आँशु पिउँदै
पाखुराको भरमा
उज्यालो खोज्छन्
दह्रा पाखुरा
कमिसनका कुरा
होटलभित्र
दिमाग भुट्दै
आलिशान महल
खोजेका कुरा
फटाहा झुण्ड
आश्वासन बाँडेर
कुर्सी आसन
जातीय राज्य
नेताका हतियार
जनता भिड्दै
राज्यको नीति
तर्कको कारोबार
कमाउ यार
मताधिकार
भाइभाइको युद्व
प्रजातन्त्रमा
अध्यारो भित्र
उदायो लोकतन्त्र
बिहानी खोज्दै
लोकतन्त्रमा
हस् हजुर भनेर
मोलेका हात
ढल्यो हुकुम
जनताको बलले
सहिद बन्दै
– रामसुन्दर देउजा
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।