जननी —
सृष्टिको आदिस्वर।
उनी बिना,
जुनकिरीका उज्याला निभन्छन्,
फूलका सुवास हराउँछन्,
नदीका धाराहरू सुकेर जान्छन्।
जसरी बीज बिना बन उब्जिँदैन,
त्यसैगरी जननी बिना
संसारमा केही पनि जन्मिँदैन।
सगरमाथा जस्तै अडिग,
गङ्गा जस्तै पवित्र,
धरती जस्तै धैर्यशील —
उनै महान् अस्तित्वलाई
हामी ‘आमा’ भन्छौं।
मातातीर्थ औंसीको अवसरमा सम्पूर्ण आमाहरूमा नमन् गर्दै यस विशेष दिनको शुभकामना व्यक्त गर्दछौं।


