Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

कथा : परिवर्तन | टङ्कबहादुर आलेमगर | हाम्रो कथाघर

फाल्गुन ११, २०८२

कथा : हरेमुरारे ! | डा. टीकाराम पोखरेल | हाम्रो कथाघर

फाल्गुन ११, २०८२

कथा: कोहिनुर | हरिश कल्पित | हाम्रो कथाघर

फाल्गुन ११, २०८२

स्मार्ट कविता श्रृङ्खला: ५८ | हाम्रो कथाघर

फाल्गुन १०, २०८२

गजल श्रृङ्खला: ३७ | हाम्रो कथाघर

फाल्गुन १०, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Home » Blog » कथा : परिवर्तन | टङ्कबहादुर आलेमगर | हाम्रो कथाघर

कथा : परिवर्तन | टङ्कबहादुर आलेमगर | हाम्रो कथाघर

आख्यान - कथा
टङ्कबहादुर आलेमगरटङ्कबहादुर आलेमगरफाल्गुन ११, २०८२1K Views
शेयर गर्नुस Facebook Twitter Copy Link Email WhatsApp
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

कथा : परिवर्तन
कथाकार : टङ्कबहादुर आलेमगर


विश्वासको छेउमा शङ्काको सेपले कचल्टिएको हिजोलाई बचाउन, तिम्रै सम्झनाको झिनो बेलो समातेर बाँच्ने आँट गरिरहेकै थिएँ । तिम्रो अगाडि जति बिर्सेको भावका शब्दबाण लेखे पनि, यथार्थमा मनबाट झिकेर फ्याँक्न सकेको थिइनँ तिमीलाई । जब वसन्तको प्रेमले रुख पलाएको देख्दा भक्कानिन्थेँ एक्लै । कहिले प्रफुल्ल बन्थेँ करेसामा आरु, बखडा, नास्पाती फुलेको देख्दा । फेरि सम्झना उस्तै आएर खिसी गर्थ्यो सेताम्मे हिमालको लस्कर देखाएर । लाटिन्थेँ एकोहारिएर चराहरूले बसेरा बनाउन सिन्का बोक्दै गर्दा । सोध्न मन लाग्थ्यो— मेरो भाग्यमा तिमीहरूको जोडी जस्तै होला ? आफ्नै मौलिक संस्कारमा हुन्थे, घर बनाउन हिलो-माटो बोक्दै गर्ने एक जोर गौँथली ।

कहिले डर लाग्थ्यो— मधेसतिर धेरै आँप फुलेको सुनेर, यसपालि ठूलो आँधीहुरी आउला र मेरै जस्तै धेरैको संसार उडाउला भन्ने भयले । पाराङ साइँला हलो र लग्ना बोकेर बेँसीतिर गोठ सार्दै गर्दा धपेनीको गोठमा तिमी र मैले लाउरी भैँसीको पाडीसँग रात बिताएको पल पोखिन्थे छताछुल्ल, हृदयको बार्दलीमा । पानी पर्दा मन बटारिन्थ्यो— भएको झिनो संसार बगाएर त लाँदैन भन्ने डर पसेर । घरिघरि रुखका नाङ्गा डालाहरूमा वसन्ती ललित आगमनले, पुनर्निर्माण हुन्छु कि भन्ने मीठो सपनाको काखमा कोटेरो चराहरू बेगिन्थे । यदाकदा लाग्थ्यो— तिमी फेरि फर्किने छौ, वसन्ती कोइलीको कलरवसँगै मेरो शुष्क बगैँचामा पुष्पसुवास भएर ।

घरि आफैँलाई भन्थेँ— कति उपेक्षित कल्पना !

घरिघरि संशोधनको फर्मामा हालेर कराउन मन लाग्थ्यो— तिमीले टिकटक लाइभमा बोल्ने केटाहरूलाई शङ्का नगरेको भए । तिमीले भनेझैँ खुरुखुरु काम गरेको भए । घामलाई जुन भनेको बखत हो भनिदिएको भए । कुनै दिन साथीको तिरै बस्दा अर्कै अर्थ लगाएर तथानाम गाली नगरेको भए । के पो जान्थ्यो, तिमी मोबाइल खेलिरहँदा मैले खाना बनाएर खुवाएको भए । यस्तै-यस्तै के-के विगत आएर पीडाको डाममा घुस्सी हानेर जान्थ्यो । र पछुतोको अदृश्य बोर्डमा पढिरहन्थेँ बितेका दिनहरूलाई ।

आज सोच्छु— एक्लै छटपटाउनु पर्दैनथ्यो होला, म स्वयम् अलिकति अलुनो भइदिएको भए, अलिकति तरल भइदिएको भए, पानीजस्तै भएर । यति आतेसलाग्दो क्षणहरूको आगमन हुने थिएन, सायद म अलिकति सहनशील भई घर हाँकेको भए ।

तिमीले उपहारमा छोडेको एउटा मायाको पिँउसोको शरीर मतिरै गएर ग्याँचे भयो । ठ्याक्कै फोटोकपी तिम्रो आनिबानी । मोबाइल गेममा कति एकोहोरो, हेरेर छटपटाउँथेँ, टिकटक लाइभमा तिमी बसे जस्तै । ‘क’ भन्दा ‘अ’ सुन्ने । कुनै दिन अधिकारको कुरा गर्थ्यो । दोष मेरै अरे, पाल्न नसक्नेले किन छोराछोरीको रहर गर्नु अरे ! तिमी परदेशतिरै हराउनुको मुख्य कारण म नै अरे ! हा हा हा… हाँसो पनि उठ्थ्यो— ग्याँचे हुनु, पढाइमा मन नलाग्नु, मोबाइलमा गेम खेल्न मन लाग्नुको कारण पनि म नै अरे ! गोरो हुनु चाहिँ तिमीतिर गएको अरे । अझै नि गरिब हुनुको कारण पनि म नै अरे !

प्लस-टु सकेपछि तिमीतिरै आउने अरे । तर मोबाइलमै झुन्डिएको देख्दा विषय लाग्ला जस्तो लाग्थ्यो । अनि नि मोटरसाइकल किन्ने, गाउँको जग्गा बेच्नुहोस् भन्थ्यो । तिमी जस्तै घुम्न जाने भन्थ्यो, होटलमा खाने भन्थ्यो । कति कराउनु, ढलेको मग उठाउँदैनथ्यो । सुतेको ओछ्यान पट्याउँदैनथ्यो । दाल-भात नखाने, करेन्ट चाउचाउ र बफ मःमः मात्रै खाने भन्थ्यो । कापी-डट कति हरायो, गनिसाध्य थिएन । तिमी हिँडेपछि रातको साथी एक प्याक थियो । अचेल एक प्याकले लठ्याउन छोड्यो, तिम्रो सामीप्यताको अभाव । भर्न छोड्यो तिमी नहुनुको खाली ओछ्यान । थुम्थुम्याउन छोड्यो मेरो पारुष्यलाई । मात्रा बढाउनु नियमित हुन सक्दैन । धेरै भाउ बढ्यो । धेरै कर लगायो अरे मदिरा र धुम्रपानजन्य वस्तुमा, कारण उपभोक्ता घटाउने अरे । गाउँतिर अन्नको खाँटी रक्सी पार्न न्यून भइरहेको छ, सरकारको निषेध नियमले । अनि नि जाँडरक्सीविहीन बनाउने वडामा चलानी जताततै छ । खाने बानी गयो, धेरै महँगो । गाउँकै उत्पादन, गाउँमै खपत, गाउँमै पैसा थियो । अहिले वैदेशिक सन्तानद्वारा तोक्चे ठोके आर्थिक तलतिरै जान्छन् । वस्तु घर-घर, नगदी सटही भएर अर्कै देश । गाउँमा सापटी पाइँदैन । उत्पादन र रोजगारी छैन । अनि गोजी साँघुरिँदै गयो । अब त बाँच्न गाह्रो होला जस्तो छ । बजारको सामान यति महँगो भयो । स्थानीय उत्पादन धुमिल हुँदै गए । बहत्तर सालको भुइँचालोपछि खोलाखोल्सीका शिर सुके । बगिरहने खोलाको पानी खानेपानी योजनाको कारण सुक्यो । अनि हाम्रा पाखे खेतहरूमा उत्तिसका रुखहरूले साम्राज्य विस्तार गरिरहेका छन् ।

रुखहरूबाट पुराना पात झरेर, नयाँ दिनका लागि मुजुरा हाल्दै गर्दा, कुखुरे छाती चस्कन्थ्यो । यद्यपि निभेको थिएन अन्तरात्माको उज्यालो, तिमी संशोधित भई रमाइलो पल लिएर फर्किन्छौ भन्ने आशले । थाहा छ, म हरेक बिहान घुम्न जाँदा देउरालीलाई चढाउने गर्थें— तिम्रो प्रतीक तितेपातीको मुन्टा । तिमी तीतो थियौ, शुवासमय थियौ, पवित्र आस्थाहरूमा चल्ने, तीतो थियौ, थुप्रै रोगको ओखती थियौ ।

पाखातिर स्याल रुन्थे, करेसा पाखा हेर्दै तिम्रो प्यारो काले भुक्थ्यो । त्यो बेला यो नहुने मन तिमीतिर पुग्थ्यो र मोबाइलमा तिम्रै तस्बिर हेरेर म पनि सुक्सुकाउँथेँ । धेरै क्षण तिमी आइरहने दिन, दिउँसै एक गिलास खोयाबिर्के तानेर लाग्थेँ गाउँतिर, तासे झुन्ड खोज्दै ।

तर तिमीले एक कल फोन नगरे पनि, एक सुको नपठाए पनि अमूर्त रूपमा मसँगै थियौ । किनकि मलाई लाग्थ्यो— तिम्रो नारी हृदयबाट उम्लिएका छैनन् हामीले सारनतारन गरेका प्रेमील पलहरू । जब जब प्रकृतिले स्वभाव फेर्थ्यो, तब तब म फेरिन्थेँ । शरद आउँथ्यो, म तिमी सम्झेर फुल्थेँ । वसन्त आउँथ्यो पाउलो बोकेर । पानी पर्थ्यो, म हौसिन्थेँ ।

हो, मैले सुनेँ— त्यो दिन तिमी परदेशबाट फर्कियौ । एक्लै नाचेको थिएँ । गाउँको मूलघर्नी बजैकोबाट कौडे भाले लिएर आएँ । मासु-भात पकाएर तिम्रो बाटो हेरिरहेँ । तिमी आएनौ । सालालाई फोन गर्दा थाहा भयो— तिमी उतै बस्ने ।

आज भोलि भन्दै हप्ता गयो, तिमी आएनौ । छोरो बोलायौ, ऊ तिमीसँगै गयो । म घरमा एक्लै सोच्थेँ— प्यारीको रिस अझै मरेको रहेनछ ।

पन्ध्र दिनमा तिमी घर आयौ । मैले मेरो सुदिन फर्कियो भनेँ । मेरो ढुकढुकी पुरानै लयमा चल्ने सोचेँ ।

धेरैका परदेश गएका श्रीमान्-श्रीमती स्वदेश फर्कँदा श्रीमान् या श्रीमती त्रिभुवन विमानस्थलमा पुगेर स्वागत गर्छन् । महँगो होटलको सुन्दर शयनकक्षको शय्यामा दोस्रो सुहागरात मनाउँछन् । तर तिमीले फर्कँदै छु भन्ने सूचना दिएनौ । रिस मरेको रहेनछ भनेँ ।

आयौ, समाज लिएर आयौ । मैले नकल्पेको छुटानाम पत्र लिएर आयौ । त्यतिबेला सोचेँ— म त भ्रममा रहेछु यत्रो दिन । मैले त पारपाचुके पत्रमा सही गर्दिनँ भनेको थिएँ, तर तिम्रो कृत्रिम आँसुले ठग्यो र तिमीलाई ब्याइतेबाट कन्य बनाइदिएँ । मेरो थर र गोत्र फिर्ता लिएँ । म मरुँ तर तिमी खुसीले बाँच्नपर्छ भनेँ । मबाट लागेका दागहरू एउटा सहीले पुछि दिएँ । तिमी धेरै खुसी भयौ । सुनेको थिएँ— त्यो दिन सबै माइतीलाई डाकेर भोज दियौ अरे ।

मलाई भने तिम्रो खुसी नै मेरो थियो ।

तर हाम्रो एकापसी जीवनको बन्धन फुकाएको पाक्षिक नकाट्दै तिमीले एउटा खान भैयालाई नेपाली ज्वाइँ बनाएको फोटोसहितको जानकारी फेसबुकमा, मलाई समेत ट्याग गरेर पोस्ट गरेकी रहेछौ । धन्यवादसँगै हार्दिक शुभकामना । मलाई जस्तो तिरस्कार नदिनु । सबै म जस्तो सहनशील हुन सक्दैनन् । धेरै समाचार सुनेकी होली… । दिन सुखमय बिताउनु ।

एउटा सूचना, तिमीले दिएको उपनाम ‘रक्स्या’ आजदेखि मेटाइदिएँ । फेरि शुभकामना अरबियन र नेपाली दाम्पत्य जीवनको ।

अर्को खुसी, तिमीले दाह्रीवाला कान्छाबाउसँग बिहे गरेको खबरले एकदमै संशोधित भएर फुच्चे पक्का छोरो बन्न थाल्यो । भात पकाउन सिक्दै छ । मोबाइलमा गेम खेल्न छोड्यो । “तपाईँको सपना पूरा गर्छु बा” भन्छ । सोच्छु— तिमी आउनु जस्तै तिमी जानु पनि परिवर्तन रहेछ ।


–०००–
त्रियुगा नगरपालिका— ११, उदयपुर

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

कथा टङ्कबहादुर आलेमगर परिवर्तन

यो पनि पढ्नुहोस्...

कथा : हरेमुरारे ! | डा. टीकाराम पोखरेल | हाम्रो कथाघर

कथा: कोहिनुर | हरिश कल्पित | हाम्रो कथाघर

उपन्यास: गरुराहा | अध्याय: ०६ | हाम्रो कथाघर

कथा : मौन अवधि | हाम्रो कथाघर

सुरेशकुमार पाण्डेका पाँच लघुकथा | हाम्रो कथाघर

यौन-लघुकथा: विसर्जन | नारायन नाथ योगी | हाम्रो कथाघर

♈ दैनिक राशिफल ♎

विशेष

सुबिन भट्टराईको कथासङ्ग्रह ‘चमेलीको फूल बैजनी रुमाल’ पढेपछि

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला: २४

बाल-उपन्यास: अद्भूत विवाह | हाम्रो कथाघर

पुस्तक समीक्षा: “अमेरिकाको घाम” लाई नजिकबाट नियाल्दा | हाम्रो कथाघर

भर्खरै

कथा : परिवर्तन | टङ्कबहादुर आलेमगर | हाम्रो कथाघर

फाल्गुन ११, २०८२

कथा : हरेमुरारे ! | डा. टीकाराम पोखरेल | हाम्रो कथाघर

फाल्गुन ११, २०८२

कथा: कोहिनुर | हरिश कल्पित | हाम्रो कथाघर

फाल्गुन ११, २०८२

स्मार्ट कविता श्रृङ्खला: ५८ | हाम्रो कथाघर

फाल्गुन १०, २०८२

गजल श्रृङ्खला: ३७ | हाम्रो कथाघर

फाल्गुन १०, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.