Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

गजल श्रृङ्खला – १४

बैशाख २६, २०८२

मुक्तक श्रृङ्खला – ३४

बैशाख २६, २०८२

पीडा

बैशाख २३, २०८२

पहिचान

बैशाख २३, २०८२

मेरो संसार

बैशाख २३, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » समीक्षा: नेपाल, पशुपति र शिवलिङ्ग चिनाउने ज्ञान सुचक

समीक्षा: नेपाल, पशुपति र शिवलिङ्ग चिनाउने ज्ञान सुचक

पुस्तक चर्चा - समीक्षा
युवराज शर्मायुवराज शर्मामाघ २३, २०८१578 Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

मनास्लुसँग मन, पृथ्वीनारायणसँग जीवन, स्वामी प्रपन्नाचार्यसँग ज्ञान लिएर सम्भता र संस्कृति जगाउने अभियानमा लागेका संस्कृतिविद्ध अनुसन्धानकर्ता र ज्योतिषका ज्ञाता हुन हरिप्रसाद सोडारी।
सोडारीले यसभन्दा पहिला अनेकौँ दृष्टिमा राष्ट्रनिर्माता लगायत २१ पुस्तक सम्पादन र आफ्नै लेखनमा के ईश्वर छ, साधनाको अनन्त यात्रा स्वामी प्रपन्नाचार्य, धर्मभित्रको विज्ञमा पुस्तक प्रकाशन गरेका छन्। पछिल्लो पटक शिवलिङ्गभित्रको विज्ञान मार्फत शिव, नेपाल र पशुपती को बारेमा गहन अध्ययन र खोजमुलक सामाग्रीका साथ तयार गरिएको पुस्तक पाठकलाई पेश गरेका छन्।
नेपाल के हो बाट पुस्तक शुरू भई नेपाल आर्यावर्त भूमि हो भन्नेमा समापन भएको छ। विश्वविद्यालयमा वर्षौ समय र ठूलो रकम सकिदा पनि प्राप्त नहुने ज्ञान दिन पुस्तक र लेखक सफल भएका छन्।
हाम्रो पूर्वीय समाजमा शिवलाई कथामा, महादेवलाई पुराणमा, देवीलाई तन्त्रमा सीमित गर्ने होइन युग अनुसार अध्ययन गरि जिवनसँग जोड्नु पर्छ भन्ने लेखकले पुस्तक तयार गर्दा निकै मेहनत गरेको पाइन्छ।
नेपालको गौरवमय इतिहास र नेपाल किन देवभूमि हो भन्ने पनि पुस्तकमा यथेष्ट प्रमाण छ। साथै प्राकृतिक भूस्वर्गको व्यापक विवेचना छ।
मानिसको उत्पत्तिको बारे र मनुले तपस्या गरेको मनास्लु हिमाल, मनुस्मृतिबारे वैज्ञानिक खोज छ। नेपाली हावापानी र माटो ज्ञान, ध्यान र सत्कर्मको लागि भन्ने यथेष्ट वैदिक प्रमाण छ।
इतिहासदेखि वर्तमानसम्म नेपालमा को किन आए र यहाँ आउनेहरू सबै सम्मानित भए भन्ने प्रमाण लिच्छविदेखि खप्तड स्वामी सम्मको चर्चाबाट प्रष्ट पारेका छन्।
नेपालमा सतीको सराप र सतीको दार्शनिक व्याख्या ऐतिहासिक तथ्य र सतीले कसरी पुर्याउछ मसानघाट भन्ने बारेमा पुस्तकमा समेटिएको छ। भीम मल्ल र भुवनलक्ष्मी प्रसङ्ग ऐतिहासिक तथ्यको आधारमा व्याख्या छ।
मूर्ति निर्माणको इतिहास मूर्तिमा भएको हाम्रो पुर्खाको कला, प्रकृतिको छटा, ईश्वरको स्वरुप र विज्ञानका बारेमा पुस्तकमा छ। मन्दिर र मूर्ति कसरी हेर्ने मन्दिर बाहिरको कलालाई कसरी बुझ्ने पुस्तकले पढाएको छ।
मूर्तिका सूचना र राष्ट्रिय राजनैतीक घटनाको बारेमा नेपाल संवत ७८७ मा मच्छिन्द्रनाथको आँसुदेखि वि.सं. २०७७ पौष ५ गते भीमेश्वर, पलाञ्चोक र उग्रचणडीमा पसिना आएको तथ्य र सो समयका घटीत राष्ट्रिय घटनाहरू पनि सिलसिलेवर छ।
मन्त्र के हो, मन्त्रको संगालो वेद र नियमबद्ध रुपमा मन्त्र उच्चारण गर्दा हुने लाभको सामाजिक मान्यताका आधारमा विश्लेषण गरिएको छ।
पशुपतिनाथ मन्दिरको बारेमा उत्पत्ति, कसका देवता, किन पाशुपत धाम होइन र पशुपतिका पाँच मुख बारेमा व्यापक तथ्थगत ऐतिहासिक प्रमाण सहितको व्याख्या छ। केदारनाथको शिर पशुपति कसरी हो? पशुपति क्षेत्र किन जाने? कसरी दर्शन गर्ने व्याख्या र प्रमाण छ।
गाँजाको औषधीय गुण र खरानी विज्ञानको चर्चा छ। रुद्राक्ष महादेव नीलकण्ठको व्यवहारिक सम्बन्ध बारेमा जान्न सकिन्छ।
ब्रह्माले पहिलोपटक देखेको जेष्ठ र श्रेष्ठ मूर्ति शिवलिङ्ग के हो, कसको अङ्ग हो, कहिले उत्पत्ति भयो, किन पूज्ने, चन्दनको महत्व, शिवलिङ्गमा के हुन्छ, शिवलिङ्ग बनाउने पहिलो मूर्तिकार विश्वकर्मा, शिवालय कसरी घुम्ने, शिवलिङ्गका प्रकार, के बाट बनाउने, शिवलिङ्ग कसरी बनाउने, कहिले बनाउने, कहाँ राख्ने कसरी राख्ने, शिवलिङ्गमा बेलपत्र किन चढाउने आदिको वैदिक प्रमाण छ।

शिवालय कस्तो हुनुपर्छ, शिवालय कहाँ बनाउने प्रमाणका लागि नारायणहिटी राजदरबार बाहिर किन नारायण मन्दिर बनाएको प्रमाण पेश गरेका छन्। ऐतिहासिक धार्मिक महानुभावहरूले स्थापना गरेको शिवलिङ्गको चर्चा छ। दर्शन गर्न र पूज्न योग्य शिवलिङ्ग कसरी पहिचान गर्ने ज्ञान पनि छ। व्यापक रुपमा वैज्ञानिक सम्भावनाका सबै कोणबाट शिवलिङ्गको अध्ययन गरिएको पुस्तकमा पाइन्छ।
शिवरात्रि, मोहरात्रि, कालरात्रि सुखरात्रिको प्रमाणिक व्याख्या छ। पुस्तकमा गाँजा खाएर धर्मको मर्म बिगार्नेलेलाई प्रश्न पनि छ। गाँजा र जीवन विज्ञानको बोघ गराएको छ।
बालाचतुर्दशी शतबिज छर्ने चतुर्दशीको महत्व मर्म पितृ सन्तुष्ट र मुक्तको शास्त्रीय व्याख्या छ।
सतीदेवी र नेपालमा रहेका ६४ शिवलिङ्गको जानकारी छ। पाशुपतक्षेत्रका ७ शिवलिङ्ग साथै शिव र महादेवको विविध आयमबाट व्याख्या छ।
मसानघाटलाई विश्वकै ठूलो विश्वविद्यालय र जीवन बोध गराउने महत्वपूर्ण स्थलको दार्शनिक पौराणिक आध्यात्मिक व्याख्या छ। आर्यघाट नभए वाग्मतीको स्पर्श भूमिमा जल्न चाहानुको आध्यात्मिक रहस्य। नेपाल आर्यावर्त हो भन्ने ऋग्वेदिय प्रमाण साथमा रामायण र महाभारतका आर्याका परिभाषा समेटिएको छ।

बसोबासको हिसावले असी प्रतिसत भन्दा बढी हिन्दू रहेको नेपाल के कति प्रमाणले शैव क्षेत्र हो। साथै पशुपतिनाथ मन्दिर आध्यात्मिक धार्मिक मन वचनले दर्शन गर्नु पूर्व अध्ययन गर्नुपर्ने पुस्तक यो हो भन्दा फरक नपर्ला। पुस्तकमा पेश गरिएका तथ्थलाई प्रमाणित गर्न धार्मिक ग्रन्थहरुको यथेष्ट आधार लिईएको छ। सरल लयात्मक र बोधगम्य वाक्य गठन छ। पुस्तकमा देशका महत्वपूर्ण शक्तिपीठमा रहेका शिवलिङ्गको चित्रले पुस्तक पठ्न र शिवलिङ्गको दर्शन गर्न नयाँ उत्सुकताको वातावरण बनाएको भान हुन्छ।
यस पुस्तकले नेपाल पशुपति र शिवलिङ्गको बारेमा जान्न बुझ्न चाहानेहरूका लागि ज्ञानको पोको हो। जसले पुस्तकको अंकित ६५५ मूल्य सस्तो नै भएको भान हुन्छ।
पुस्तक पढ्दै जाँदा नेपाल किन धर्मको मूल र आध्यात्मको केन्द्र हो थाहा हुन्छ। पुस्तकभित्र ज्ञानको भण्डार, रहस्यको पोको, विगतको समृद्धि वर्तमानको बेथिति प्रष्ट छ भने भविष्यप्रति निकै आशावादी हुने शिव तत्वले जगाएको उर्जा सबै पाठकले मनन् गर्न सक्छन्।

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

पुस्तक समीक्षा युवराज शर्मा

यो पनि पढ्नुहोस्...

पुण्य कार्कीको ‘अरस्तुको अन्धविश्वास’ निबन्धको शल्यक्रिया

प्रेम, आस्था र आदर्शकाे प्रतिबिम्ब: ग्याब्रियले

अक्षरा -२ का अक्षरहरूलाई केलाउॅंदा – म्यामराज राई

‘किशोर’की ‘किशोरी’; डोल्पो सुन्दरी – गिरि राज पोख्रेल

समीक्षा: तीर्थयात्रामा भेटिएका कथाकार कल्पितको ‘ग्याब्रियले’ भित्र डुबुल्की मार्दा

समालोचना: डा. शशीको कथा ‘उठ तिलोत्तमा’को अन्तर्य

raj shrestha book
♈ दैनिक राशिफल ♎

विशेष

कथा: सपना

कथा: पश्चात्ताप

पाक्षिक लघुकथा अभियान – अंक ०७

कथा: स्वास्नी

भर्खरै

गजल श्रृङ्खला – १४

बैशाख २६, २०८२

मुक्तक श्रृङ्खला – ३४

बैशाख २६, २०८२

पीडा

बैशाख २३, २०८२

पहिचान

बैशाख २३, २०८२

मेरो संसार

बैशाख २३, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.