“जिम्दार साब ! म तपाईॅंहरूकै बालीघरेकी छोरी हूँ । छोड्नुहोस् न ।” पुतलीले जिम्दारसित आफ्नो अस्मिताको भिख मागी ।
“हॅं ! पानी पो नचल्न्या त ।” जिम्दारको पागलपन बोल्यो ।
हरेक शनिवार जिम्दार सिकार खेल्न जङ्गल जान्थ्यो । त्यो दिन पुतलीको साथीहरू भने बालबाल जिम्दारको हातबाट उम्किन सके । सिधा प्रहरी चौकी जान पनि दिमागले अह्राएछ । केही डोका र हॅंसियाहरू रोइरहेका थिए ।
प्रहरी टोलीको साथमा वडाध्यक्ष समेत घट्नास्थल तुरुन्त पुग्यो ।
“छोरो ! यो के गर्याको ? म तेरो बाउ हैन र !” हातमा हत्कडी लागेपछि जिम्दारको बोली थियो यो ।
“अहिले साइनो गन्ने बेला हैन । कानुनी राज्यमा सबै समान ।” वडाध्यक्ष कड्कियो ।
– म्यामराज राई
हतुवागढी- ६, होम्ताङ्, भोजपुर ( हाल – जापान )
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।