– प्रेमका कविता लेख्ने…
“भाले कवि”…?
– गरिबी,बेथिति,दरिद्रता,,कवितामा डकार्ने..
“खाते कवि”….?
देश,,राजनिती,लाजनिती,,बिकृत समाजनिती
जस्ता नितिका विरुद्ध लेख्छौ…क्या र
त्यसो भए,,सम्मानका
महामुर्ख,,मन्दबुद्धि,,”मासाले कवि”…..।
भाले,,खाते,,साले,,मासाले
यस्ता,,तमाम उपाधिको धारण गर्ने
तिमी सडकछापे,,हात्तिछापे,,गैडाछापे,,
इस्टकोटमा पार्टीको
छापको पट्टा भिरेको
के तिमी कुकुरछापे वा,,झोले,,
वा,,झोलाछापे कवि….??
तिमी कवि…..के कवि….?
आंशु कवि कि….. आलु कवि??
महा कवि कि……फटाहा कवि??
आदि,,मध्य,,अन्त्य
असत्य,,झुट,,सत्य के कवि ??
थोक बजारमा
कागतिको मूल्य बढेको छ
तर,,,याद गर्नु,,
चोक बजारमा
तिम्रो मुल्य मात्र
झल्ला,चल्ला,निठल्ला
वा,,
अन्य कमसल चिज जत्तिको हो ।
तिमी,,
“चारजना” बिच “चार” किताब छपाएको कवि..?
वा,,
“चौध” ठाउमा चिच्याएर कविता सुनाएको कवि..?
वा,,
तीन जनाले सुर्ति माडेको तालमा
ताली बजाएर,,भनेको कवि..?
कि,,
कविको सर्टिफिकेट सहित बनेको कवि ?
कि,, उफ्रेको भरमा कवि ??
कि डुक्रेको भरमा कवि ??
कता कवि “कुन “कवि
मात्र उपहासको पात्र
छि!! कार्टुन कवि..।
तिमी आउँछौँ,,कविता सुनाउँछौँ
वा चिच्याउँछौँ,वा चिढाउँछौँ,,
बिम्बमा अल्छी
प्रतिकमा निद्रा राखेर
कविताले निद्रामा मस्त सुताउँछौँ ।
अनि,,,नाक फुलाउँछौँ
म कवि,,
यत्रो,,,कवि
म कवि,,उत्रो,,कवि
तर,,,
– तिमी के को कवि,,,भुत्रो कवि….।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।