Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला: १४

भदौ १४, २०८२

भदौ १३, २०८२

भदौ १३, २०८२

भदौ १३, २०८२

भदौ १३, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Home » Blog » धान सुक्यो राप्ले फकाउँछ काफ्ले जानु कि नजानु – गीत समीक्षा

धान सुक्यो राप्ले फकाउँछ काफ्ले जानु कि नजानु – गीत समीक्षा

गीत समीक्षा
ताराबहादुर बुढाथोकी 'पाख्रिबासे कान्छो'ताराबहादुर बुढाथोकी 'पाख्रिबासे कान्छो'जेष्ठ ११, २०८२490 Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

जब कलामा जीवनको हरियो रङ हुन्छ, ढकमक्क फूल्छ, तब प्रकृति र जीवनले तादात्म्य राख्छन्। कलाले हृदय स्पर्श गर्छ, सुम्सुम्याउँछ। कलामा गलाको जादू र समाजको बिम्ब सम्मिलित भएपछि परानुभूति जीवन्त बन्न पुग्छ। निदाएकालाई ब्युझाउँछ, बसेकालाई उठाउँछ, बिर्सिएकालाई सम्झाउँछ अनि पीडामा आनन्द दिलाउँछ। भोक र प्यास बिर्साउँछ। शिशिर याममा पनि बसन्त फूलाउँछ। एकात्मकतामा जोड्छ र जागरणको आलोक पोख्छ।

गीतमा पनि लोकगीत सभ्यताको जननी हो। मानवको उहापोहलाई व्यक्त गर्ने सशक्त माध्यम हो। मान्छेले आफ्नो भाषामा मनको गहिरो भाव व्यक्त गर्ने क्रममा अनेक गीतहरू गायो, बनायो र सुनायो। गीत गायनको विकासक्रममा कयौँ गीतहरू गाइए। कति गीतहरू कालजयी बने, कति गीतहरू समयको छालसँगै बालुवामा लेखिएका अक्षरजस्तै हराएर गए।

लोकगीतको विकासक्रममा झुमा लिम्बूको आवाजमा भर्खरै एउटा गीत बजारमा आएको छ— “धान सुक्यो राप्ले… फकाउँछ काफ्ले… जानु कि नजानु?” गायिका झुमाको आवाजमा आएको निख्खरता र गीतका शब्द दुवैले न्याय पाएको गीत।

गायिका झुमा लिम्बू गीतको स्थायीमा तीनपटक दोहोरिने यो हरफको श्रेय युवराज काफ्लेलाई दिन्छिन्। पुरुष आवाजमा सुजन चापागाईंले एक अन्तरा गाएका छन्। झुमा लिम्बूको मानसपटलमा काफ्ले थरका युवाहरूसँग ख्याल ठट्टा गरेको बालापनको गहिरो सम्झना छ। गीतको पहिलो स्थायी देख्नासाथ गायिकालाई आफ्नै गीतजस्तो लाग्छ। रचनाकारका शब्द केलाइखेलाई गरेका गायिका स्वयंले अन्तराहरूको एरेन्ज गरिन् र आफ्नै बनाएर गाइन्। अत्यन्तै मिठो सुनिन्छ।

लिम्बू समुदायमा युवतीहरूले युवाहरूलाई जिस्क्याउने र छोरीका बाबुआमाले ज्वाइँ खोज्ने पृथक् चलनका कारण गीतमा “जानु कि नजानु?” भन्ने दोधार छ। उसो त गीतमा द्विविधा त्यो समयमा लिम्बूको छोरीलाई बाहुनको छोराले फकाउँदा रीतभाँत नमिल्ने अर्को जातमा जानु कि नजानु भनेर दोधार भएको पनि हुन सक्छ। घर छाउने पराल र खरसम्म पनि नभएकासँग फकाउँदैमा भागेर जाँदा दुःख पो पाइन्छ कि भनेर दोधार भएको पनि हुन सक्छ।

अझ एक पाइला अगाडि बढेर विश्लेषण गर्दा जाति र पाति छुट्याउने रीतिविरुद्ध विद्रोह गर्न बाहुनले लिम्बूनी फकाएको, लिम्बूनीले पनि कसैले जानू भनिदिए जान्थें भन्ने पाराले परामर्श मागेको देखिन्छ। अन्तर्जातीय विवाहको लागि युवा पुस्ता तयार हुँदै गरेको अवस्था पनि गीतमा मुखरित भएको छ।

नेपाली भाषामा राई–लिम्बू लवज, भाका र लय मिसिँदा गीतमा कोशी प्रदेशको मिश्रित सभ्यता प्रतिध्वनित हुन पुगेको छ। गीतले जस्तापाता र आरसिसी आउनूपूर्व घर छाउने सामग्री पराल, खर र झिंगटीको समय ब्युझाउँछ। “भाग्यमा भए कमाउँछु भन्छ” भन्ने वाक्यांशले कर्म र भाग्य दुवैमा भरोसा राख्ने युवाको चेतना औँल्याउँछ। घर छाउने खर, पराल, झिंगटी केही नभएको गरिबी छ नायकको। सम्पत्ति कमाउँदा पनि चार टिन कमाउने नायकको इच्छा देखिन्छ। यसबाट समयको प्राचीनता, नायकको गरिबी र साहसको चित्रण भएको पाइन्छ। ग्रामीण जनजीवनमा युवाले युवतीलाई फकाउँदा जुन आशाको उज्यालो देखाउँछ, त्यसको आलोक कति मिठो गरी पोखिएको छ गीतको छानोमा।

गीतमा सानो गाई छ, थोरै दूध दिन्छ, खानु कि नखानु को पूर्वप्रसङ्ग दोस्रो हरफमा मागेर लान नसक्ने युवाको पश्चप्रसङ्गको आर्थी समानान्तरता छ। उपमा मात्र होइन, गोठालाहरूको जीवन र तिनका सुख–दुःख अनि सपना कति मिठो गरी मिलेको छ। बाँझो खेतमा हलोले जोतेर बाली लगाउने किसानको रहर पनि त मुखरित भएको छ। हली, गोठाला, खेताला भएर उत्पादन गर्दै गरिबीबाट समृद्धितिरको यात्रा तय गर्ने हाम्रा पुर्खाहरूको जीवन स्वप्न श्रमप्रतिको सम्मान बनेर फूल्छ।

राजधानीका सुविधाबाट बेखबर, टाढा पहाडको गाउँमा जीवनयापन गरिरहेको महान भूमिपुत्र जनजातिको भावना समेटिएकोले प्रस्तुत गीत श्रमिक, किसान, मजदुरको गीत हो। गीतमा प्रयुक्त ‘रीतभाँत’ शब्दले भागी बिहे गर्दा कुटुम्ब पक्षले केटी पक्षका माइती, मामली खुसी पार्ने र वागदत्त लिनेदिने महान संस्कृतिको सम्मानपूर्वक संस्मरण गराएको छ। सँगै रीतभाँतबिना आँखाको चालमा नौडाँडा कटाउने कुराले युवती जानु कि नजानु को दोधारमा परेको प्रष्ट हुन्छ र माइती पक्षको दूधको भारा नतिर्नेसँग माया लगाएर भाग्न सङ्कोच मान्ने स्वाभाविक पक्षलाई गीतले गहिरो गरी स्पर्श गरेको छ। ‘आँखाको चाल’ पदावलीले श्रृङ्गार रसको व्यभिचारी भाव र मायाको रसमय शैली व्यक्त गरेको छ।

केटाको आवाजमा गाइएको अन्तरामा प्रयुक्त ‘भीर र पैरो, खोलाको बाटो’ पदावलीले पुरानो समयको पहाडको जनजीवन, कष्टकर आवागमनको प्रतिनिधित्व गरेको छ। ‘नमान्नु डरैडर’ वाक्यांशले युवाको मनमा भएको वीरतालाई प्रकट गरेको छ। “जीवन चलाउन रुप भएकी केटी र हुप भएको केटा हुनुपर्छ” भन्ने सामाजिक मान्यता अनुरूप नायकको साहस भएको इङ्गित गर्छ।

“नफूल्नु माया, मनभरि फूल्यो” शब्दमा जीवनमा गरिने मायालाई जगतमा फूल्ने फूलसँग उपमा र उपमेय अलङ्कारको संयोजन गरिएको छ। मायाले नै विश्वास र भरोसाको सिर्जना गर्छ भन्ने भावलाई अन्तराको अन्तिम पदावली “यो जुनी तिम्रै भर” भन्ने वाक्यमा पाइन्छ।

अन्तिम हरफमा साथी–सहेलीसँग दोधारमा परेकी नायिकाले सल्लाहको लागि हारगुहार गरेकी छिन्। देखाउने माया र भगाउने माया गरी मायालाई दुई प्रकारमा वर्गीकरण गरिएको छ। वासनात्मक प्रेम र भावनात्मक प्रेममध्ये कुन प्रेम रोज्ने भनी परामर्श मागिएको छ। भगाउने मायाले जीवनका लागि गरिने प्रेम, ‘सत्यम् शिवम् सुन्दरम्’ सहितको प्रेमलाई सङ्केत गरिएको अनुभूति हुन्छ।

गीतका सबै अन्तराहरू र स्थायीहरू १६ अक्षरको एक पाउ र अन्त्यानुप्रासयुक्त दुई पाउको एक श्लोक हुने झ्याउरे छन्दमा छन्। गायनमा यसलाई लिम्बूको पालाम, धाननाच, र राईको चण्डी गरी तीन फरक–फरक लयमा फरक–फरक अन्तरा गाउनु यो गीतको वैशिष्ट्य हो।

गीतका शब्दलाई गायिकाको संस्कृति र मातृभाषाले न्याय गरेको छ। लिम्बू चेली झुमाले पोथी आवाज दिनु र चापागाईं बाहुनले भाले आवाज दिनुले काफ्लेले लिम्बूकी चेली त्यो पनि गायिकालाई फकाएको हो कि जस्तो बनाएको छ। गीतमा प्रयुक्त निपात हा, हाहा, पो आदिले जनजीवनको जैविक स्वाद पस्केको छ। हौ लाई हाउ, झिंगटीलाई झिङगटी, कमाउँछु लाई कमाङ्छु, काफ्ले लाई काफ्लेउ, भन्छ लाई भन्छअ, हलोले शब्दलाई हालोले, जोतेर लाई जोतरेअ, पराल न खर लाई पराल ना खर, चालमा लाई चालमाआँ, नजानु लाई नाजानूउँ जस्ता खण्डेत्तर ध्वनि सहितको प्रस्तुतीले गायनमा जादू थपेको छ।

आवृत्तिमा पहिलोपल्ट नेपाली टोन र दोस्रोपल्ट लिम्बू टोनको प्रयोग गरेर नेपाली भाषालाई पनि न्याय दिएकी छन्। नेपाली टोनमा गाएका गीतहरूमा पनि गायकको पहिलो भाषाको प्रभाव पर्दा गीत घाम, छायाँ, सिसिमे पानी र कुहिरो बोकेको हरियो पहाडझैँ लाग्दछ। गीतमा पाइने उतार–चढाव, उठान–बैठान, सुर, तान, अनुतान र आवश्यक स्थानमा कम्पनले शब्दहरूमा गायिकाको आवाजले पूर्णतः मधुर महक थपेको छ।

“हाउ… फकाइ पो लान्छु भन्छ हौ काफ्ले जानु कि नाजानु……” यस हरफमा तीनपटक निपात दोहोरिँदा र शब्दानुकूल टोन दोहोरिँदा श्रोतालाई सत्चितानन्द परब्रह्मको दर्शन गराउँछ।

झुमा लिम्बूले नगाएको भए यो गीत जीवनजस्तै बन्ने थिएन। गीत सुन्दै जाँदा गीतको मञ्चीय नायिकाको रूपमा गायिका नै गोलो पात्र भए झैँ लाग्दछ। युवराज काफ्लेले लिरिक्सको स्थायी लेखेर प्रारूप कोरेका भए पनि शब्दसँग गायिकाको जीवन छमछम पाउजु बजाएर ननाचेको भए अरू गीतजस्तै यो गीत पनि सामान्य सुनिन्थ्यो। सुजन चापागाईंले आफ्ना अन्तरामा दिएको आवाजमा पनि पर्याप्त शक्ति छ। ‘ऊनको स्वीटर’ जस्तो मौलिक चलचित्रमा नेपालका उत्कृष्ट अभिनय कलाकार विपिन कार्की र मेरिना मगरको अभिनय र पहाडी जीवनको क्यान्भासमा छायांकन हुनुले प्रस्तुत गीत जनमनको माया बटुल्न थप सफल हुनुको कारण गायिकाको शक्तिशाली प्रस्तुती नै हो।

वर्तमानमा जस्तै आगतमा पनि श्रोता र दर्शकहरूको माया पाइरहनेछ। तालवाद्यको रूपमा मादल, स्वरवाद्यको रूपमा मुरली र सुरवाद्यको रूपमा सारङ्गी, अनि मुर्चुङ्गा, भ्याली, च्याब्रुम, विनायोको संयोजन गराउँदै जनजीवनको हार्दिक पहिचानको पक्षसँग गीतलाई जोड्ने सङ्गीतकारप्रति पनि सम्मान गरौं। २५ वर्षको गायन साधनापछि खेम गुरुङले ‘एकादशी बजार’ मा पाएजस्तै उत्कृष्ट उपलब्धि हासिल गरेकोमा झुमा बहिनीलाई बधाई छ।


ताराबहादुर बुढाथोकी ‘पाख्रिबासे कान्छो’
खाँदबारी, कोशी


प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

ऊनको स्वीटर काफ्ले गीत गीत समीक्षा ताराबहादुर बुढाथोकी 'पाख्रिबासे कान्छो'

यो पनि पढ्नुहोस्...

समीक्षा: ‘निर्दोषी’को लघुकथा ‘काँचुली’को परिक्रमा

Advertisement
♈ दैनिक राशिफल ♎

विशेष

उपन्यास: गरुराहा भाग: ०२ | नन्दलाल आचार्य | हाम्रो कथाघर

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला – १३ | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग – अङ्क: १२ | हाम्रो कथाघर

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला – १२

भर्खरै

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला: १४

भदौ १४, २०८२

भदौ १३, २०८२

भदौ १३, २०८२

भदौ १३, २०८२

भदौ १३, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.