काठमाडौं ।
नेपाल स्रष्टा समाजको आयोजनामा शनिबार कथाकार जीवराज भट्टराईको कथासङ्ग्रह “अभिशप्त कुइनेटाहरु” लोकार्पित भयो ।
कृतिलाई वरिष्ठ साहित्यकार एवं साहित्यिक पत्रकारद्धय नगेन्द्रराज शर्मा, रोचक घिमिरे, श्रष्टा समाजका अध्यक्ष वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’, प्रा.डा.महेशकुमार आचार्य, वरिष्ठ साहित्यकार पवन आलोक, प्रा.डा.गोविन्दप्रसाद पौडेल, डा.दिनबन्धु शर्मा, कृतिकार जीवराज भट्टराई लगायतले लोकार्पण गरे ।
वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले अघिल्लो कृति पढेको आधारमा कथाहरु उत्कृष्ट भएको अनुमान गर्न कठिन नहुने बताए ।
वरिष्ठ साहित्यकार रोचक घिमिरेले पठनीय कृतिको निम्ति कथाकारलाई बधाई दिंदै साहित्यका क्षेत्रमा देखिएका विकृतिहरु चिर्नुपर्ने औंल्याए ।
समालोचक डा.शान्तिमाया गिरी र प्रा.डा.गोविन्दप्रसाद पौडेलले कथासङ्ग्रहमाथि टिप्पणी गरे ।
स्रष्टा समाजका अध्यक्ष तथा वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले कृति प्रकाशनको अवसर दिएकोमा भट्टराईलाई धन्यवाद दिंदै नयाँ कृतिको लागि बधाई ज्ञापन गरे । उनले साहित्यिक क्षेत्रमा देखिएका विकृति विसंगति विरुद्ध सबै लाग्नुपर्ने खाँचो औल्याए ।
स्रष्टा जीवराज भट्टराईको कृति सफलताको निम्ति प्रा.डा.महेशकुमार आचार्य तथा डा.दीनबन्धु शर्माले शुभकामना मन्तब्य राखे ।
कार्यक्रमको स्वागत समाजका सचिव प्रकाश घायल तथा सञ्चालन उपाध्यक्ष डा.सदानन्द कडेलले गरेका थिए ।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।