माया पिरती
पबित्र बन्धन हो
खेल नसम्झौँ ।
कसिलो हुन्छ
मनको बन्धनले
सम्बन्ध सधैँ ।
बिना ममता
नाताको डोर प्रिय
चुँडिने डर ।
जीवनभर
तिम्रो साथ पाएमा
सङ्घर्ष गर्छु ।
तिम्रो साथमा
दुःखको आगोमा नि
हाँस्छु सधैँ नै।
हाम्रो प्रित यो
अटल रहनेछ
हिमाल सरी ।
पुष्पको लता
भएरै बरिनेछु
मनै देखि म ।
अधेरी चिरी
निस्कने जुन बनु
त्यो जीवनमा ।
माली बनेर
रक्षा गर्छु जहिल्यै
संकट पर्दा
सुगन्ध छर्ने
पारिजात फूल हौ
मेरो मनको ।
– सीमा कार्की समर्पण
मेलचोक, पर्सा


