• पुस्तक बोल्दछ
– जीवन सोनी
शब्दहरू सुसज्जित छन्
धुलो लागेको खोलभित्र
तर आत्मा भने ताजा छ
हिजोको सम्झनाजस्तै।
म पढ्दछु,
र पढ्दै जाँदा
म आफूभित्र हराउँछु
कहिले कुनै पात्र बन्छु
कहिले लेखककै मनमस्तिष्क।
पुस्तक चुपचाप बोल्दछ
“म सत्य हुँ, कल्पना हुँ
म विद्रोह पनि हुँ,
र हुँ शान्त मनको संगीत पनि।”
एक पाना पल्टाउँछु
र जिन्दगी पल्टिन्छ
अझ बुझ्न सक्नेगरी,
अझ गहिरिएर।
“विश्व पुस्तक दिवसको शुभकामना”


