रातको अन्धकारमा दीपकले सुनसान बाटोमा कुनै रहस्यमय आवाज सुने। उनले साथीले यस ठाउँमा आत्माहरूको वास छ भनेको सम्झे । दीपकले साहस जुटाए । आवाजको स्रोत पत्ता लगाउन अगाडि बढे ।
आत्माको कथा सुनाउने साथीले धुन भनेर बाटामै थुपारेको कपडा देखेर दीपक एक्लै हाँसे । अघि बढ्न खोज्दा आवाज आउन थाल्यो । दीपकको मनमा डरले दाह्रा झन गहिरो गरी गाड्न थाल्यो । अघि बढ्दा आवाज अझ स्पष्ट हुँदै गयो।
अघि बढिसकेका दीपक पछाडि फर्के । रमरम अँध्यारोमा कुनै आकृति देखियो। दीपकको मुटु झन् छियाछिया भयो । उनले मोबाइलको बत्ती बालेर हेरे । हावाको कारणले हल्लिएर आवाज निकालिरहेको त्यो आकृति त त्यही लुगाको ठूलो थुप्रो मात्रै पो रहेछ ।
बेलका-२, सिद्धार्थटोल, उदयपुर।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।