Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

हाम्रो कथाघर डट कम दोस्रो वार्षिकोत्सव

असार २, २०८२

कथा : स्वच्छन्द

जेष्ठ २१, २०८२

कविता: म साक्षर उज्यालोको खोज्दै छु

जेष्ठ २०, २०८२

कविता: समय पीडा

जेष्ठ २०, २०८२

स्मार्ट कविता श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » साहित्य समाज र मानवताको पक्षमा हुनुपर्छ – तेजनारायण शेर्पा ‘रञ्जन’

साहित्य समाज र मानवताको पक्षमा हुनुपर्छ – तेजनारायण शेर्पा ‘रञ्जन’

वार्ता
नन्दलाल आचार्यनन्दलाल आचार्यफाल्गुन २८, २०८१236 Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

(हाम्रो कथाघरका लागि नन्दलाल आचार्यले गरेको वार्ता)

हाल तपाईं के लेख्दै हुनुहुन्छ?

  • म विभिन्न साहित्य विधाहरूमा कलम चलाउँदै छु। गीत, गजल, कविता, कथा, निबन्ध र यात्रा संस्मरण लेख्ने मेरो रुचि हो। जडिबुटी अनुसन्धान र औषधि निर्माणमा समय खर्च गर्छु। यसबाट समाजको स्वास्थ्य र कल्याणलाई जोड दिन्छु। यसै क्रममा, जनहितका लागि तन्त्र, मन्त्र र जडिबुटी औषधिको प्रयोगबाट सेवा प्रदान गर्दै आएको छु। हाल छयोलिङ गुम्बाको निर्माण कार्यमा पनि सक्रिय छु। चित्रकला र मूर्तिकलामा मेरो रुचि भएकाले यी सिर्जनात्मक कार्यहरूलाई समेत समय दिन्छु। साहित्य भने मेरो रात्रीकालीन साथी हो, जसलाई म निद्राको समयबाट चोरेर साकार बनाउँछु।

प्रत्येक सिर्जनाकारको साहित्यलाई हेर्ने र परिभाषित गर्ने दृष्टिकोण भिन्न हुन्छ। तपाईंको दृष्टिमा साहित्य के हो?

  • मेरो विचारमा साहित्य सिर्जनाका माध्यमबाट व्यक्तिको अन्तर्मनको भावनात्मक र बौद्धिक अभिव्यक्ति प्रकट हुन्छ। यो केवल शब्दहरूको खेल नभई समाजको ऐना र परिवर्तनको साधन हो। प्रत्येक सिर्जनाकारको दृष्टिकोण अद्वितीय हुन्छ। सिर्जनाकारले आफूले भोगेको यथार्थलाई व्यक्त गरिरहेको हुन्छ। त्यसैले उसलाई सम्मान गर्नुपर्छ। नयाँ लेखकहरूले पुराना साहित्यकारहरूबाट सिक्नुपर्छ र उनीहरूको योगदानलाई मूल्याङ्कन गर्नुपर्छ। साहित्यले मानवताको सेवा र समाजको उत्थान गर्न सक्ने शक्ति बोकेको हुन्छ।

तपाईं कस्तो लेखनलाई उत्कृष्ट ठान्नुहुन्छ? साहित्यकारको दायित्व कस्तो हुनुपर्छ?

  • मेरो नजरमा उत्कृष्ट लेखन भनेको समाजको यथार्थलाई उजागर गर्दै, त्यसलाई सकारात्मक दिशामा लैजान सक्ने क्षमतायुक्त सिर्जना हो। साहित्यकारले शोषित, वञ्चित र पीडितहरूको आवाजलाई प्राथमिकता दिनुपर्छ। महलका भित्ताहरूलाई मात्र होइन, सडकका कोपिला र दुःख भोग्नेहरूका कथालाई उजागर गर्नुपर्छ। साहित्यले धर्म, संस्कृति र जातीय परम्परालाई जोगाउन मात्र नभई समाजका कुरीतिहरूलाई समाप्त गर्ने माध्यम बन्नुपर्छ। साहित्यकारको दायित्व भनेको समाजलाई सत्य र न्यायको मार्ग देखाउनु हो।

हालको साहित्यलाई तपाईं कसरी हेर्नुहुन्छ?

  • हालको साहित्यमा केही प्रभावकारी सिर्जनाहरू देखिन्छन्। यद्यपि, धेरै लेखनहरू समय सापेक्ष र गहिराइमा पुग्न नसकेको महसुस हुन्छ। साहित्यकारहरूले आफ्नो लेखनमा यथार्थपरक दृष्टिकोण, समसामयिक विषयवस्तु र सकारात्मक सन्देशलाई प्राथमिकता दिनुपर्छ। साहित्य केवल मनोरञ्जनको माध्यम बन्नुहुँदैन। यसले समाजलाई विचार र चेतनाको मार्ग दिनुपर्छ।

तपाईंलाई कुन साहित्यकार वा चिन्तकहरूले प्रभावित गरेका छन्?

  • म कुनै एक साहित्यकारबाट मात्र प्रभावित छैन। मेरो लेखनमा जीवनका व्यक्तिगत अनुभव, संघर्ष र भोगाइहरू प्रमुख प्रेरणाको स्रोत हुन्। तथापि, पासाङ गोपर्मा शेर्पा, पारिजात, भूपि शेरचन र लक्ष्मीप्रसाद देवकोटाका सिर्जनाहरूले मलाई गहिरो प्रभाव पारेका छन्। यी साहित्यकारहरूको दृष्टिकोण र लेखनको गहिराइले मलाई साहित्यको वास्तविक अर्थ बुझ्न मद्दत गरेको छ।

तपाईंको साहित्य सिर्जनामा प्रोत्साहन प्राप्त गर्ने तरिका के थियो?

  • मेरो साहित्यिक यात्रा बाल्यकालमै सुरु भयो। विद्यालयका शिक्षकहरूले मेरो लेखनलाई हौसला दिँदै मलाई साहित्यतर्फ प्रेरित गर्नुभयो। पहिलो पटक मेरो कविता प्रकाशित भएपछि मेरो आत्मविश्वास झन् बलियो भयो। शिक्षकहरूको सकारात्मक टिप्पणी र सहपाठीहरूको प्रशंसा नै मेरो लेखन यात्राको आधार बन्यो।

तपाईंको साहित्यिक जीवनको यात्रा कस्तो रहेको छ?

  • मेरो साहित्यिक यात्रा जीवनका संघर्ष र अनुभवसँगै अघि बढेको छ। बाल्यकालदेखि नै कविताहरू लेख्न थालेको म विभिन्न पत्रपत्रिकामा प्रकाशित हुँदै आएँ। हालसम्म ९ वटा पुस्तक प्रकाशित गरिसकेको छु। मेरा लेखनहरू केवल साहित्यमै सीमित छैनन् मैले जडिबुटी र स्वास्थ्यसम्बन्धी विषयमा पनि कलम चलाएको छु। यो यात्रा मेरा व्यक्तिगत र व्यावसायिक अनुभवसँग गहिरो रूपमा जोडिएको छ।

तपाईंको जीवनमा कुनै कठिनाइ वा निराशा भएको छ?

  • जीवनका विभिन्न मोडमा मैले धेरै कठिनाइ र संघर्षको सामना गरे। यद्यपि, यी सबैले मलाई साहित्य लेख्न थप ऊर्जा प्रदान गऱ्यो। मेरो लेखन नै मेरो भावना अभिव्यक्त गर्ने माध्यम बन्न पुग्यो। निराशा हुँदा मैले कलमलाई साथी बनाएँ र सिर्जनाको माध्यमबाट समाधान खोज्ने प्रयास गरें।

भविष्यमा तपाईंको योजना के छ?

  • मेरा केही अप्रकाशित काव्य र साहित्यिक कृतिहरूलाई प्रकाशन गर्ने योजना छ। मेरो इच्छा छ कि मेरा सिर्जनाहरू केवल शब्दहरूमा सीमित नभई समाजका विभिन्न तहमा सकारात्मक प्रभाव पारून्। साथै, साहित्यमा नयाँ प्रयोग गर्दै, जडिबुटी र स्वास्थ्यसम्बन्धी अनुसन्धानलाई पनि समृद्ध बनाउने लक्ष्य छ। आगामी पुस्तालाई प्रेरणा प्रदान गर्ने सशक्त र दीर्घकालीन सिर्जना गर्न चाहन्छु।

साहित्यकार र राजनीतिमा तपाई कस्तो समानता वा असमानताको अनुभव गर्नुहुन्छ?

  • साहित्यकार र राजनीतिज्ञ दुवै समाजका अभिन्न पात्र हुन्। राजनीतिज्ञहरूले समाजको तत्कालीन अवस्था सुधार्न प्रयास गर्छन् भने साहित्यकारहरूले समयभन्दा अगाडि बढेर समाजलाई दिशा दिन्छन्।
  • राजनीति र साहित्य दुवै परिवर्तनका माध्यम हुन्। राजनीतिले तत्कालिन परिणाम दिन्छ, तर साहित्यले गहिरो प्रभाव छोड्छ। राजनीतिमा कहिलेकाहीँ आवेग र भावनाको प्रयोग गरी मानिसलाई प्रभावित गरिन्छ, जुन साहित्यमा पनि हुन्छ। तर, साहित्य राजनीतिभन्दा धेरै स्वतन्त्र, स्वच्छ र सृजनात्मक कार्य हो।
  • साहित्य राजनीतिक प्रभावबाट अलग रहनुपर्छ। अहिले राजनीति साहित्यभन्दा प्रभावशाली देखिन्छ तर साहित्यले समाजको गहिराइलाई उजागर गर्ने काम गर्दछ। यदि नेपाली साहित्यलाई स्वतन्त्र र निष्पक्ष रूपमा विकास गर्ने वातावरण मिलाइयो भने यसले हाम्रो समाजको आधारभूत संरचना र चेतनामा स्थायी परिवर्तन ल्याउन सक्छ।

कृपया तपाईले साहित्यिक सिर्जनामा बिताउनुभएको जीवन यात्राका अनुभवहरू सुनाइदिनुहोस्।

  • मेरो साहित्यिक यात्राको थालनी कठिन संघर्षबाट भएको हो। प्रारम्भिक दिनहरूमा मैले लेखेका कविताहरू उदयपुरको दैनिक पत्रिकाहरूमा प्रकाशित भए। यस्ता पत्रिकाले मेरो लेखनप्रतिको आत्मविश्वास बढाउन मद्दत गरे।
    २०६९ सालमा मेरो रचना गोरखापत्र र कान्तिपुर दैनिकजस्ता राष्ट्रिय पत्रिकामा प्रकाशित हुँदा मैले आफूलाई साहित्यिक रूपले परिचित भएको महसुस गरेँ। मेरो सिर्जनाहरू पाठ्यक्रममा समावेश हुनु अझ ठूलो उपलब्धि थियो।
  • २०७८ सालमा राष्ट्रिय पाठ्यक्रम विकास बोर्डले मेरो कविता “राष्ट्रिय चिन्ह” कक्षा २ को पाठ्यक्रममा समावेश गर्दा मैले मेरो सिर्जनाको वास्तविक मूल्य प्राप्त गरेको महसुस गरेँ।
  • यसले मलाई अझ प्रेरणा दियो। आजसम्म मैले ८–९ वटा पुस्तक तयार गरिसकेको छु। ती सबै पुस्तकहरू प्रकाशनको प्रतीक्षामा छन्।

“लेखक स्वतन्त्र हुनुपर्छ” भन्ने भनाइप्रति तपाईको विचार के छ?

  • लेखक स्वतन्त्र हुनु साहित्यको मर्म हो। लेखकले कुनै व्यक्तिगत स्वार्थ, राजनीतिक प्रभाव वा सामाजिक दबाबमा परेर आफ्नो सिर्जनालाई बन्धक पार्नु हुँदैन। स्वतन्त्रताले मात्र लेखकलाई वास्तविक सत्य उजागर गर्न सघाउँछ। लेखन निष्पक्ष, पारदर्शी, र न्यायोचित हुनु पर्छ। लेखकले कुनै पक्षपात नगरी गरिब, धनी, शत्रु, मित्र, धर्म, जातजस्ता बन्धनबाट मुक्त भएर लेख्न पाउनुपर्छ।
    यदि लेखक स्वतन्त्र हुन सकेन भने सिर्जनाले समाजलाई बदल्ने क्षमता गुमाउँछ। उत्कृष्ट साहित्य स्वतन्त्र लेखनबाट मात्र जन्मिन्छ।

तपाई साहित्यका एक जना चर्चा गर्न लायक लेखक हुनुहुन्छ। राष्ट्रमा साहित्यको गहनता र आवश्यकता व्याख्या गर्दा आफूलाई कसरी प्रस्तुत गर्नुहुन्छ?

  • साहित्य कुनै सामान्य माध्यम होइन। यो समाजको आत्मा हो। साहित्यले मात्र हामीलाई हाम्रो पहिचानको मूल जरा चिनाउन सक्छ। देशमा राजनीतिक परिवर्तनले समाजको बाहिरी स्वरूपलाई बदल्न सक्छ तर साहित्यले मानिसको आन्तरिक चेतनामा परिवर्तन ल्याउन मद्दत गर्दछ।
    आजको समयमा पाश्चात्य प्रभावले हाम्रो मौलिक सांस्कृतिक जरा हल्लिएको छ। साहित्यले नै त्यसलाई जोगाउन सक्छ।
    साहित्य केवल मनोरञ्जनका लागि होइन, यो शिक्षादायी, परिवर्तनकारी र सांस्कृतिक संरक्षणका लागि आवश्यक छ। कलमले मानिसको विचार, संस्कार, र भविष्यलाई बदल्न सक्छ। यसैले साहित्यको महत्त्व असीमित छ।

“नेपाल प्रज्ञा प्रतिष्ठान लेखक–कलाकारहरूको स्वतन्त्र प्रतिष्ठान हुनुपर्थ्यो, तर नेपाल सरकारको कार्यालयजस्तो भयो।” यस भनाइप्रति तपाईको टिप्पणी के छ?

  • यस भनाइले वर्तमान अवस्थामा सत्यको उजागर गर्दछ। नेपाल प्रज्ञा प्रतिष्ठान स्वतन्त्र लेखक र कलाकारहरूको अभिव्यक्तिको मञ्च हुनुपर्छ। तर अहिले यो सरकारी कार्यालय झैँ बनेको छ।
  • यदि प्रज्ञा प्रतिष्ठानलाई स्वतन्त्र रूपमा सञ्चालन गर्न सकियो भने नेपाली साहित्य र कलाले नयाँ उचाइ पाउने थियो।
  • साहित्यकारका सिर्जनाहरूलाई समर्थन गर्ने, नयाँ लेखनलाई प्रोत्साहन दिने र सिर्जनाहरूलाई निःशुल्क रूपमा प्रकाशित गर्ने व्यवस्था प्रज्ञा प्रतिष्ठानले गर्न सक्नुपर्छ। यो संस्थाले लेखक र कलाकारहरूलाई स्वतन्त्रता र सहयोग प्रदान गरे मात्र नेपाली साहित्यको विश्वव्यापी पहिचान सम्भव छ।

जीवनमा ज्यादै कठिनाईको अनुभव गरी लेखकीय जीवनबाट निराश त हुनु भएको छैन?

  • मेरो जीवन संघर्षको कथा हो। कैयौं पटक कठिनाइले मलाई निराश बनाउने प्रयास गऱ्यो। तर, ती कठिनाइ नै मेरो प्रेरणाको स्रोत बन्यो। दुःखका पाटाहरूलाई मैले सिर्जनामा ढालेर आफ्नो लेखनलाई जीवन्त बनाउन सकें। दुःख र संघर्ष सर्जकको ईँट–पत्थर हो। निराशाको साटोमा मैले आशालाई रोजेँ। जति कठिनाइ आए पनि मैले लेख्न छाडिनँ। मेरो सिर्जनाले मलाई जीवनको हरेक मोडमा नयाँ उर्जा दिएको छ।

हाल तपाईको दिनचर्या कस्तो छ? जीवनका समकालीन क्षणहरूबारे जानकारी दिनुहुन्छ?

  • मेरो दिनचर्या साधारण छ। म बिहान योग, ध्यान र जडिबुटी सम्बन्धी कार्यमा समय बिताउँछु। राति मेरो साहित्यिक सिर्जनाको समय हो। मैले २८ वर्ष शिक्षण पेसामा बिताएपछि जडिबुटी अध्ययन र अनुसन्धानमा आफ्नो जीवन अर्पेको छु। अहिले ८१ वर्षको उमेर भए पनि मेरो स्वास्थ्य राम्रो छ। उमेरले शरीरलाई प्रभावित गर्न सक्ला तर मेरो उत्साह र जोश १६ वर्षे युवाजस्तै छ।

भविष्यमा तपाईको योजना के छ?

  • मेरो उमेरले ८१ वर्ष पुगेको भए पनि मैले आफ्नो जीवनलाई अझ धेरै वर्षको योजना बनाएर अगाडि बढाइरहेको छु। मैले हालसम्म ८–९ वटा अप्रकाशित पुस्तक तयार गरेको छु। ती पुस्तकहरू भविष्यमा मेरा सन्ततिहरूले प्रकाशित गर्नेछन्। मैले बाँचुन्जेल साहित्य सिर्जनामा आफ्नो जीवन अर्पण गर्नेछु। मेरो सिर्जना मेरो जीवनपछि पनि समयको गवाही दिनेछ।

शेर्पा भाषा-साहित्यका लागि तपाईले गरेका कार्यहरू बारे बताउनुस्?

  • २०५३ सालदेखि शेर्पा भाषा र संस्कृतिको उत्थानका लागि कार्यरत छु। मैले शेर्पा भाषाको शब्दकोष तयार गरेँ। शेर्पा समुदायका लागि धार्मिक ग्रन्थहरू लेखेर भाषा र संस्कृतिको संरक्षणमा योगदान पुऱ्याएको छु। म २०७० देखि गुम्बा निर्माण कार्यमा संलग्न छु। गुम्बाले धार्मिक शिक्षा, शेर्पा भाषा सिकाइ र संस्कारमा सहयोग पुऱ्याइरहेको छ।

तपाईको कुनै विशेष अम्मल छ?

  • मेरो अम्मल भनेको जडिबुटी हो। यो मेरो जीवनको कर्मसँग जोडिएको छ। जडिबुटीको अध्ययन र अनुसन्धान मेरो दैनिक जीवनको अंश हो।

तपाईको खानपिन र साथीसँगीसँगको सम्बन्ध कस्तो छ?

  • मेरो खानपिन अत्यन्त साधारण छ। बिहानको समय मलाई दूध र कफी मनपर्छ। म शनिबार आत्मज्ञान सत्सङमा समय बिताउँछु। बाँकी समय लेखन र सामाजिक सेवामा बिताउँछु।

अन्तमा पाठकहरूलाई के सन्देश दिन चाहनु हुन्छ?

  • म सम्पूर्ण पाठकलाई धन्यवाद दिन चाहन्छु।
    म चाहन्छु, हाम्रो कथाघरले नयाँ लेखक, पाठक र साहित्यिक व्यक्तित्वहरूलाई प्रोत्साहन दिन निरन्तर काम गरिरहोस्।
    साहित्यले समाजलाई बदल्ने शक्ति राख्छ। पाठकहरूले साहित्यलाई आफ्नो जीवनको अभिन्न अंश बनाएर नयाँ परिवर्तनको बाटो खोलून्।
  • हाम्रो कथाघरले युगौँसम्म चेतनाको प्रकाश फैलाइरहोस्। हार्दिक शुभकामना!!!

–०००–

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

तेजनारायण शेर्पा 'रञ्जन' नन्दलाल आचार्य साहित्यिक वार्ता
raj shrestha book
♈ दैनिक राशिफल ♎

विशेष

कथा: निर्मलाहरू

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

कथा: पश्चाताप

कथा: सपना

भर्खरै

हाम्रो कथाघर डट कम दोस्रो वार्षिकोत्सव

असार २, २०८२

कथा : स्वच्छन्द

जेष्ठ २१, २०८२

कविता: म साक्षर उज्यालोको खोज्दै छु

जेष्ठ २०, २०८२

कविता: समय पीडा

जेष्ठ २०, २०८२

स्मार्ट कविता श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.