कहिले कपाल लुछिन्छ
कहिले नीलडाम हुन्छन् गालाहरू
कहिले खोसिन्छ खाँदै गरेको गाँस
कहिले खानु पर्छ पेट भर्नकै लागि
सबैले छोडेको जुठो सोरेर
सबै सबै भोग्न परिरहेछ यहाँ नारीले
सँसारकै सबै बकबास
नारीबाटै नारीहरूले
कहीँ भोगिरहेछन् चरम उत्पीड़न
पोखिँदैछन् गुनासाहरू
नारीबाट नारीकै विरुद्ध
सुनाउँदैछिन् आमा छोरासँग
सुनाउँदैछिन् श्रीमती श्रीमानसँग
उम्लिरहेछन् नारी नारीकै विरुद्धमा
कोही बुहारीको भेषमा
कोही सासुको भेषमा
नारी बाटै लुटिन्छन् नारीहरू
बेचिन्छन् नारीहरू नारीबाटै
नारी भएकै कारण मिल्किन्छन्
कयौँ नारीहरू कुडा दानिमा
एउटा भ्रुणका रुपमा
यी सबै काला कर्तुतहरूलाई
नामेट पार्न सकिनेछ नारीहरूबाटै
जब बन्नेछन् हरेक नारीहरू
केवल नारी
तब रहने छैनन्
पुरातनवादी सासुहरू
र रहने छैनन्
आधुनिकताको बर्को भित्रका बुहारीहरू
कतै गुञ्जिने छैनन्
नारीबाट नारी प्रतिका गुनासाहरू
सबै नारीको अनुहारमा
सधैं उज्यालो घाम पोतिएपछि
मनाइरहनु पर्नेपनि छैन
बर्षमा केवल एक दिन
नारी दिवसको तानाबाना बुनेर
०००
कुमाख गा. पा. सल्यान, कर्णाली प्र.
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।