सगरका टिलपिलाएका
ताराहरुले पनि अक्षर कोर्दा होलान्
अक्षर अक्षर जोडेर शब्द भर्दा होलान्
शब्द शब्द गाँसेर
भावनाका माला उन्दा होलान्
ती ताराहरुका अक्षर कस्ता होलान्?
शब्दहरु कस्ता होलान्?
तिनीहरुका भावना कसले बुझिदेलान्
ताराहरुका पनि आफ्नै व्यथा होलान्
तर पनि ताराहरुले धरातल भुलेका छैनन्
विरासत त्यागेका छैनन्
अन्धकारमा ज्योति बनेर मुस्कुराउन छाडेका छैनन्
के मान्छे पनि
ताराहरुजस्तै हुन सक्तैनन्?
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।