड्ने जाडोलाई
पार एकै चिहान
रातभरी सुतौं हामी
दिउँसभरी खेलौं
भोक लाग्छ मलाई
आउ रोटी बेलौं
तिम्रो साथ नपाउँदा
दिन पनि सुत्छ
तिमी हामी सँगै भए
साहस ठूलो हुन्छ
आउ आउ घाम
सँगै खाउ माम
लुटुपुटु गर्छु म
हिउँदको याम ।
प्रतिक्रिया