शरीर सीमानाका सीमा नराखी
तोडौँ सबै,छोडौँ सबै
ए! आत्मा
ए! परमात्मा
आइज हामी एक बनौँ
हामी आफैलाई आफैमा अर्पण गरौँ
आइज ईश्वर सम्भोग गरौँ ।
मन पनि अस्थिर हो
केवल साधन शरीर यो
साधनलाई
आइज साध्य बनाउँ
स्नेहले स्पर्श गर्दै
अनुभूति गर आफैमा
ईश्वर आइज आफैमा
ईश्वर लैजा आफैमा
आइज हामी एक बनौँ
आइज ईश्वर सम्भोग गरौँ ।
आइज, ईश्वर सम्भोग गरौँ
जहाँ आत्मा र शरीर मिलेर
एक अद्धितीय एकत्वमा परिणत होस्।
सांसारिक बन्धनलाई पन्छाएर,
परम तल्लीनतामा हराउँ
यो गहिरो स्पर्शमा
आत्मा र ईश्वरको साक्षात्कार होस्।
तँ र म होइन,
हामीले खोजेको यो क्षणमा
दुई होइन, एउटै बनौँ,
आइज ईश्वर सम्भोग गरौँ ।
तेरो छाला मेरो छाला होस्,
मेरो श्वास तेरो श्वास होस्,
जसरी नदीले सागरलाई भेट्छ,
त्यसरी नै हाम्रो मिलन होस्।
शरीर मात्र होइन,
हाम्रो स्पर्शले आत्मा पनि जागोस्।
न भोगको कुनै आशा छ
सम्भोगमा न लालसा छ
तिमी मेरो आत्मा बन
उडौँ आफ्नै आत्मा सङ्ग
म तेरो श्वासमा बाँचु।
म हावामा झुम्दै नाँचु ।
जहाँ कुनै सीमा छैन
शरीर र आत्माको मिलनले
परमात्माको महसुस गरौँ
आइज ईश्वर सम्भोग गरौँ
आइज, ईश्वर सम्भोग गरौँ
अस्तित्वमा विलीन बनौँ
आइज ईश्वर सम्भोग गरौँ ।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।