कर्तव्य र जिम्मेवारीले थिचेपछि
खुलेर हाँस्न पनि बिर्सिएछु
सबै रमाउँदा रमाइदिने
सबै नाच्दा नाचीदिने
खै कस्तो पात्र भएछु ?
साथीसँगीमाझ हरवखत हुँने म
सदा रमाइलो गर्न मन पराउँने म
जिन्दगी यस्तै हो भनि सोच्ने म
बल्ल बुझ्दैछु , सोचे जस्तो नहुँदो रहेछ ।
कन्यादान दिनुभयो बाबा गोत्र सारियो
सिउदोमा सिन्दुर परेपछि थर फेरियो
घरमा सबै मेरो हो भनि धाक जमाउँने म
आज त्यसैलाई माइतीभन्दा लरबराए
यसो पछाडि फर्किएर हेर्दा त आफैं बिरानो भएछु ।
सम्झिएर हेर्दा ती दिन अचेल
आफैंले आफैंलाई चिमोट्न मन लाग्छ
केवल मानसपटलमा मात्र कैद छन् ती यादहरु
अहिलो जिम्मेवारीको भारी बोक्ने पात्र भएछु ।
सासुको लागि संस्कारी बुहारी बने
श्रीमानको लागि आदर्शवान नारी
सम्बन्धको भुमरीभित्र जेलिएर
आफैं गुमनाम भएछु ।
सबैको चित्त बुझाउदा – बुझाउदै
म यति गहिराइमा पुगेछु कि
खुलेर हाँस्न पनि बिर्सिएछु ।
आफ्नो लागि त समय नै छैन
म त केवल इसारामा चल्ने पात्र भएछु ।
निर्धक्क डटेर हिड्ने गर्थे
मनमा लागेका कुरा सहजै बोल्थे
यसो पछाडि फर्किएर हेर्दा
नसोचिकन बोल्ने बानी हराएछु ।
स्वतन्त्रता सबैलाई प्यारो हुने
सबैलाई सम्मान चाहिने
सम्बन्धमा खरा उत्रँदा- उत्रँदै
सबैलाई पूर्णता दिँदा- दिँदै
म त आफै अल्पविराम भएछु ।
सन्तानका लागि ममतामयी माता
घरको लागि मजबुत खम्बा
कुटुम्बको लागि मान गर्ने पात्र
सम्बन्धको जालोमा घेरिएर
म त सहनशीलता कि पात्र भएछु
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।