पाेखरी जस्तै-
पुरिँदै गयाे प्रेम,
थाेत्रियाे याद !
बसन्ती पात-
देख्दा चैँ मनाेरम,
शिशिर पछि !
बुद्ध झैँ शान्त-
ध्यानमग्न छ सारस्-
माछाे बार्दैन !
बन्दैन गान्धी-
रगतमा पाैडन,
आहुति माग्छ ।
सेताे कमल-
हिलाे मैलाे मै फुल्छ,
सभ्य बनेर !!!
जुवाडी नेता-
चुनावी खेल खेल्छ,
हार्न मान्दैन ।
यमनदेव उत्प्रेरक
हेटाैँडा, मकवानपुर


