सिध्याइ सके
भ्रष्टहरूले कठै
नेपाल देश
आँखामा आँसु
मनभित्र पीडा छ
कस्ले सुन्छ र ?
प्रियाको माया
जुनिभरको साथ
अमुल्य धन
जीवन मेरो
अधुरो अपुरो छ
उराठ लाग्छ
त्यो तिम्रो हाँसो
कति छ धेरै प्यारो
मन प्रफुल्ल
दिक्क लाग्दैछ
नेताको भाषण नि
कार्य छ शुन्य
हारेको छैन
जीवनको खेलमा
जित्नेछु मैले
जिन्दगी मेरो
जिउनु छ आफैंले
नछेक बाटो
कर्णाली मेरो
प्रकृतिको खानी हो
घुम्न आउनु
भाषाको जन्म
भएको भूमि हो यो
जुम्लाको सिञ्जा
विभेद गर्छौं
अहिलेसम्म पनि
भन्दैनौं मान्छे
विक्रम तिरुवा सलिन
जुम्ला


