Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

पुस्तक समीक्षा : “उपद्रष्टा हर्कमान तामाङका पाना पल्टाउँदै जाँदा”

असार १४, २०८२

प्रेम

असार १४, २०८२

छर्रा

असार १४, २०८२

हुरी

असार १४, २०८२

निर्बन्ध प्रेम!

असार १४, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » पुस्तक परिचयात्मक समीक्षा: लघुकथासङ्ग्रह ‘नमस्ते’

पुस्तक परिचयात्मक समीक्षा: लघुकथासङ्ग्रह ‘नमस्ते’

पुस्तकिय
डा. शंकरप्रसाद गैरेडा. शंकरप्रसाद गैरेपुस २४, २०८१66 Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

कृतिकार: भूमिका गैरे तिमिल्सिना
कृति: नमस्ते
विधा: लघुकथा
समीक्षक: डा. शंकरप्रसाद गैरे

‘नमस्ते’ लघुकथा सङ्ग्रह भूमिका गैरे तिमिल्सिनाद्वारा लेखिएको हो । यसको प्रकाशन नमस्ते आधुनिक लघुकथा मञ्चले २०८१ वैशाखमा गरेको हो ।

पेसाले शिक्षक गैरेले स्नातकोत्तर तहसम्मको अध्ययन गरेकी छन् । उनी शिक्षणका साथै समाजसेवा र साहित्य साधनामा समेत सक्रिय छन् ।

२०८० सालबाट लघुकथा लेखनमा लागेकी गैरेले छ महिनाको छोटो अवधिमा पाँच दर्जन लघुकथा लेखेर आफ्नो प्रतिभाको परिचय दिएकी छन् । लघुकथा लेखनको अध्ययन तथा अभ्यासमा सक्रियतापूर्वक लागेकी गैरेको लेखन निरन्तर परिष्कृत हुँदै गएको प्रतीत हुन्छ ।

गैरेको ‘नमस्ते’ लघुकथा सङ्ग्रह सैँतिसवटा लघुकथाहरू समाविष्ट छन् । सानासाना लघुकथाहरूमा विषयगत विविधता देखिन्छ । यिनका लघुकथाले घर परिवार, छरछिमेक, समाज, संगीसाथी, शिक्षा, विद्यार्थी, शिक्षक, अभिभावक, दाजुभाइ बीचको सम्बन्ध लगायतका विषयको उठान गरेको देखिन्छ ।

बालमनोविज्ञान, कुरीति, कुसंस्कार, सौतेलो सन्तानको समस्या, भूकम्प, कोरोनाजस्ता दैवीप्रकोप, सामाजिक सेवामा प्राप्त हुने सम्मान प्रतिष्ठा यिनका लघुकथामा उठाइएका विषय हुन् ।

स्वार्थी श्रीमानले श्रीमतीमाथि गर्ने छल र वैदेशिक रोजगारीमा गएका व्यक्तिका श्रीमतीको तडकभडक जस्ता विषयलाई अत्यन्त जीवन्त रूपमा यसमा प्रस्तुत गरिएको छ ।

मित्रका मित्र प्रतिका इमानदारी र दायित्व तथा मित्रता माथि गर्ने धोका आफन्तले गर्ने अपमानको पीडा, छोराछोरीमाथि हुने भेदभाव, क्षमताबिनाको जिम्मेवारीले गर्दा हुने समस्या, भावुकतामा गरिएको निर्णयले गर्दा हुने पछुतो गैरेका लघुकथाका विषय हुन् ।

पदीय रवाफ, भनसुन गर्ने प्रवृत्ति र योग्यताको अवमूल्यन, यथार्थ लेख्ने पत्रकारमाथि हुने दुर्व्यवहार, नेताहरूका चुनावी भाषण, कर्म र भाग्यमाथिको दृष्टिकोण, शिक्षकको दायित्व, मेडिकल क्षेत्रमा देखिएको लापरबाही, दाइजो प्रथाको बिरोध भूमिका गैरेका लघुकथाको महत्त्वपूर्ण कथ्य हो ।

व्यङ्ग्य पक्ष कम र सरल रैखिक कथ्यपद्धतिलाई अवलम्बन गरिएका ‘नमस्ते’ लघुकथाका आधारमा गैरे सम्भावना बोकेकी लघुकथाकार हुन्, जो निरन्तर साधनारत छन् भन्ने देखिन्छ ।

उनीबाट भोलिका दिनमा अझ शक्तिशाली लघुकथाको अपेक्षा गर्न सकिन्छ ।
jimmewari lekhak

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

डा. शंकरप्रसाद गैरे पुस्तक समीक्षा

यो पनि पढ्नुहोस्...

पुस्तक समीक्षा : “उपद्रष्टा हर्कमान तामाङका पाना पल्टाउँदै जाँदा”

‘घुरको धुवाँ’ कृति : पठनानुभूति – हरिश कल्पित

फिर्दोसको साँचो : नवीन स्वादको पठनीय कथाकृति – सीता अधिकारी थापा

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

‶गरुराहाʺ उपन्यासमा एक दृष्टि – देवेन्द्र मिश्र

पुण्य कार्कीको ‘अरस्तुको अन्धविश्वास’ निबन्धको शल्यक्रिया

raj shrestha book
♈ दैनिक राशिफल ♎

विशेष

कथा : स्वच्छन्द

कथा: निर्मलाहरू

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

कथा: पश्चाताप

भर्खरै

पुस्तक समीक्षा : “उपद्रष्टा हर्कमान तामाङका पाना पल्टाउँदै जाँदा”

असार १४, २०८२

प्रेम

असार १४, २०८२

छर्रा

असार १४, २०८२

हुरी

असार १४, २०८२

निर्बन्ध प्रेम!

असार १४, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.