गीतको बोल: मलाई पनि बताऊ
एउटा कहानी मलाई पनि बताऊ
तिम्रो जिन्दगानी मलाई पनि बताऊ
धेरै दुःख-पीरको कुरा गर्छ्यौ रे तिमी
आफ्नै तकदिरको कुरा गर्छ्यौ रे तिमी
आँसुको लगानी मलाई पनि बताऊ
तिम्रो जिन्दगानी मलाई पनि बताऊ
जिन्दगी त उत्सव हो दुःखी किन हुने
रुनै परे जिन्दगीमा एक्लै किन रुने
टुहुरो जवानी मलाई पनि बताऊ
तिम्रो जिन्दगानी मलाई पनि बताऊ
गीतकार:
– ईश्वर थोकर

गीतको बोल: खोजी ल्याऊँ खुशीहरु
आऊ हिडौं धेरै पर
शहर भन्दा धेरै पर
सपनीमा भेटिएका
नयाँ नयाँ ठाउँमा
नयाँ नयाँ गाउँमा ।
आऊ हिडौं धेरै पर
शहर भन्दा धेरै पर ….
सपनीमा सुनिएका
जाऊँ सुनौं नयाँ कुरा
खोजी ल्याऊँ मीठा कुरा
नयाँ नयाँ गाउँका
मीठा मीठा सबै कुरा ।
आऊ हिडौं धेरै पर
शहर भन्दा धेरै …
आऊ हिडौं नयाँ ठाँउ
खोजी ल्याउँ खुशीहरु
आऊ हिडौं नयाँ गाउँ
टिपि ल्याऊँ फूलहरु ।
आऊ हिडौं नयाँ गाउँ
टिपि ल्याऊँ फूलहरु
सजाई दिन केशहरु
सुन्दर सुन्दर कमलहरु
आऊ हिडौं धेरै पर
शहर छोडि धेरै पर
खोजी ल्याउँ खुशीहरु
खोजी ल्याऊँ फूलहरु ।।
आऊ हिडौं धेरै पर
शहर भन्दा धेरै पर …
गीतकार:
– विष्णु ढकाल
कन्याम, इलाम

गीतको बोल: याद आयो
याद आयाे तिमी हामी सँगै डुलेकाे
टाढा आए पनि मैले छैन भुलेकाे
खेताला र गाेठालाका कथाहरू सम्झिएर
फाेटाे हेरी बस्छु सानु भावी दिन कल्पिएर
कति मीठाे बाेली तिम्राे माया घुलेकाे
— याद आयाे……….
— टाढा आए………..
विदेशमा मिल्ने साथी नपाएर दु:खी हुन्छु
व्यथा आफ्नाे लुकाएर पिरतीका कथा बुन्छु
सम्झी ल्याउदा चुँदी फाँटमा बाली झुलेकाे
— याद आयाे………
— टाढा आए……..
बाबाआमा छाेराछाेरी हेरी बस्नू राम्राेसित
हृदयमा सजाएर बस्छु म त तिम्रो प्रीत
गल्लीभरि लालुपाते रातै फुलेकाे
— याद आयाे तिमी हामी सँगै डुलेकाे
— टाढा आए पनि मैले छैन भुलेकाे
गीतकार:
– नवराज न्याैपाने ‘माैन’
चुँदी,तनहुँ



