फेरिएको छ सहर
नयनहरू नियाल्छन् सहरको सौन्दर्य
यो सहरको उपमा ‘धर्तीको स्वर्ग’
नयनका तृष्णाहरू
सौन्दर्यमा डुबेर कहाँ तृप्त हुन्थे र ?
जति सुन्दर भेटिन्छन् तृष्णाको इनार अझ गहिरो
बढ्दै जाँदा तृप्तिको अभिलाषा
“हेल्लो जाने हो.. ?” वाक्यको मधुर ध्वनि
सुरम्य स्वरलहरी गुञ्जिन्छन्
श्रव्य इन्द्रियको कुनाकन्दरा
नयनका पर्दामा चपक्क टाँसिन्छन्
स्वर्गकी परी/अप्सरा !
मन पग्लिन्छ सम्मोहकले
उष्णतामा हिउँचुलीको पग्लिँदो बरफ जस्तो
अनायास सम्हालिन्छ
अधैर्यपनको ब्रेक अनि स्टेरिङ्ग
क्षोभ छ अन्तर्हृदयभरि
कलियुगकी छद्मी अप्सराहरू प्रति
परीहरूले स्वर्ग मै लैजान्छन् भन्ने पनि छैन
अप्सराले चोबलिदिन सक्छे नर्कको अग्नि कुण्डमा।
– जिबी मगर
निस्दी गाउँपालिका- ६ अर्चले,पाल्पा
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।