रातको अन्धकारमा दीपकले सुनसान बाटोमा कुनै रहस्यमय आवाज सुने। उनले साथीले यस ठाउँमा आत्माहरूको वास छ भनेको सम्झे । दीपकले साहस जुटाए । आवाजको स्रोत पत्ता लगाउन अगाडि बढे ।
आत्माको कथा सुनाउने साथीले धुन भनेर बाटामै थुपारेको कपडा देखेर दीपक एक्लै हाँसे । अघि बढ्न खोज्दा आवाज आउन थाल्यो । दीपकको मनमा डरले दाह्रा झन गहिरो गरी गाड्न थाल्यो । अघि बढ्दा आवाज अझ स्पष्ट हुँदै गयो।
अघि बढिसकेका दीपक पछाडि फर्के । रमरम अँध्यारोमा कुनै आकृति देखियो। दीपकको मुटु झन् छियाछिया भयो । उनले मोबाइलको बत्ती बालेर हेरे । हावाको कारणले हल्लिएर आवाज निकालिरहेको त्यो आकृति त त्यही लुगाको ठूलो थुप्रो मात्रै पो रहेछ ।
बेलका-२, सिद्धार्थटोल, उदयपुर।


