Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

कविता: प्रेमको आयतन | सरस्वती पुडासैनी | हाम्रो कथाघर

फाल्गुन २, २०८२

पोस्टरमा स्मार्ट लघुकथा शृङ्खला: २५ | हाम्रो कथाघर

फाल्गुन १, २०८२

बाल-उपन्यास: अद्भूत विवाह | नन्दलाल आचार्य | हाम्रो कथाघर

माघ २९, २०८२

“फिर्दोसको साँचो” सपना, आत्मा र यथार्थको मिश्रण, नेपाली समाजको यथार्थ चित्रण

माघ २८, २०८२

संस्मरणात्मक निबन्ध : सपना र सपनाहरू | मधुर भट्टराई | हाम्रो कथाघर

माघ २७, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Home » Blog » कविता: प्रेमको आयतन | सरस्वती पुडासैनी | हाम्रो कथाघर

कविता: प्रेमको आयतन | सरस्वती पुडासैनी | हाम्रो कथाघर

काव्य - गद्य कविता
सरस्वती पुडासैनीसरस्वती पुडासैनीफाल्गुन २, २०८२1K Views
शेयर गर्नुस Facebook Twitter Copy Link Email WhatsApp
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest
कविता: प्रेमको आयतन
कवि: सरस्वती पुडासैनी

‘रोज डे’ मा तिमीले गुलाब थमायौ,
तर सत्य त यो हो—
गुलाबको सुगन्धभन्दा पहिले
तिम्रो उपस्थितिको आभास
मेरो अन्तरमनमा शान्तरूपमा फुलिसकेको थियो ।

‘प्रपोज डे’ मा ओठ काँपे,
शब्द अधुरै रोकिए,
क्षणभर लाग्यो—
समय आफैँ थामिएको जस्तो,
संसारले आफ्नो गति बिर्सिएको जस्तो ।

तर आँखाले भने,
मौनमै स्वीकार गरिसकेको थियो—
“तिमी नै मेरो जीवनको उत्तर हौ ।”

‘चकलेट डे’ मा हामीले मिठास साट्यौँ,
तर हाम्रो कथा केवल गुलियोमात्र थिएन ।
त्यहाँ पीडाका चुनौतीहरू थिए,
लामो कहालीलाग्दा दिनहरू थिए ।
तर सँगै हुँदा
दुःख र दूरीभन्दा परको अदृश्य आत्मीयता
हामीले महसुस गर्‍यौँ ।

‘टेड्डी डे’ ले न्यानोपन खोज्यो—
भीड, कोलाहल र प्रदर्शनभन्दा टाढा,
हामी केवल
एकअर्काको धड्कन सुन्न चाहन्थ्यौँ ।

‘प्रमिस डे’ मा हामीले कसम खायौँ—
हात नछोड्ने, साथ नतोड्ने ।
तर समयले सिकायो—
कसम शब्दको औपचारिकतामात्र होइन,
त्यो त कर्मको निरन्तरता हो ।

‘हग डे’ मा अँगालोले
समयलाई केही क्षण थामेजस्तो गर्‍यो ।
हावाले आफ्नो बहाव बिर्सेजस्तो लाग्यो ।
हामीले मनमनै चाह्यौँ—
यो क्षण सधैँका लागि
यहीँ अड्कियोस् ।

‘किस डे’ मा शब्दहरू मौन भए ।
मौन नै सबैभन्दा साँचो भाषा बन्यो,
जहाँ भावनाले
उच्चारणभन्दा स्पष्ट अर्थ पायो ।

अनि आयो ‘भ्यालेन्टाइन डे’—
तर आजको भ्यालेन्टाइन
उपहारको आकारले मापन गरिन्छ भावना,
लाइक र कमेन्टले तौलिन्छ सम्बन्धको गहिराइ ।

तर साँचो प्रेम—
एक हप्ताको उत्सव होइन,
न त गुलाब, चकलेट र टेड्डीको व्यापार ।

साँचो प्रेम त
अत्यन्त कठिन क्षणमा पनि
साथ दिने भरोसा हो,
आँसु झर्दा हात समात्ने साहस हो,
र भीडभन्दा टाढा
एकअर्काको सम्पूर्ण सत्य स्वीकार गर्ने
हिम्मत हो ।

‘भ्यालेन्टाइन विक’
मात्र मायाको उत्सव होइन ।
न हप्ताभर सीमित,
न महिनाभर सीमित,
न वर्षभर मात्र सीमित ।
माया त त्यो हो
जो जीवनभर
मुटुभित्र
निस्वार्थ रूपमा बाँचिरहन्छ ।

–०००–
प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

गद्य कविता प्रेमको आयतन सरस्वती पुडासैनी

यो पनि पढ्नुहोस्...

कविता: क्षमा | युवराज भण्डारी | हाम्रो कथाघर

कविता: पुरानो क्यालेन्डर | दूरगामी माइला | हाम्रो कथाघर

कविता: यहाँ को बाँच्यो ? यहाँ को मर्यो ? | विद्यानन्द बेदर्दी

कविता: आराधना– एक विद्रोह | सुष्मा दाहाल | हाम्रो कथाघर

कविता: कहालीलाग्दो सहर | सबिन पाैडेल | हाम्रो कथाघर

कविता: किनकि, म नर्स हुँ | हाम्रो कथाघर

♈ दैनिक राशिफल ♎

विशेष

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला: २४

बाल-उपन्यास: अद्भूत विवाह | हाम्रो कथाघर

पुस्तक समीक्षा: “अमेरिकाको घाम” लाई नजिकबाट नियाल्दा | हाम्रो कथाघर

कथा: साइतको विवाह | हाम्रो कथाघर

भर्खरै

कविता: प्रेमको आयतन | सरस्वती पुडासैनी | हाम्रो कथाघर

फाल्गुन २, २०८२

पोस्टरमा स्मार्ट लघुकथा शृङ्खला: २५ | हाम्रो कथाघर

फाल्गुन १, २०८२

बाल-उपन्यास: अद्भूत विवाह | नन्दलाल आचार्य | हाम्रो कथाघर

माघ २९, २०८२

“फिर्दोसको साँचो” सपना, आत्मा र यथार्थको मिश्रण, नेपाली समाजको यथार्थ चित्रण

माघ २८, २०८२

संस्मरणात्मक निबन्ध : सपना र सपनाहरू | मधुर भट्टराई | हाम्रो कथाघर

माघ २७, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.