Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

हाम्रो कथाघर डट कम दोस्रो वार्षिकोत्सव

असार २, २०८२

कथा : स्वच्छन्द

जेष्ठ २१, २०८२

कविता: म साक्षर उज्यालोको खोज्दै छु

जेष्ठ २०, २०८२

कविता: समय पीडा

जेष्ठ २०, २०८२

स्मार्ट कविता श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » कथा: पश्चाताप

कथा: पश्चाताप

आख्यान - कथा
जीवन सोनीजीवन सोनीकार्तिक १९, २०८१795 Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

“ऐया! दुख्यो मरे नि, हात किन बाँधेको ? प्लिज यस्तो नगर्नुस्, प्लिज मलाई छोडिदिनू ।”
“सिसिसिस्…चुप ! बिलकुल चुप, तँलाई रातभरिको लागि भनेर मैले पैसा दिएर ल्या’को हो, हैन ? त्यसैले आजको रात मैले जे भने त्यहीँ मान्नु पर्छ तैँले, बुझिस् नि ?”

‍बिहान ६ बजे मोबाइलको रिङ बज्छ ।

– हेल्लो (यताबाट)
(उताबाट फोनमा) “ओइ त कहाँ छस् अहिलेसम्म ? आउने बेला भएन तेरो ? यता ग्राहक आको आई छन् छिटो आइज ।”

“आज सक्दिनँ । हिजो राती यहाँ मलाई जबरजस्ती गरियो । उसको २ जना साथीहरू आका थिए । सारै गारो भाको छ ।”

“कस्तो मान्छे रहेछ साला, एक्लैको पैसा दिएर अरूलाई पनि बोलाउने । ल ल ठीक छ, उसो भए दिनभरिलाई आराम गर । तर नाइटमा जानुपर्छ । अनि त्यो दुइटा साथीहरूको पनि पैसा माग्ने बुझिस् ?”

“हुन्छ । मेरो छोरा का छ ?”

“यतै बाहिर खेल्दै होला । तेरो छोराले नि दिमाग खराब गराउँछ । कां गै भनेर ।”

“हस् । एक्छिनमा आउँछु ।” (फोन कट्यो)

(बेडबाट आवाज आयो) “ओइ के गन्थन गर्दै छस् ? के भो हामी यहाँ सुतेको देखिनस् ?”

“अब जानी समय नि भयो । पैसा दिनु न ।”

“एकछिन बस न ।”

“जान्छु अब । कोठामा मेरो छोराले मलाई खोज्दै होला ।”

“छोरा रे ! ए तेरो छोरा नि छ ।”

(साइडबाट अर्को साथी)
“ओइ तँलाई उसको छोरा–छोरी जे भए पनि के मतलब । पैसा निकालेर दे न ।”

“ल तेरो पैसा । रातभरि आनन्द भयो । फेरि बोलाउँदा आइज है ।”

“हस् । म गएँ अब ।”

====

मेरो नाम निशा हो । एस कथाकी पात्र अहिलेसम्म यहाँहरूले अन्दाज लगाउनु भयो । म को हुँ भनेर ।
…..हो तपाईंले ठिक चिन्नु भयो म एउटा वेश्या नै हुँ । आफ्नो शरीर बेचेर गुजारा चलाउँदै छु । अनि एउटा सन्तान पनि हुर्काउँदै छु । यो काम मेरो दैनिकी हो । तर आजका मान्छेहरूले सारै पीडा दिए । तीन जना थिए । रातभरि नसामा धुत भएर बलात्कार गरे । सारै गारो भयो । कहिलेकाहीँ यस्तै भेटिन्छन् । के गर्नु नचाहेर पनि सहनु पर्छ ।

तर म एउटा वेश्या मात्र हैन । वेश्या हुनु अघि म पनि कसैको छोरी थिएँ । कसैको स्वास्नी बनेँ । कसैको बुहारी बनेँ । र एक सन्तानको आमा पनि बनेँ । धेरै माया गर्ने श्रीमान् हुनुहुन्थ्यो । परिवार पनि राम्रै नै थियो ।

तर जिन्दगीले नसोचेको मोड लियो । सुन्दर बगैंचामा फुलेको फूललाई हिलोमा पुर्‍याइदियो । यसमा दोष न त मेरो श्रीमानको थियो । न त घर परिवारको । दोष केही हाम्रो समाजको थियो त बाँकी मेरो थियो । समाजकै कुराको लहैलहैमा आएर, समाजको कुरा सुनेर, आफ्नो परिवार र जीवनसाथीको विश्वास नगर्दा, म त्यो स्वर्ग जस्तो घरबाट यो वेश्यालयसम्म पुगेँ ।

आज सुनाउँछु म तपाईँहरूलाई मेरो जीवन कथा । जसले मलाई स्वर्ग जस्तो घरदेखि यो वेश्यालयसम्म पुर्‍यायो ।

कुरा आजभन्दा करिब छ वर्ष पहिलेको हो । गाउँको हाई स्कूलमा ११ कक्षामा पढ्दै थिएँ । त्यो बेला मेरो श्रीमान् पनि म सँगै ११ कक्षामा पढ्नु हुन्थ्यो । उहाँको नाम निशान । हामी ९ कक्षामा हुँदा नै एकअर्कालाई मन पराउँथ्यौं । १० कक्षा पढ्दा उहाँले मलाई प्रपोज गर्नुभएको थियो । हामी एक अर्कालाई धेरै माया गर्थ्यौं । ११ पढ्दै गर्दा घरमा मेरो बिहेको कुरा चल्न थाल्यो ।

तर घरमा निशान र मेरो बारेमा थाहा थिएन । र आफन्तहरू मेरो लागि केटा चुन्दै हुनुहुन्थ्यो । दिनहरू बित्न थाले । ११ को परीक्षा पनि सकियो । अब भने मेरो बिहे जसरी पनि गरिदिने भन्दै घरमा कुरा चल्यो । मैले त्यो कुरा निशानलाई सुनाएँ । केही दिनमा निशान मेरो हात माग्न आए । तर घरमा कुरो मिलेन

निशान र मेरो सम्बन्ध एकदमै गाढा थियो । मेरो घरबाट कुरा नमिलेपछि हामीले भागेर बिहे गर्ने निर्णय लियौं । र केही दिनमा हामीले भागेर मन्दिर गएर बिहे पनि गर्यौं । अनि म निशानकी श्रीमती बनेँ । निशानको परिवारले मलाई बुहारी स्विकार्नु भयो । बुबा आमा केही दिन रिसाउनु भयो तर पछि मान्नु भयो ।

दिनहरू हाँसी खुसी चल्दै थिए । बिहे गरेको पनि वर्ष दिन हुन पुगेछ । मेरो गर्भमा हाम्रो सन्तान हुर्कंदै थियो । एक दिन बेलुका घर दैलो मै यता उता गर्दै थिएँ । निशान बाहिरबाट आउनु भयो । र पिँढी छेउमा बस्दै मलाई भन्नु भयो, “निशा एक छिन यता आऊ त !”

“हजुर ! भन्नु न” भन्दै म निशानको छेउमै गएर बसेँ ।

“निशा ! म त अब विदेश जाने सोच बनाउँदै छु । यता बसेर खास्सै केही उपाय लागेन ।”

“विदेश ? हैन तपाईं विदेश जाँदा मेरो के हुन्छ ? म एक्लै यहाँ कसरी बस्नु ? फेरि अब दुई–तीन महिनामा म आमा बन्दै छु, यस्तो अवस्थामा मलाई छोडेर जानु हुन्छ ? केही अफ्ठेरो पर्‍यो भने के गर्नु मैले ? प्लिज बरु यतै नजिकै केही काम गर्नुस् तर विदेश जाने कुरा नगर्नुस्” भावुक हुँदै भनेँ ।

“हैन तिमी किन आत्तिएको ? म अहिले नै जान लागेको हैन नि । तयारी गर्दै गरुँला । हाम्रो सन्तान यो दुनियाँमा आएपछि मात्रै जाउँला नि । हुन्न ?”

प्रश्न तेर्स्याएँ, “नगए हुँदैन ?”

“खुसीसाथ जान लागेको म पनि काँ हो र । अब पहिले देखिनै काकु बाबुले दुःख मजदुरी गर्दै गुजारा चलाउनु भयो । जग्गा–जमिन धेरै छैन । भएको जग्गामा पनि पहिले जस्तो उब्जाउ छैन । सानो तिनै भए नि केही जागिर गरम् भन्यो पढाइ पनि पूरा भको छैन । भए पनि जागिर पाउने हैन ।”

“म के भनु तपाईंलाई खै…समय हाम्रो हातमा छ । यो कुरा पछि गरुँला । अहिले नै किन चिन्ता लिनू !”

“हैन निशा ! अहिले चिन्ता नगरे कहिले गर्ने ? हाम्रो सन्तान पनि आउँदै छ । उसलाई पढाउनु–बढाउनु छ । म चाहन्न कि मेरा छोरा छोरीले मैले जस्तै दुःख गर्नु परोस् । यसमा तिमीले मलाई साथ दिनु पर्छ ।”

“हस्, हुन्छ तर अहिले साँझ भयो । हजुर गाई बाख्रालाई घाँस पात गरेर आउनू । आमाबुबा मेलाबाट आइपुग्ने बेला भयो । म खाना पकाउँछु ।”

“ल हुन्छ” भन्दै निशान गाई वस्तुलाई घाँसपात गर्न जानु भो । म घरको काममा लागेँ ।

त्यसरी नै दिनहरू जाँदै थिए । निशानको विदेश जाने कुराले मन दुखेको थियो । तर हाम्रो गाउँमा प्रायः सबैले जवान हुनासाथ धन कमाउन मुगलान जाने गरेको सानैदेखि देख्दै आको भएर जसोतसो मनलाई सम्हाल्दै थिएँ ।

त्यस दिनको करिब साढे तीन महिना जति बितेको हुँदो हो, छोरा जन्मियो । छोरा जन्मिएको केही दिन मै निशानको पनि भिसा लाग्यो । भिसा मलेसियाको थियो । निशान विदेश जाने क्रममा बुबाले यताउता सरसापट गरेर, ऋण कारेर पैसा तयार पार्नुभयो । त्यो दिन पनि आयो जुन दिनको लागि म तयार थिइनँ । निशान विदेश जानुभयो ।

निशान विदेश गएपछि केही दिनमै काममा लाग्नु भएछ । फोन गरेर खबर गर्नु भयो । निशानले हरेक महिना पैसा पठाउनु हुन्थ्यो । साहुको ऋणहरू सबै तिरियो । यसरी नै २ वर्षसम्म सबै राम्रै चल्दै थियो ।

एकदिन निशानले फोनमा भन्नु भयो, “आज भोलि कम्पनीमा मान्छे धेरै हालेको छ । सेलरी नि घटाउने कुरा हुँदै छ । त्यसैले म अरू केही कामहरू पनि सिक्ने कोसिस गर्दै छु । यो अर्काको चाकरी मात्रै कति गर्नु र, यसरी गुलामी मात्रै गरेर पुग्दैन, त्यसैले अब पहिले जस्तोमा फोनमा बोल्न पाउँदिन फ्री समयमा काम सिक्छु । नरिसाऊ है निशा ।”

“काम के हो ?” भनेर सोधेँ ।

“भारी काम हैन । तिमीलाई थाह छ नि म स्कुलमा हुँदा कति टेलेन्ट थिएँ ? हो त्यही कुराहरूलाई निखार्नु पर्यो अनि बिस्तारै हाम्रो राम्रा दिनहरू आउने छन् ।”

के हो कस्तो हो बुझिनँ । र पनि भनेँ, “ठिकै छ तपाईंलाई जे राम्रो लाग्छ गर्नुहोस् । तर घरमा श्रीमती र छोरा छ भन्ने कुरा न बिर्सनु नि ?”

“मैले तिमीहरू कै सुखको लागि भनेको हो । म चाहन्न, मेरी निशाले सधैँ भारी, मेलापात, कुटोकोदालो गरोस् मलाई हाम्रा दिन फेर्नु छ । प्लिज तिमी मलाई साथ देऊ ।”

“हुन्छ । अब तपाईंले राम्रो नै सोच्नु भ’को होला । म के भनम र !”

त्यसपछि हाम्रो फोनकल पातलिँदै गयो । निशानले पैसा पठाउन पनि कम गर्नुभयो । उताबाट पैसा नआउँदा घर परिवारमा पनि बदलाव आउन थाल्यो । निशानलाई फोन गर्दा यस्तो गर्नु, त्यस्तो गर्नु भनी के के भाषण दिनु हुन्थ्यो जुन मैले बुझ्न सक्दैन थिएँ । समाजले सारै कुरा काट्न थालिसकेका थिए । निशानले मुस्किलले खर्च चल्नी पैसा मात्रै पठाउनु हुन्थ्यो । मलाई बुझ्नै गारो भइरहेको थियो । गाउँ समाजले बिचरीको दर्जा दिन थालेका थिए । उतै कोही केटीसँग भुल्यो, अब आउँदैन होला । आए पनि तँलाई छोड्छ । गाउँलेहरू, आफन्तहरू सधैँ यस्तै नचाहिँदा कुरा काट्ने गर्थे । निशानलाई भन्दा त्यस्तो केही हैन म केही राम्रो काम गर्दै छु, तिमी विश्वास गर अरूको कुरा नसुन भनेर भन्नुहुन्थ्यो । के काम हो भनी सोध्दा तिमी बुझ्दिनौ, मात्र एक चोटि काम सफल हुन देऊ । अनि सधैँभरि हामी खुसी हुनेछौँ भन्नुहुन्थ्यो ।

====

लगभग तीन वर्ष भन्दा बढी नै बितिसकेको थियो । निशानको व्यवहार त्यस्तै थियो । अब त मलाई विश्वास लाग्न छोडिसकेको थियो । दोधारमा थिएँ । के गरम् कसो गरम् भाकी थिएँ । गाउँ घरमा सबैले बिचरीलाई बिचल्ली पारेर छोड्यो भन्दै कुरा गर्ने गर्थे । तँ पनि कोही दुःख पाएको र तेरो छोरा पाल्दिने खोज भन्न थाले ।

४ वर्ष बितिसक्दा पनि निशानले केही समय पर्ख भन्दै टार्न थाल्नुभयो । फर्केर आउनु भन्दा पनि मान्नु भएन आखिर गाउँलेहरूको कुरामा विश्वास लाग्न थाल्यो । अब म पनि केटा मान्छेको फोन नम्बर खोजी खोजी फोनमा बोल्न थालेँ । फोनमा बोल्दै बोल्दै दुई तीन जनासँग भेटेँ पनि ।

बिस्तारै बिस्तारै त्यहीँ लहैलहैमा फस्दै गएँ । उनीहरूकै बाइकमा घुम्न जाने केही खर्च पैसा पनि दिने र शरीरको प्यास पनि मेट्न पाउने भइयो । तर मलाई भने कोही त्यस्तो चाहिएको थियो जसले मेरो छोरासहित मेरो जिम्मा लेओस् । तर भेटेको थिइनँ ।

एक दिन हाम्रो गाउँदेखि अलि पारीको गाउँमा पढाउने मास्टरसँग परिचय भयो । अन्दाजी त्यस्तै ३२–३३ वर्ष को फोन नम्बर साटियो । फोनमा कुरा हुन थाल्यो । उसको घर पोखरा भन्यो । बिहे गरेको । विदेश हुँदा स्वास्नीले छाडेर गएको भन्यो । म झसङ्ग भएँ मेरो श्रीमान् पनि त विदेशमा छ । म किन श्रीमान् खोज्दै छु ?

फेरि सोच्न थालेँ निशानलाई फोन गर्दा उहीँ पुरानै कुरा केही समय पर्ख मेरो काम बन्नै लाग्यो भन्नुहुन्थ्यो । पैसा पठाउनु भन्दा यस्तो भयो उस्तो भयो अलि पछि पठाउँछु यताउता सरसापट गरेर चलाउ भन्नुहुन्यो ।

म त्यो मास्टरसँग दिनदिनै बोल्न थालेँ । भेट्न थालेँ । उसले राम्रै कुरा गर्थ्यो । ४ महिना जति कुर तिम्रो श्रीमान् आएन भने म बिहे गर्छु छोरा समेत भन्यो । स्वास्नीले धोका दिएकी हो भनेर सुनाउँथ्यो । म उसैसँग हराउँदै गएँ । कति महिना बित्यो निशान आउनुभएन ।

अब मैले मास्टरसँगै भाग्ने निर्णय गरेँ । हामीले दुई–चार दिन योजना बनायौँ । मास्टरले राजीनामा दियो । र हामी भाग्यौं छोरालाई लिएर ।

दोस्रो दिन हामी पोखरा पुग्यौं । पोखरामा कोठा रहेछ आमाबुवा स्याङ्जा गाउँमा बस्नुहुन्छ भन्यो । केही दिन त राम्रै बित्यो ।

एकदिन को कुरा हो, उसको साथी आएको थियो । उनीहरू किचेन मै बसेर रक्सी खाँदै थिए । म बेडमा थिएँ लगभग रातिको ११ बजेको हुँदो हो । म निदाएर बिउँझिएछु । मेरो कानमा केही आवाज गुन्जियो । माल त राम्रै हो तर यो बोनस चैँ किन ल्याएको ? ल सम्हाल त यो बोनसलाई म उद्घाटन गर्न जान्छु । यो आवाज त्यो मास्टरको साथीको थियो । मैले केही बुझिन यताउता हेरेँ छोरा थिएन ।

मास्टरको साथी बेडको छेउमै आएर आफ्नो कपडा खोल्न थाल्यो । म कराएँ, “के गरेको ? हेर्नु न तपाईंको साथी त …” मेरो शब्द रोकियो नजर किचेनको ढोकातिर पुग्यो । ढोकामा मास्टर मेरो छोराको घाँटीमा चाकु राखेर उभिएको थियो ।

र उस्ले नै बोल्यो, “ओइ चुप लाग् । हल्ला गरिस् भने तेरो छोरालाई सिद्ध्याइदिन्छु । बुझिस् तँलाई यहीँ कामको लागि ल्याएको । जबसम्म ग्राहकलाई खुस गरेर पैसा कमाएर दिन्छस् तेरो छोरा सुरक्षित छ । नत्र …”

अब म के नै गर्न सक्थेँ । रुँदै तिनै पापीहरूलाई सुम्पिदिएँ आफूलाई र त्यहीँ दिनदेखि वेश्या बनेँ । अघि बिहान मलाई फोन गर्ने पनि त्यही मास्टर थियो । जसको लहैलहैमा मैले मेरो श्रीमानलाई छोडेर आएकी थिएँ ।

निशानले मलाई साँच्चिकै धोका दिनु भएको थिएन । उहाँ हाम्रो उज्ज्वल भविष्यको लागि सङ्घर्ष गर्दै हुनुहुन्थ्यो । मैले नै उहाँको विश्वास गरिनँ र आज यो अवस्थामा आइपुगेँ ।

गाउँकी मिल्ने साथीलाई फोन गरेर निशानको बारेमा बुझेकी थिएँ । म भागेको ६ महिनापछि निशान घर आउनु भएछ । धेरै राम्रो काम सिकेर आउनु भएको छ रे ! पैसा पनि धेरै कमाउनु हुन्छ रे ! घर आएपछि हामी आमा छोरालाई धेरै खोज्नु भएछ । धेरै पछुतो नि गर्नु भयो रे । मेरै गल्ती हो सपना पूरा गर्दा सुन्दर घर भत्काए भन्दै मेरो नाममा माफी माग्नु भयो रे !

तर माफी माग्नु पर्ने त मैले हो । आफ्नो श्रीमानको विश्वास नगरी अरूको कुरामा परेर आफूसँगै छोराको पनि जिन्दगी बर्बाद पारेँ । अरूको भरमा आफ्नै श्रीमानको विश्वास तोडेँ । निशानजी ! मलाई माफ गरिदिनुस् । मैले जुन पाप गरेँ अहिले त्यसको सजाए भोग्दै छु । यसमा मलाई कुनै गुनासो छैन ।

यसरी मजस्तै कोही दिदी बहिनीबाट यस्तो पाप नहोस् । म भन्दिन आफ्नो श्रीमानलाई आँखा चिम्लेर विश्वास गर्नुस् । तर तपाईंको श्रीमानले तपाईंको र सन्तानको भविष्यको लागि सोच्दै छ भने अलिकति केही अवश्य सोच्नु होस्, विश्वास गर्नुहोस् । नत्र म जस्तै पश्चात्तापमा नरकमय जीवन बिताउनु पर्ने छ ।

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

कथा जीवन सोनी

यो पनि पढ्नुहोस्...

कथा : स्वच्छन्द

कथा: प्रेमको घोषणापत्र

कथा: निर्मलाहरू

लघुकथा: प्रतिप्रश्न

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

छोटा कथा: गणतन्त्रको उपहार

raj shrestha book
♈ दैनिक राशिफल ♎

विशेष

कथा: निर्मलाहरू

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

कथा: पश्चाताप

कथा: सपना

भर्खरै

हाम्रो कथाघर डट कम दोस्रो वार्षिकोत्सव

असार २, २०८२

कथा : स्वच्छन्द

जेष्ठ २१, २०८२

कविता: म साक्षर उज्यालोको खोज्दै छु

जेष्ठ २०, २०८२

कविता: समय पीडा

जेष्ठ २०, २०८२

स्मार्ट कविता श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.