Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

निबन्धात्मक लेख: साउन र हरियो रङ | हाम्रो कथाघर

साउन १२, २०८२

साउन विशेष कथा: हरियो व्यवहार | हाम्रो कथाघर

साउन १२, २०८२

साउन १२, २०८२

साउन १२, २०८२

साउन १२, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » कविता: बैनी र रजस्वला

कविता: बैनी र रजस्वला

काव्य - गद्य कविता
प्रभात न्यौपानेप्रभात न्यौपानेपुस ५, २०८१76 Views
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"transform":1,"remove":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

पहिलोपटक
रजस्वला भएपछि
निकै छटपटाइरहेकी मेरी बैनीलाई
मैले नै तातोपानी तताएर दिएको छु
उसले लगाएको सुरुवाल रगताम्य भएपछि
उसकै खानामा ग‌एर
अन्तर्वस्त्र र जामा ल्याइदिएको हुँ मैले
मेरी आमाले कपडाको टालो दिँदै गर्दा
पसल ग‌एर प्याड किनेर
लगिदिएको थिए।

पहिलोपटक पाखा लाग्दा
दाजुभाइसँग देखिन हुँदैन भनेर
बाले छाउगोठ पठाएका थिए बैनीलाई
उसको छटपटी देखेर अतालिएको म
मेरी बैनी घरमै बस्छे भनेर
विद्रोह गर्न त सकिन बासँग
तर
रुषडांडे कान्छाको घर
पढ्न जाने बहाना बनाउँदै
सात दिनसम्म दुई कोष पर
अनकन्टार ठाउँमा रहेको छाउगोठमा
मैले पनि रात बिताए बैनीसँगै।

दाइ हुँ सानै थिएँ, लाज लाग्थ्यो
ब्राह्मण समुदायमा निवीत लगाइसकेपछि
रजस्वला भएकी युवतीलाई छुनु हुँदैन भन्थे
तर
बैनीको त्यो पीडा सहन सकिन म
अत्यधिक पीडा भएर छटपटाइरहेकी
मेरी बैनीको छाती मालिस गरिदिएको छु
रगताम्य भएका उसका फरिया र सुरुवाल
ब्रेसियर र अन्तर्वस्त्र मैले धोइदिएको छु।

बैनीको बिस्तरामा लागेको
रगतको टाटो पखाल्दै गर्दा
त्यहीँ छाउगोठको बाटो हुँदै
मकैमा पानी लगाएर फर्किंदै गरेकी
पल्लाघरे जैसीनी आमैले निकै हपार्थीन
संगै आएका सुवेदी बाले त
यसको मतीभ्रष्ट भयो गाउँबाटै
लखेट्नु भन्दै मतिचौरका मुखियालाई
खबर पनि पठाएका थिए ।

जैसीनी आमैले हपारेको
छ महिना पछि
आफ्नै छोरी पर सर्दा
छाउगोठ छाडेर फर्किएकी
जैसीनी आमैकी राइली छोरी
अर्को विहान मृत अवस्थामा भेटिएकी थिइन्
ग्वादि प्रहरी चौकीको अनुसन्धानले
सामुहिक बलत्कारका कारण
मृत्यु भएको उर्दी गाउँभरि फैलाएको थियो ।

अचेल
म उनको घर जाँदा
हरेक पटक रुन्छिन् र भन्छिन्
ए माइला! मैले तलाई
फक्कैमा गाली गरेछु त्यतिबेला
खुब मन दुखाइस होला है!
मेरी जमुनाको हत्यारा मै हुँ
मैले उसलाई एक्लै नछाडेको भ‌ए
उसलाई केही हुँदैन थियो
छोरा मैले प्राथना गरेको छु
तँ जस्तो दाइ
सबै बैनीले पाउन ।

म
आज पनि मेरी बैनीको
रजस्वला हुँदा
उसकै छेउमा हुन्छु
उसले आमालाई भन्दा पहिले मलाई सुनाउछे
उसको दुखाइ कम गर्न निम्स ल्याइदिएको छु
आज पनि उसको लागि प्याड किनेर फर्कदै छु।

– प्रभात न्यौपाने
कपिलवस्तु

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

कविता प्रभात न्यौपाने

यो पनि पढ्नुहोस्...

कविता: एक्लै रोइरहन्छ शोक! | हाम्रो कथाघर

छन्द कविता: चिता | कुमार दाहाल ‘कुसुम’ | हाम्रो कथाघर

कृष्ण कमलको मौलिक डोटेली भाषाको गजल | हाम्रो कथाघर

कविता : सद्गुणी मनहरू | हाम्रो कथाघर

कविता : धर्मको पुनर्जन्म | हाम्रो कथाघर

कविता : मानव-मिथ्या | हाम्रो कथाघर

Advertisement
♈ दैनिक राशिफल ♎

विशेष

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला – ११ | हाम्रो कथाघर

कथा: कम्युनिस्टहरू छद्मभेषी बनेपछि | हाम्रो कथाघर

कथा: मुक्कुमलुङ | हाम्रो कथाघर

पाक्षिक लघुकथा अभियान – अंक: १०

भर्खरै

निबन्धात्मक लेख: साउन र हरियो रङ | हाम्रो कथाघर

साउन १२, २०८२

साउन विशेष कथा: हरियो व्यवहार | हाम्रो कथाघर

साउन १२, २०८२

साउन १२, २०८२

साउन १२, २०८२

साउन १२, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.